बेलायती नर्कमा दक्षिण एसियाली बुहारी

आफ्नो देश छाडेर उत्तम विकल्पका रूपमा बेलायत जाने र त्यहाँ बसोबास गर्ने हजारौँ दक्षिण एसियाली त्यहाँ जमेर बसेका छन् । तिनलाई त्यहाँको व्यवस्थाप्रति गर्व हुन्छ, त्यहाँको जीवनपद्धतिप्रति आकर्षण हुन्छ । तर, तिनका आमाले बुहारीमाथि अत्याचार गर्ने सासूको दक्षिण एसियाली संस्कार पनि सँगै लिएर बसेका छन् । तिनीहरू गोरा बुहारीभन्दा बढी दक्षिण एसियाकै बुहारी रुचाउँछन् । यो स्वाभाविक पनि हो, तर किन उनीहरू पूर्वतिरै बिहे गर्न तम्सिन्छन् ?

'पशुलाई पनि यस्तो व्यवहार गरिन्न होला !
बि्रटेनमा रहेका सयौँ दक्षिण एसियाली बुहारीहरूको चित्कार हो यो । विपन्न दक्षिण एसियालाई मानवअधिकार, महिला अधिकारलगायत नानाथरिका अधिकार पढाएर नथाक्ने अत्यन्त 'अधिकार सचेत' मुलुक बि्रटेनमा दक्षिण एसियाली बुहारीहरूको हालत जनावरको भन्दा पनि खराब छ । दक्षिण एसियाली मूलका बुहारीहरू उनीहरूका सासू-ससुराबाट हदैसम्म पीडित हुने गरेका छन् । उनीहरूलाई घरेलु दासलाई जस्तो व्यवहार गरिन्छ ।
वास्तवमा दक्षिण एसियाली मुलुकका धेरै कन्या विभिन्न कारणले बि्रटेन पुग्छन् । तिनका बाबुआमाको सपना पनि छोरीलाई बेलायतजस्तो सम्पन्न मुलुकमा पठाएर आफ्नो प्रतिष्ठा बढाऊन् भन्ने चाहना गर्छन् । श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानबाट बर्सेनि त्यहाँ बिहे गरेर जाने कन्याको जीवन नरकमा पर्ने गरेको छ । बेलायती समाजमा विद्यमान सामन्तवादी चिन्तन र अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने प्रवृत्ति यसका निम्ति धेरै हदसम्म जिम्मेवार छ ।
आफ्नो देश छाडेर उत्तम विकल्पका रूपमा बेलायत जाने र त्यहाँ बसोबास गर्ने हजारौँ दक्षिण एसियाली त्यहाँ जमेर बसेका छन् । तिनलाई त्यहाँको व्यवस्थाप्रति गर्व हुन्छ, त्यहाँको जीवनपद्धतिप्रति आकर्षण हुन्छ । तर, तिनका आमाले बुहारीमाथि अत्याचार गर्ने सासूको दक्षिण एसियाली संस्कार पनि सँगै लिएर बसेका छन् । तिनीहरू गोरा बुहारीभन्दा बढी दक्षिण एसियाकै बुहारी रुचाउँछन् । यो स्वाभाविक पनि हो, तर किन उनीहरू पूर्वतिरै बिहे गर्न तम्सिन्छन् ? वास्तवमा खुला, स्वतन्त्र र कतिपय अवस्थामा छाडा भन्न मिल्ने पश्चिमी संस्कृतिका बुहारीहरू कमारो भएर र सासूको अत्याचार सहेर बस्न सक्तैनन् । उनीहरूले बुहारी कजाउने मानसिकता त्याग्न नसकेकाले सासूको सेवा गर्ने र जस्तोसुकै अवस्थामा पनि गुनासो नगर्ने बुहारी रोज्छन् । ती बेलायतमा फेला पर्दैनन् । बचाइको उत्तम विकल्प रोजेर बेलायत बसेका परिवारसँग बिहे गरी जाँदा नर्कमा परिन्छ भन्ने सोच उनीहरूमा हुन्न । यहाँ एक रिपोर्टका आधारमा दक्षिण एसियाली बुहारीको अवस्थाको चित्रण गर्ने प्रयास गरिएको छ ।
