गीत पुरानो, हिरोइन नयाँ

पुरानो पुस्ताकी अभिनेत्री गौरी मल्लले नाचेको गीत 'कोपिलामा रंग चढ्यो…' गाउँदा भुतुक्क हुनेहरु धेरै थिए । वर्षौंपछि पनि उक्त गीतको मादकतामा छमछमी नाच्नेहरुको कमी छैन । भलै, गौरी स्वयमले उक्त गीतमा ननाच्लिन तर नयाँ पुस्ताकी अभिनेत्री निशा अधिकारी उक्त गीतको लयमा सबैलाई नचाउन चाहन्छिन् । जसका लागि उनी आइतबार खाडीको राष्ट्र साउदी अरब उड्दैछिन् ।

'म आफैले रिहस्रल गरेकी छु, नाच्ने कला पनि सिकें' फस्टलभ हिरोइनले भनिन् 'साउदीको स्टेज पोग्राममा नाच्ने भएकी छु ।' निशाले अर्को गीत 'ढल्क्यो ढल्क्यो…'मा पनि कम्मर भाँच्नेछिन् । साउदीको घट्दो तापमानमा निशाको नृत्यले त्यहाँस्थित नेपालीहरुलाई तताउनेछ । जनजाति महासंघले छोपेको मेसोमा निशाले नाच्ने मात्रै छैनन् स्टेज होस्ट पनि गर्नेछिन् । निशालाई साथ दिनेछन् पुरानो पुस्ताकी हिरोइन शर्मिला बुढाथोकी, नेपाली तारा दीपक लिम्बु, गायिका रेश्मा सुनुवार लगायतले ।

यतिबेला निशा आगामी मंसिर दुई गते औपचारिक प्रसारण हुने टेलिभिजन 'टिभी फिल्मी'मा व्यस्त छिन् । उनी उक्त टिभीकी 'कि्रएटिभ डिरेक्टर' पनि हुन् जहाँ उनले भिजेइङ पनि गर्नेछिन् । सिमोस सुनुवार र दीनेश डिसीको अपकमिङ प्रोजेक्टमा उनी अनुबन्धित हुने सम्भावना छ । साउदीबाट फर्किएपछि चलचित्र र टेलिभिजनमा सँगै अगाडि बढ्ने उनले बताइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out