हेडक्वार्टरमा शत्रु छिरेपछि......?

काठमाडौं। पार्टीको हेडक्वार्टरमा शत्रु प्रवेश गर्न सफल भएको भनी एमाओवादीमा यतिबेला हल्लीखल्ली मच्चिएको छ। यसरी मच्चिएको हल्लीखल्लीले पार्टीको प्रस्तावित मंसिर ५ गतेको विस्तारित बैठकलाई ओझेलमा पारेको छ। माओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन हुबहु नागरिक दैनिकले कार्तिक २७ गते शनिबारको अंकमा प्रकाशित गरेपछि पार्टीको हेडक्वार्टरमा शत्रु प्रवेश गर्न सफल भएको र त्यसले पार्टीका रौं चिरासम्मका गोप्यता हात पारेको भनी माओवादी पार्टीमा हल्लीखल्ली मच्चिएको हो।

पार्टीको हेडक्वार्टरमा प्रवेश गर्न सफल शत्रुको पहिचान गर्न तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने दबाब माओवादी पार्टीको हेडक्वार्टरमाथि परेको छ। यसरी परेको दबाबको कारण दस्तावेज बाहिरिएको घटनालाई छानबिन गर्नका लागि माओवादीको विस्तारित बैठक अझै केही दिन पर सर्नसक्ने सम्भावना रहेको सूत्रहरुले बताएका छन्। पार्टीका केन्द्रीय पदाधिकारी, स्थायी समितिका सदस्यहरुलाई मात्र सँगै लैजान दिएको राजनीतिक प्रतिवेदन संचारमाध्यममा हुबहु प्रकाशित हुनुलाई स्वयम् हेडक्वार्टरले पनि गम्भीर रुपमा लिएको बताइएको छ। पत्रपत्रिकासँग बढी निकट सम्बन्ध राख्ने र पत्रकारहरुसँग मित्रता कायम गर्ने डा. बाबुराम भट्टराईलाई यस घटनामा दोष दिएर उम्किन नमिल्ने हेडक्वार्टरकै कतिपय सदस्यहरुले बताएका छन्। यस घटनामा बाबुराम भट्टराईलाई मुछेमा 'चिल आयो चिल आयो' भनेर छट्टु स्यालले कुखुरा चोरे जस्तो हुने हेडक्वार्टरसँग सम्बन्धित कतिपय पदाधिकारीहरुले दावी गरेका छन्। त्यस्ता पदाधिकारीहरुले हेडक्वार्टरमा प्रवेश गर्न सफल भएका दलबदलुहरुबाट दस्तावेज बाहिरिएको हुनसक्ने आशंका गरेका छन्। प्रतिवेदन बाहिरिएको घटनालाई हेडक्वार्टरले गम्भीरतापूर्वक लिनुपर्ने र पार्टीको गोप्यता भंग गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्नुपर्ने पक्षमा रहेको बताइन्छ। माओवादीको राज्यसमिति र जिल्ला समितिको त कु्रै छाडौं, क्षेत्रीय ब्यूरो सदस्यहरुलाई साथमा लिएर पढ्न नदिइएको र केवल स्वस्थानीझंैं वाचन गरी सुनाइएको प्रतिवेदन संचार माध्यममा हुबहु प्रकाशित भएपछि माओवादीको कार्यकर्ताको एउटा पंक्ति नेतृत्वप्रति निकै रुष्ट र आक्रोशित बनेको छ। कार्यकर्ताले आफूलाई अविश्वास गर्ने र शत्रुलाई गोप्य दस्तावेज दिने र बिक्री गर्ने नेतृत्वको विरुद्ध विद्रोह गर्न उचित समेत भएको त्यसरी रुष्ट बनेका कार्यकर्ताले बताएका छन्। पार्टीको गोप्यता भंग गर्न कुनै कसर बाँकी नराख्ने र केही हजार रुपैयाँमा दस्तावेज बिक्री गर्ने वर्तमान नेतृत्वबाट क्रान्ति र परिवर्तनको अपेक्षा गर्नु र उपदेश सुन्नु मूर्खता बाहेक केही नहुने टिप्पणी पनि कार्यकर्ताहरुले गर्न थालेका छन्। पार्टीमा हुनुपर्ने नियम, परिधि र सीमा भंग भई भृकृटीमण्डपको जात्रा जस्तो बनेकाले पार्टीको वर्तमान सम्पूर्ण केन्द्रीय संरचना (केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र हेडक्वार्टर) भंग गर्नुपर्ने माग त्यस्ता कार्यकर्ताहरुले गरेका छन्। पार्टीको वर्तमान केन्द्रीय संरचना भंग गरी पार्टीलाई संचालन गर्नका लागि न्यूक्लियस जस्तो अंग गठन गर्नुपर्ने माग पनि उठ्न थालेको छ। त्यसरी गठित न्युक्लियसले नै पार्टीका दैनिक गतिविधि संचालन गर्नेदेखि लिएर राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व गठन गरी पार्टीलाई क्रान्तिकारी बनाउनुपर्ने माग पनि माओवादीमा हुन थालेको छ। सम्भवतः आगामी विस्तारित बैठकमा यही मागले प्राथमिकता पाउने छ। यही मागले प्राथमिकतामात्र नपाई बैधानिकता प्राप्त गर्ने निश्चित भएको दावी संवद्ध सूत्रले गरेका छन्। यही माग पुरा गराउनका लागि माओवादी पार्टीभित्रका क्रान्तिकारी र परिवर्तनका हिमायती भन्नेहरुले लविङ सुरु गरेका छन्। पार्टी उपाध्यक्ष मोहन वैद्यको प्रतिवेदनमा पार्टीभित्रै विद्रोहको झण्डा उचाल्नुपर्ने भन्ने प्रस्तावनाले पनि पार्टीको यही पक्षलाई मद्दत पुग्न गएको देखिन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out