सन् २००८/०९ मा स्थायी बसोबासका लागि आवेदन दिने विवाह भंग भएका करिब पाँच सय दक्षिण एसियाली महिलालाई बि्रटेनले उनीहरूको मुलुक फिर्ता पठाएको थियो । किनभने, उनीहरूले श्रीमान्का परिवारका कारण आफ्ना विवाह टुटेका र आफूमाथि दुव्र्यवहार भएको प्रमाणित गर्न सकेनन् ।
भारत, पाकिस्तान र बंगलादेशबाट बि्रटेन गएर उतै बिहे गरेका महिला दासझैँ जीवन बिताउन बाध्य छन् । नाम नबताउने सर्तमा एक पीडित महिलाले भनिन्, 'मेरी सासूआमा मलाई सधैँ पिट्थिन् । एक दिन उनले मलाई यति निर्दयी तरिकाले पिटिन् कि मेरो नाक र मुखबाट ह्वालह्वाल्ती रगत आउन थाल्यो । म न कसैलाई आफ्नो दुःख सुनाउन सक्थेँ, न कतै जान सक्थेँ ।' उत्तरी इङ्ल्यान्डमा थियो उनको श्रीमान्को घर जहाँ उनकी सासूले उनलाई तीन वर्षसम्म कैद गरेर राखेकी थिइन् ।
उनकी सासूलाई कानुनले दण्डित गरे पनि उनी हालसम्म पनि घरेलु हिंसाको मनोवैज्ञानिक आघात बोकेर बाँचिरहेकी छिन् । 'मैले सासूबाट यति यातना पाएकी छु कि अहिले पनि म डराइरहन्छु,, झस्किरहन्छु,' उनले भनिन् । उनलाई घरको काममा यति जोताइएको थियो कि उनलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो । 'बिहान सबेरै उठेर,' उनले भनिन्, 'कुचो लगाउनु, भुइँ पुछ्नु र झ्याल सफा गर्नुपथ्र्याे । घरको सरसफाइपछि लुगा धुने काम सुरु हुन्थ्यो र त्यसपछि पकाउने काम । घरको काम सकेर यसो सुस्ताउन पनि पाइँदैनथ्यो । मेरो एकछिन पनि हात खाली भएको देख्न सक्दिनथिन् सासू ।'
घरेलु दासझैँ श्रम त उनी गर्थिन् नै, त्यसमाथि कुटपिट र शारीरिक यातना पनि चुपचाप सहन्थिन् । घरबाहिर निस्कन सम्भव थिएन । किनभने, सासूले उनलाई बेडरुमभित्रै कैद गर्थिन् । उनले दुईपटक आत्महत्या प्रयाससमेत गरिन् । 'चौबीसै घन्टा चार भित्ताभित्र बन्दी हुन्थेँ म । टिभी हेर्न पनि पाउँदिनथेँ । यसरी बाँच्नुभन्दा त मर्नु निको ठानेर मैले दुईपटक आत्महत्या गर्ने प्रयत्न गरेँ,' उनले भनिन् ।
र, एक दिन उनी घरबाट भाग्न सफल भइन्, 'सासूले बेडरुमको ढोका बन्द गर्न बिर्सिछिन् र त्यस नर्कबाट उम्किएँ ।'
