नम्रता महंगी अभिनेत्री

नम्रता श्रेष्ठ महंगो पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । प्रचण्ड श्रेष्ठको निर्देशनमा बन्न लागेको अन्तराष्ट्रिय प्रोजेक्ट 'पर्पल डेज'मा उनले पाँच लाखमा साइन गरेकी हुन् ।

फाइकोसे्न्स कम्पनीले निर्माण गर्न लागेको यो चलचित्रमा नम्रता मुख्य भूमिकामा देखापर्दैछिन् । पूर्वदुव्र्यसनी एकता महतको जीवनमा आधारित हुने यो सिनेमा हलिउड शैलीमा निर्माण गर्न लागिएको जानकारी निर्देशक श्रेष्ठले दिए । अभिनेता कर्म चलचित्रका सहायक निर्देशक छन् ।

'मेरो एउटा साथी छ'बाट रजतपट डेब्यु गरेकी नम्रता अहिले दीलिप रायमाझीको 'मिस यू'मा व्यस्त छिन् । 'पर्पल डेज'का लागि निर्माता प्रभुशम्सेर राणाले नम्रतालाई उक्त मूल्यमा अनुबन्ध गरेको जानकारी प्राप्त भएको छ । नम्रताको यो पारिश्रमिक महंगा हिरो आर्यनले लिने पारिश्रमिकभन्दा एकलाख कम हुन आउँछ । आर्यनले दीपेन्द्र के. खनालको अपकमिङ सिनेमा 'काठमाण्डू नाइट'का लागि ६ लाखमा साइन गरिसकेका छन् । 'मेरो एउटा साथी छ' मा आर्यन र नम्रता 'अनस्क्रिन' जोडी थिए ।

अहिले काम गरिरहेको चलचित्र 'मिस यू'बाट पनि नम्रताले ४ लाख लिएकी छिन् । नम्रतालाई रजतपटकी आशालाग्दी अभिनेत्रीका रुपमा हेर्नेहरु पनि धेरै छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out