रङ्गीन बन्दैछ 'माओवादी भिलेज'

उजीर मगर, पालुङटार, मङ्सिर ३- आइतबार सुरु हुने माओवादीको विस्तारित बैठकका लागि करिब १ हजार जना कार्यक्रमस्थल गोर्खाको पालुङटार पुगिसकेका छन्। माओवादी भिलेज भनिन थालिएको उक्त स्थान रङ्गीचङ्गी देखिएको छ। कुनै पनि रुख यस्ता छैनन्, जुन रङ्गीनबाट जोगिएका हुन।
  कार्यक्रमस्थलमा बनाइएका ६ दर्जन अस्थायी छाप्राले सबैको ध्यान आकर्षण गर्न सकेका छन्। छाप्रामध्ये करिब ७ हजार जना अट्ने एउटै छाप्रोको निर्माण प्रक्रिया धेरैको कौतुहलको विषय बन्न सकेको छ।
सञ्चारकर्मीका लागि तयार पारिएको कृष्ण सेन मिडिया सेन्टरले सञ्चारकर्मीलाई समाचार सङ्कलन र संप्रेषणमा सहज तुल्याउने अपेक्षा धेरैले राखेका छन्। यही कारण त्यहाँ पुग्ने पत्रकारको पहिलो जिज्ञासा र प्राथमिकता यो सेन्टरलाई दिने गरेको पाइएको छ।

८ किलोमिटर लामो नयाँ सडक तयार पारिएको छ कार्यक्रमस्थल पुग्न। भिआइपी र अन्यका लागि छुट्टाछुट्टै पार्किङस्थल तयार पारिएका छन्। पिउने पानी र चर्पीका व्यवस्थापन लोभलाग्दो छ। रुख, छाप्रा, वरिपरिका घर र कुनै पनि स्थलमा टाङ्गिएका झण्डाले बाटोमात्र हैन, सिङ्गै वातावरणलाई रङ्गीन बनाएको छ। कार्यक्रमस्थल सोझिने बाटो तुरतुरेदेखि नै यस्ता रङ्गीन दृश्य र माहोलले धेरैलाई मोहित बनाएको आभाष हुन्छ।

आइतबार उद्‍घाटन हुने बैठकका लागि बाह्य र आन्तरिक दुवै तयारी भव्यरुपमा चलिरहेको यहाँ देख्‍न सकिन्छ। माओवादी सेना परेडमा ब्यस्त छन्। उनीहरुको विभिन्नखाले प्रदर्शनले अहिले नै यहाँ आइसकेकालाई प्रभावित पार्न थालिसकेको छ।

सहभागी, पत्रकार र सरोकारवालाहरु आउने क्रम जारी छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out