रोमाञ्चक यौन जीवन

वैवाहिक जीवनमा यौनको आफ्नैकिसिमको महत्त्व हुन्छ । यौन शारीरिक आवश्यकता मात्र होइन पति-पत्नीको सम्बन्धलाई अझ बढी प्रगाढ एवं सुमधुर बनाउने बलियो आधार पनि हो । यौनको रोमाञ्चता बढाउनः

अलार्म क्लक ः अलार्म क्लकसित खेल्नुपर्छ । यौनमा संलग्न हुनुपूर्व टाइमर सेट गर्नुपर्छ । यौन क्रियाकलापका बेला जब अलार्म बज्छ, तब दुवैले आफूलाई फ्रिज गर्नुपर्छ । त्यसपछि बिस्तारै एकअर्काको शरीरलाई इन्जोय गर्न थाल्नुपर्छ । यसो  गर्नाले यौन क्षमता र इच्छा धेरै हदसम्म बढ्छ ।

रोल प्लेइङ ः यो गेमबाट आफ्नो मनका धेरै कुरा गर्न सकिन्छ । इच्छाअनुसार स्टि्रपटिज एक्टका साथमा रोमान्टिक ड्रामा गर्न प्रोत्साहन गर्न सकिन्छ । स्वयं आफैँले पनि सेक्सी पहिरन लगाउन सकिन्छ । साथै कुनै नटी एक्ट पनि गर्न  सकिन्छ ।
रंगको महत्त्व ः यदि आफ्नो कोठामा मैनबत्ती डेकोरेट गरेर बोर हुनुभएको छ भने इलेक्टि्रक बल्बले कोठालाई सजाउन सकिन्छ, जुन अलग-अलग कलर्समा उपलब्ध छ । यी बल्ब कम वाट्का हुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । पर्पल  कलरले महिलामा यौन इच्छा बढाउने काम गर्छ ।

भेनिला टी ः यदि खाना खाइसकेपछि केही लिन चाहनुहुन्छ भने भेनिला टी पिउन सकिन्छ । ३ सय ४२ नपुंसक व्यक्तिमा गरिएको सर्वेक्षणअनुसार भेनिला टीले कामोत्तेजना बढाएको पाइयो । त्यसैले भेनिला टी पिएर आफ्नो पार्टनरसित  यौनलाई इन्जोय गर्न सकिन्छ ।

रोल द डाइस ः कागजमा दुवै जनाले आफूले इच्छाएको काम लेख्ने र सोहीअनुसार नम्बर पनि दिने । जसरी तपाईं डाइस घुमाउनुहु्न्छ र त्यसअनुसार जुन नम्बर आउँछ पार्टनरले सोही नम्बरअनरूपको काम गर्नुपर्ने हुन्छ । डाइसलाई पालै पालो घुमाउनु पर्छ । डाइस घुमाउने बहानामा आफ्नो पार्टनरलाई इच्छाएको काम गराएर आनन्द लिन सकिन्छ । यसबाट एकअर्काबीच लज्जा अनि अप्ठ्यारो हट्छ र यौन जीवनको रोमाञ्चता बढ्छ ।

यौन र खानपान ः सेक्स र खानपानबीच निकै गहिरो सम्बन्ध रहेको पाइन्छ । जसरी हतारमा खाइएको खाना लाभदायक हुँदैन, त्यसरी नै सेक्समा हतार गर्नु ठीक होइन । यसबाट पूर्णरूपले सन्तुष्टि प्राप्त हुँदैन । संयमतापूर्वक र समय दिएर  गरिएको सेक्स उति नै बढी रोमाञ्चक एवं आनन्ददायक हुन्छ ।



