राखीविरुद्ध मुद्दा

बलिउडकी आइटम गर्ल तथा एक टेलिभिजन च्यानलमा राखीका इन्साफ कार्यक्रम चलाइरहेकी राखी सावन्तविरुद्ध एक व्यक्तिको मृत्युमा जिम्मेवार ठहर गर्दै उनीविरुद्ध उजुरी परेको छ। राखी सावन्तले टेलिभिजन कार्यक्रम ‘राखीका इन्साफ’मा भारतको झाँसी जिल्ला प्रेमनगर निवासी २४ वर्षिय लक्ष्मण प्रसाद अहिरवारलाई नामर्द भनेकी थिइन् । यही कारण क्षुब्ध भएर लक्ष्मणले पानी पिउन पनि छाने, जसबाट उनको गत बुधबार मृत्यु भयो । लक्ष्मणकी आमा सावित्रीदेवीले आफ्नो छोराको मृत्युका लागि राखी सावन्तलाई जिम्मेवार ठहर्‍याएकी छन् । त्यसले उनले झाँसी प्रेम नगर प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।
प्रेमनगर प्रहरी कार्यालयका एके सिंहका अनुसार राखी सावन्तविरुद्ध भारतीय दण्ड संहिता -आइपीसी) को धारा ३०६ -आत्महत्याका लागि उक्साउनु), ५०४ – जानाजान अपमानित गर्नु) र १२०-बी -षड्यन्त्र रच्नु) अनुसार उजुरी परेको हो । सिंहका अनुसार उजुरीमाथि अनुसन्धान भइरहेको छ। सावित्रीका अनुसार लक्ष्मण आफ्नी श्रीमतिसँगको विवाद सुल्झाउने उद्देश्यले राखी सावन्तको कार्यक्रममा गएका थिए । जहाँ उनीमाथि अपमानित शब्द प्रहार गरियो । यही कुरालाई लिएर उनले खानापिना बन्द गरे । जसबाट उनको ज्यान गयो ।
स्मरणरहोस् लक्ष्मणले आफ्नी श्रीमति विनिता र परिवारका साथ अक्टोबरमा राखीका इन्साफमा भाग लिएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out