माओवादीले फुटाएको 'ब्रिफकेस' राष्ट्रिय संग्रहालयमा राखिने

काठमाडौं, मंसिर ४ - शुक्रबार राति अर्थमन्त्री सुरेन्द्र पाण्डेबाट खोसेर माओवादी सभासद्हरुले फुटाएको 'ब्रिफकेस' सरकारले राष्ट्रिय संग्रहालयमा राख्ने भएको छ ।
'हिजो मबाट खोसेर माओवादी सभासद्हरुले फुटाएको 'ब्रिफकेस'  राष्ट्रिय संग्रहालयमा राखिने भएको छ,' राष्ट्रिय योजना आयोगमा अर्थमन्त्री पाण्डेले भने, 'त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकिएको छ ।'
बजेट रोक्ने क्रममा माओवादी सभासदहरूले अर्थमन्त्री सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री प्रकाशशरण महतलगायतलाई कुटपिट र लछारपछार गर्नुका साथै बजेटको 'ब्रिफकेस'  तोडफोड गरेका थिए । उनीहरूले सिलबन्दी 'ब्रिफकेस' फुटाई सार्वजनिक हुन बाँकी करका दर परिवर्तन समेटिएका अति गोप्य कागजातसमेत च्यातेका थिए ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले निराश मुद्रामा अक्मकिँदै बजेट सार्वजनिक गरेका छन् । राष्ट्रिय योजना आयोगमा भएको बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु निराश देखिन्थे ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out