यौनजीवन र सकारात्मक सोच

यदि आफ्नोसेक्सुयल लाइफमा बासीपन अनुभव हुन्छ भने सचेत हुनु आवश्यक छ । यसप्रतिको अरुचिको सबैभन्दा ठूलो कारण हो, नकारात्मक सोच र यसैका कारण अधिकांश व्यक्तिको सेक्सुयल लाइफको 'द एन्ड' भएको पाइन्छ । मनो चिकित्सकहरूका अनुसार नकारात्मक सोचबाट जीवनको हरेक पल ओइलाएको फूल सरह हुन्छ । सकारात्मक सोचबाट सेक्सुयल लाइफ पनि प्रभावित हुन्छ । अतः सकारात्मक सोच कायमराख्नु आवश्यक छ । यसबाट मस्तिष्क तनाव  रहित हुन्छ र यौन प्रक्रियाको भरपुर आनन्द उठाउन सकिन्छ । अधिकांश कार्यमा व्यक्तिको सफलता-असफलता उसको मनको भावनामा निर्भर गर्छ । यौनसुख अनुभूतिका लागि सकारात्मक हुनु महत्त्वपूर्ण छ । चिकित्सकहरूका अनुसार  शारीरिक तथा मानसिक रूपबाट जबसम्म स्त्री-पुरषकाबीच सामान्जस्यता स्थापित हुँदैन, विचारमा एकता स्थापित हुँदैन, उनीहरूलाई संभोगमा आनन्द प्राप्त हुँदैन ।

जब मन सकारात्मक सोचबाट गुज्रन्छ तब मात्र एस्ट्रोजन र टेस्टोस्टेरिन हार्मोन श्रावित हुन्छ र त्यसले सहवासलाई सुखद बनाउँछ । यसले महिलाहरूलाई विशेष सुख दिन्छ । यस सम्बन्धमा गरिएका विभिन्न सोधअनुसार महिलामा यौ नप्रति नकारात्मक सोच बढी पाइन्छ । उनीहरूलाई लाग्छ— पुरुषलाई मात्र यो कुराको मतलब हुन्छ । जसका कारण उनी आफ्नोइच्छालाई दबाउँछन् र पति वा पे्रेमीको इच्छाका अगाडि झुक्छन् तर उनीहरू के बिर्सन्छन् भने यही समर्पणले  उनको जीवनलाई अन्धकारमा धकेल्न सक्छ । अतः यौनप्रति जसरी पुरुष सकारात्मक हुनु जति आवश्यक छ, महिला पनि उत्तिकै सकारात्मक हुनुपर्छ ।

अन्तरंग पललाई ख्याल-ठट्टामा बिताउनु राम्रो हुन्छ । गम्भीरताबाट यो क्षणको आनन्द अनुभव गर्न सकिँदैन ।

यौनजीवनमा साथीको मुडप्रति ध्यान दिनु आवश्यक छ । पार्टनरको मुड अफ भएको स्थितिमा यौनक्रिया आनन्दायक हुन सक्दैन ।

सहवासका बेला साथीको रुचि-अरुचिको ख्याल राख्नुपर्छ ।

यौनका सम्बन्धका भएका शंका र डरको समाधान गर्नुपर्छ ।

यौनजीवनको आनन्द अनुभूतिका लागि शारीरिक रूपले फिट हुनु पनि आवश्यक छ । अनुसन्धानअनुसार हेल्दी एवं फिट शारीरिक स्थितिमा गरिएको सहवास सुखदायी हुन्छ ।

यौनमा ग्याप राख्नु ठीक होइन । दुवैको इच्छा र शारीरिक स्वस्थताअनुसार यसलाई निरन्तरता दिनुपर्छ ।

ख्याल-ठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चक हुने भएकाले यसलाई प्रयोग गर्नु राम्रो हुन्छ ।

यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक छ, अतः यौन क्रियाको बेला बढी कुराकानी गर्नु ठीक होइन ।

प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ, अतः यौन क्रियाका बेला एक अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ । साथै एकअर्कालाई भावनात्मक रूपले बुझ्न पनि उत्तिकै आवश्यक छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out