बि्रटेनमा इम्कान नामक एक गैरसरकारी संस्था क्रियाशील छ, जसले घरेलु हिंसापीडित एसियाली र अपि|mकी महिलालाई सहयोग र उद्धार गर्ने काम गर्छ । कानुनी उपचार खोज्नु त परको कुरा, आफूमाथि भएको दुव्र्यवहारलाई बाहिर ल्याउन पनि एसियाली बुहारीका लागि कठिन हुने इम्कानको एक अध्ययनले बताएको छ । यसले बि्रटेनभरिबाट गैरसरकारी संस्थाबाट सहयोग पाइरहेका करिब एक सय २४ पीडित एसियाली बुहारीको अध्ययन गरेको थियो । 'एसियाली महिलाले घरेलु हिंसामा परेको कुरा बताउन गाह्रो हुने केही कारण छन्,' इम्कानका निर्देशक माराई लारासी भन्छन्, 'अंग्रेजी बोल्न नजान्नु, कानुनी उपचार तथा सेवाका बारेमा जानकारी नहुनु, दुव्र्यवहार गर्ने नै महिलाको अघिपछि हुने स्थितिमा हुनु आदि कारणले एसियाली महिला अत्याचार सहन बाध्य छन् ।'
नियमानुसार रिपोर्ट नदिनाले घरेलु हिंसापीडित दक्षिण एसियाली बुहारीहरूलाई उनीहरूको वैवाहिक सम्बन्ध भंग भएपछि बेलायतमै बस्न निवेदन दिए तापनि अन्ततः माइतीतिरै फर्काइन्छन् । बेलायतको होम अफिसको नियमले घरेलु हिंसाका कारण विदेशी नागरिकको बिहे भंग भएको दुई वर्षभित्र अनिश्चितकालका लागि त्यहीँ रहिरहन निवेदन दिन सक्छन्, तर त्यसका लागि उनीहरूले समयमै सो घटनाको जानकारी सम्बन्धित अधिकारी वा प्रहरी अधिकृतलाई दिएको हुनुपर्छ भनी किटेको छ ।
होम अफिसले जारी गरेको तथ्यांकले घरेलु हिंसापीडित भएको भन्ने गरेका दक्षिण एसियाली दुलहीहरूमध्ये आधालाई जतिवेला हिंसाको वारदात भयो सोही वेला घटना प्रमाणित गर्न नसकेका कारण गत दुई वर्षमा देशबाट बाहिर पठाइसकिएको देखाउँछ । २००८ र २००९ मा बेलायतमा बस्न पाऊँ भनी निवेदन दिएका नौ सय ८० महिलामध्ये चार सय ४० ले मात्रै अनुमति पाएका थिए ।
बेलायतको बोर्डर एजेन्सीले प्रकाशित गरेको एक वक्तव्यमा उल्लेख छ, 'महिलालाई संरक्षण दिने हाम्रो भूमिकालाईर् हामी राम्ररी लिन्छौँ । त्यसका लागि विशेष निर्देश, निर्णयको गुणवत्ताको मूल्यांकन तथा त्यस्ता विषयमा काम गर्नेलाई तालिम दिई प्रत्यक्ष सहयोग उपलब्ध गराउन कैयौँ उपाय अवलम्बन गरिसकिएका छन् ।'
गत वर्षको बहुप्रचारित नसिब बिबीको मुद्दामा लंकासायर प्रहरीले कुनै-कुनै समुदायमा यस्ता घटना व्यापक मात्रामा हुने गरेको बताएको थियो । बिबीलाई आफ्ना तीन बुहारीलाईर् आफ्नो ब्ल्याकबर्नको घरमा दासीको व्यवहार गरेकोमा जेल हालिएको थियो ।
'महिलाहरू आफ्नै जहान परिवारको मात्रै होइन, तिनको जीवनमा सुधार ल्याउन आर्थिक सहयोग गर्ने गरेका विदेशमा रहेका इष्टमित्र र नातागोताबाट समेत दबाब झेलिरहेका छन्,' नसिब बिबीको घटना अनुसन्धान टोलीको नेतृत्व गर्ने लंकासायर प्रहरीका कोन दाव सुक भन्छन् । उनी भन्छन्, 'कमारो श्रमको समस्या हामीले सोचेभन्दा धेरै जटिल र व्यापक पनि छ, हामीकहाँ आएका गुनासा र उजुरीका कुरा मात्रै हामीलाई थाहा हुने हो । तर, उमन्स एड फोरमजस्ता हामीसँग काम गर्ने साझेदार संंस्थाबाट थाहा पाउँछौँ, त्यस्ता संस्थाले यो समस्या कति व्यापक छ भन्ने कुरा बताउन सक्छन् ।'
