'एमाले नेता थापामगरको हत्या माओवादीबाटै'

काठमाडौं, मंसिर २ - एमाले नेता शिव थापामगरको हत्यासम्बन्धी स्थलगत प्रतिवेदन मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले बिहीबार राजधानीमा सार्वजनिक गरेका छन् ।
धादिङ्घ दार्खा गाविस-१ निवासी थापामगरको यही कात्तिक १ गते माओवादीका कार्यकर्ताद्वारा हत्या भएको आरोप लागेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार घटनास्थल अध्ययन, परिवारका सदस्य, देख्नेसुन्ने छिमेकी, स्थानीय प्रशासन तथा राजनीतिक दलहरुको भनाइ र अध्ययनका क्रममा प्राप्त तथ्य विश्लेषण गर्दा निजको हत्या गर्नुपर्ने राजनीतिक कारण बाहेक अन्य कुनै कारण रहेको देखिदैन ।
घटनापछि क्षेत्र नं १ का इन्चार्ज समेत रहेका माओवादीका टेकबहादुर तामाङ र गाउँ कमिटी सदस्य राजेन्द्र विश्वकर्मालाई माओवादीले पार्टीको सबै तहको जिम्मेवारीबाट निष्कासन गरेबाट प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गर्न थप मद्दत मिलेको प्रतिवेदनमा उल्लेख छ ।
हत्यामा संलग्न भनिएका आरोपितहरु टेकबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, आसबहादुर तामाङ, फत्तबहादुर तामाङ, टीकाराम तामाङ, रामशरण थापामगर, राजेन्द्र विश्वकर्मा, हिरा तामाङ घटनापछि फरार रहेका छन् । आरोपित सबै स्थानीय एमाओवादी कार्यकर्ता हुन् ।
सो स्थलगत प्रतिवेदन मानवअधिकार तथा सामाजिक रुपान्तरणको अभियान, एड्भोकेसी फोरम, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, महिला मानवअधिकार सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा सञ्चारकर्मीको टोलीले अध्ययन गरेको थियो । रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out