गाडीभित्र नेताजी गद्गद्

काठमाडौं। एकीकृत माओवादीका नेताभित्र पजेरो, प्राडो र बोलेरो संस्कृति मौलाउँदै गएको टीका–टिप्पणी भइरहेका वेला माओवादीभित्रका ८४ जना गाडीधनीको विवरण पत्तो लागेको छ । यातायात व्यवस्था विभाग एकान्तकुना, ललितपुरका अनुसार कार्यालयले माओवादीलाई प्रदान गरेका फरक नम्बर प्लेटका गाडीको संख्या ८४ रहेको छ।
स्रोतका अनुसार, विवादित केन्द्रीय सदस्य एवं जनसेवाका कमान्डर कालिबहादुर खामका नाममा मात्रै भारतबाट चोरिएका चोरिएका १३ वटा गाडी दर्ता छन्। जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनअन्तर्गत खामका नाममा दर्ता रहेका त्यस्ता गाडीमा टाटा सफारी ४ वटा स्कोरपिओ जिप २ वटा, टोयोटा २ वटा, टभरो जिप दुईवटा र बोलेरो, टाटा एस एवं महेन्द्रा जिप एक/एकवटा दर्ता छन्। खामका नाममा रहेका गाडीको नम्बर बा.०००१अ४६ देखि ५९ सम्म रहेका छन्। १३ वटै गाडीलाई ०६४ साल फागुन १४ गते एकै मितिमा नम्बर प्लेट प्रदान गरिएको हो। पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईका नाममा गत असार २६ गते बा.०००१अ४ नम्बरको प्राडो जिप सिल्भर दर्ता छ। रामबहादुर थापाले भने बा.०००१अ५ नम्बरको प्राडो जिप ग्रिन ०६४ साल कात्तिक २२ गते नै दर्ता गरेका छन्। गत असार ३ गते नारायणप्रसाद पौडेलका नाममा बा.०००१अ६ नम्बरको प्राइभेट सिल्भर दर्ता भएको छ। प्रचण्डका निकटस्थ मानिने हरिबोल गजुरेलका नाममा ०६६ साल जेठ १० मा बा.००१अ८ नम्बरको गाडी दर्ता रहेको छ। बा.०००अ९देखि १५ नम्बरसम्मका गाडी वर्षमान पुन, अनन्त (टभेरा जिप चकलेटी) अग्नि खरेल (लिजी जिप), हितमान शाक्य (टाटा सफारी), हितराज पाण्डे (रातो) देवेन्द्र पौडेल (बोलेरो जिप सेतो) र पम्फा भुसाल (गोल्डेन हरियो जिप) रहेका छन्। संसदीय दलका नेता पोष्टबहादुर बोगटीका नाममा बोलेरो जिप (अल्मुनियम) दर्ता छ। सांस्कृतिक रूपमा विवादित हेमन्तप्रकाश ओलीका नाममा महेन्द्रा जिप दर्ता छ। गाडीधनीका रूपमा सूची बनाएका अन्य नेतामा शक्तिबहादुर बस्नेत (बोलेरो), कुलबहादुर केसी (कालो), नारायणप्रसाद शर्मा (महेन्द्रा), राम कार्की (महेन्द्रा), लेखराज भट्ट (महेन्द्रा), सिपी गजुरेल (महेन्द्रा) दीनानाथ शर्मा (महेन्द्रा), जनार्दन शर्मा (सिल्भर) नन्दकिशोर पुन (रातो), हिसिला यमी (सेतो बोलेरो) लोकेन्द्र विष्ट (टभेरो जिप) खड्गबहादुर विक (कालो टाटा सफारी) हरिभक्त काडेल (टाटा सफारी), कृष्णबहादुर महरा (महेन्द्रा सेतो) टोपबहादुर रायमाझी (सेतो), हरिभक्त काडेल (टाटा सफारी) र धर्मेन्द्र बास्तोला (स्कर्पिओ) रहेका छन्। जनमुक्ति सेनाका कमान्डरहरूका नाममा भने एकभन्दा बढी गाडी रहेका छन्। धनबहादुर मास्के (दोस्रो डिभिजन) का नाममा ४ वटा, सन्नु दराई (कमान्डर)का नाममा ४ वटा, याम अधिकारी (चौथो डिभिजन) का नाममा ९ वटा, सुकबहादुर रोक्का (पााचााै डिभिजन) का नाममा ५ वटा तेजबहादुर वली (छैटौा) का नाममा ७ वटा र महेन्द्रबहादुर शाही (सातौा) का नाममा ९ वटा गाडी दर्ता रहेका छन्। माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष मोहन वैद्य र नारायणकाजी श्रेष्ठका नाममा भने कुनै गाडी दर्ता गरिएका छैनन्। तर, उनीहरूले अर्कैका नाममा गाडीलाई आ136नो समूह बनाएर प्रयोग गर्दै आएका छन्। प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डले गाडी फिर्ता नगरेको चर्चा पनि यसअघि चलेको थियो। त्यसो त एकताका विभिन्न नेताले प्रयोग गर्ने गाडी पार्टी हेडक्वार्टरमा फिर्ता गर्न माओवादीले आह्वानसमेत गरेको थियो। कतिपयले गाडी फिर्ता गरे पनि माथिल्ला नेताहरूले पार्टीकै गाडी प्रयोग गरिरहेका छन् भने अधिकांश केन्द्रीय सदस्य कार्यकर्ताको मोटरसाइकलपछाडि बसेर हिाड्ने गरेका छन्। अब हुने विस्तारित बैठकले झन्डै सयको संख्यामा रहेका यी सवारीसाधनको व्यवस्थापन कसरी गर्ने हो हेर्न बााकी छ। जनआस्था साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out