अर्की एक बिसेक वर्षकी महिलालाई आफ्ना बच्चाबच्चीसँगै फिर्ता पठाइयो । उनी यति भयभीत छन् कि आप\mनो परिचय दिनसमेत चाहन्नन् । उनी भन्छिन्, 'मैले चिया बनाएँ भने उनका लागि अथवा अरू कसैका लागि हुन्छ, मलाई उनीहरूसँगै चिया खान अनुमति हुन्न । चिया खान १५/२० मिनेट लाग्छ, अनि त्यो समय घरको काम गर्दिनँ भनेर मलाई चिया खान पनि दिइन्न । उनी मेरो परिवारलाई जथाभावी गाली गर्थिन्, सामान चोरेर लग्यो भन्ने आरोप लगाउँथिन् । पैसा अथवा गहना कतै पर्‍यो भने ममाथि नै चोरेको आरोप लाग्थ्यो ।'
उनलाई पनि परिवारबाहिरको कुनै मानिससँग बोल्ने छुट थिएन, आफैँ घरबाट बाहिर निस्कने अनुमति थिएन । उनी भन्छिन्, 'नोकरलाई पनि अलिकति फुर्सद दिने गरिन्छ, तर मलाई त मेसिनजस्तै जोताएको जोतायै गरिन्छ । सबभन्दा अप्ठ्यारो त के भने मेरा पति मेरो दुःख देख्न घरमा नहुने, मैले क्यै पनि गुनासो नगरीकनै उनका लागि काम गरिरहेँ, तर उनले पनि मलाई र मेरा बच्चालाई ख्याल गरेनन् ।'
आखिर साढे एक वर्षपछि उनी कसैगरी त्यस नर्कबाट उम्किन सफल भइन् । उनलाई उनकै आयाले मद्दत गरेकी थिइन् । ती आया कसले के गर्ने भन्ने चाँजोपाँजो मिलाउने गर्थिन् ।
म्यान्चेस्टरको पाकिस्तानी स्रोत केन्द्रकी घरेलु हिंसा संयोजक परविन जावेद भन्छिन्, 'हामीले औसतमा प्रतिमहिना २० देखि ३० वटासम्म मामला हेर्ने गरेका छौँ । यसमा खासगरी हामी रायसल्लाह दिन्छौँ, सासूबाट पीडित बुहारीलाई सहयोग दिन्छौँ । मैले हेर्ने धेरैजसो मामला दाससरह राखिएका महिलाकै मामला हुन्छन् । तिनलाई घरभित्रै भीषण अत्याचार गरिन्छ ।'
गत पाँच वर्षमा दम्पती भिसामा बेलायत आउने बुहारीहरूको संख्या ३७ हजारभन्दा पनि बढी थियो । महिला घरेलु हिंसाको क्षेत्रमा काम गर्ने कार्यकर्ताले यस्ता बिहे सक्कली र सफल पनि भएका छन्, तर विवाहितको एक सानो अंश भने असफल हुन्छ । के स्पष्ट छ भने दक्षिण एसियाली समुदायभित्रै पनि यस्ता घटना लुकेका हुन्छन् । महिलालाई आफ्ना समस्या अगाडि ल्याउन प्रोत्साहित नगरेसम्म र सम्बन्धित कार्यालयमा उजुर नगरेसम्म यस्तो अवस्था विद्यमान रहिरहन्छ ।
एजेन्सीको सहयोगमा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out