शहिदपुत्रको कोटामा नेतापुत्रको मस्ती

काठमाडौं। शहीद र बेपत्ता परिवारका सदस्यको कोटामा स्थायी समिति र पोलिटव्युरो सदस्यका छोराहरू चीनमा पढ्न गएको खुलासा भएपछि एमाओवादीमा खैलाबैला मच्चिएको छ।
यस्तै खालको खैलाबैला नेकपा (एमाले) मा २०५२ सालमै भएको थियो, जुन बेला एमालेका तत्कालीन उपमहासचिव बामदेव गौतम र केन्द्रीय कार्यालय सचिव केशवलाल श्रेष्ठले आ(आफ्ना छोरालाई शहीद परिवारको कोटामा चीनमा पढ्न पठाएका थिए। शहीद परिवारको कोटामा स्थायी समिति सदस्य एवं प्रवक्ता दिनानाथ शर्माका छोरा साजन पौडेल र पोलिटव्युरो सदस्य अग्नि सापकोटाका छोरा रुपक सापकोटा चीन गएको कुरा थाहा पाएपछि शहीद र बेपत्ता परिवारले आगामी विस्तारित बैठकमा यसलाई एजेन्डाकै रुपमा प्रस्तुत गर्ने चर्चा चलेको छ। स्मरणीय के छ भने शर्मा र सापकोटा दुवैजना अध्यक्ष प्रचण्डका निकटस्थ मानिन्छन्। चीन सरकारको फ्रेण्डसीप हल इन्टरनेशनल एक्सचेन्ज अफ फरेन सेन्टरबाट १० महिना भाषा प्रशिक्षणका लागि आएको निम्तामा एमाओवादी नेताका छोराहरू गएको बताइएको छ। रुपक एमाओवादी पार्टीमै कार्यरत थिए भने साजन चाहिं उनकै भिनाजु शुभशंकर कँडेल संस्थापक रहेको एबीसी टेलिभिजनमा कार्यरत थिए। एमाओवादीमा उसै पनि नेताहरूले अवसर र लाभका ठाउँमा आफ्ना छोरा(छोरी, भाइ(भतिजा र आफन्तहरूलाई ठाउँ दिएर शहीद र बेपत्ता परिवारको अपमान गरेको आरोप लाग्दै आएको छ। त्यसमाथि शहीद परिवारको कोटा समेत नेताहरूले कब्जा गरेपछि पार्टीमा आक्रोश थपिएको हो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out