अभिनेत्री निशा अधिकारी सिनेमा पढ्न आगामी साता अमेरिका उड्दैछिन् । अमेरिकाको लसएन्जलस्थित न्यूयोर्क फिल्म एकेडेमीमा उनले चारमहिने फिल्म कोर्स पुरा गर्नेछिन् । विद्यार्थी भिसामा जान लागेकी 'फस्टलभ' हिरोइनले निर्देशन, छायांकन, पोस्ट र प्रीप्रोडक्सनका विधाहरु पनि अध्ययन गर्नेछिन् ।
'फिल्म मेकिङ पढ्ने पहिल्यैदेखिको उद्देश्य थियो' उनले भनिन् 'फर्किएर नेपालमै काम गर्ने सोचमा छु । किनभने यहाँ प्राविधिक फिल्डमा महिलाहरुको अभाव छ ।' अहिलेका लागि कर्मथलो नेपाललाई नै बनाउने भएपनि भविष्यको भने निश्चित नभएको उनको ठम्याइ छ । हालैदेखि प्रसारणमा आएको टेलिभिजन च्यानल टिभी फिल्मीकी क्रीएटिभ डिरेक्टरसमेत रहेकी निशा सिनेमा अध्ययनपछि मात्र अपकमिङ प्रोजेक्टहरु गर्न चाहन्छिन् ।
अघिल्लो साता सांस्कृतिक कार्यक्रमको सिलसिलामा कतारबाट स्वदेश फर्किएकी यी बालाले अमेरिकाबाट फर्किएपछि केही प्रोजेक्टहरुमा काम गर्दैछिन् यद्यपी साइन चाहिँ गरिसकेकी छैनन् । 'एज अ एक्ट्रेस कुराहरु मात्र भैरहेको हो' भन्छिन् 'निश्चित भैसकेको छैन ।' उनी अभिनित चलचित्र 'फस्टलभ'ले राम्रो रिभ्यू बटुलेको थियो ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago