नम्रताले थालिन् डेटिङ

कलिउड 'डिभा' नम्रता श्रेष्ठलाई बल्ल डेट्मा जाने मौका मिलेछ । 'मिस यू' हिरोइनले डेटमा रोमान्स गर्ने चान्स पाएकी छिन् । डेट् जान पाएकोमा गद्गद् मात्र छैनिन् उत्साही पनि बनेकी छिन् । उनको डेटिङ व्वाइफ्रेन्डसँग भने होइन फ्यानसँग हो । डेटिङ पनि एकान्त र रमणीय लोकेसनमा होइन लाजिम्पाटस्थित आफ्नै रेष्टुराँ एटिकमा । शुक्रवार आठजना प्रशंसकसँग नम्रता डेट गइन् । दसैंअघिदेखि संचालनमा आएको एठ्-डी सिनेमाले उनलाई डेटिङको मेसो मिलाइदिएको हो ।
नम्रता एठ्-डी सिनेमाकी ब्रान्ड एम्बेसडर हुन् । उक्त सिनेमाबाट हप्तैपिच्छे छानिने भाग्यमानी विजेतासँग नम्रता डेटिङ पुग्नेछिन् । प्रत्येक साता छानिने विजेताहरु नम्रतासँग भेटेर सँगै बुइँगलको कफि पिउन पाउनेछन् । 'निकै उत्साही छु' डेटमा भेटिएकी नम्रताले मेरोसिनेमासँग भनिन् 'यसले फ्यानसँग प्रत्यक्ष अन्तकि्रया गर्ने र कफिगफ गर्ने मौका मिलाइदिएको छ ।'
सुटिङ भैरहेको दिलीप रायमाझीको सिनेमा 'मिस यू'बाट समय निकालेर नम्रता एठ्-डी सिनेमाको पब्लिसिटीमा जुटिरहेकी छिन् । उक्त सिनेमाका लागि नम्रताले फोटोसुट पनि गर्दैछिन् । वास्तविक व्वाइफ्रेन्डसँग डेट जान नपाएपनि हिरोइनलाई फ्यानसँगै भएपनि डेटिङ जाने मौका मिलेको छ । कहिले व्वाइफ्रेन्डसँग डेटमा निस्किन्छिन् उनी यो त उनको गोजीको कुरा ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out