बिनास्वीकृति हिमानीले विद्यालय उद्‌घाटन गरिन्

दोलखा, मंसिर ३ - पूर्वयुवराज्ञी हिमानी शाहले शुक्रबार दोलखाको एक सरकारी विद्यालय शिक्षा कार्यालयलाई जानकारी नदिइ उद्‌घाटन गरेकी छिन् । उनले नाम्दूस्थित वुस्ती निम्न माध्यमिक विद्यालय उद्‌घाटन गर्दा सरकारी प्रतिनिधिहरु भने उपस्थित थिएनन् ।
उक्त विद्यालयलाई निमावि बनाउन स्वीकृति लिए पनि पूर्वयुवराज्ञीलाई उदघाटन गराउने जानकारी शिक्षा कार्यालयलाई दिइएको थिएन । सम्बन्धित स्रोत व्यक्तिलाई पनि कार्यक्रममा बोलाइएन । स्रोत व्यक्ति सोम तिवारीले विद्यालय उद्‌घाटनको खबर आफुलाई नभएको बताए । उनले भने, 'म यतिमात्र भन्छु, यो कार्यक्रमबारे मलाई खवर भएन ।'
उनी विद्यालयमा आउदा विद्यार्थीहरुले राजावादी नारा लगाएका थिए । छ कक्षासम्म पढाइ हुने विद्यालयका बालवालिकाले पूर्वयुवराज्ञीलाई नारा लगाउँदै फूलका गुच्छा दिएका थिए ।
०४५ सालमा स्थापना भएको विद्यालयलाई तह बृद्धि गर्दै निमाविको उद्‌घाटन गराउने कार्यक्रमबारे शिक्षा कार्यालयलाई नगराइएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम बताउँछन् । 'सरकारी विद्यालयको यस्तो महत्वूर्ण कार्यक्रममा शिक्षा कार्यालयसँग समन्वय नगरिनु गल्ती हो,' उनले कान्तिपुरलाई बताए ।
साताभर वसेर हिमानी ट्रष्टको नामबाट सामाजिक कार्य गर्ने घोषणा गरेकी उनीले शिक्षा, खानेपानी, सिँचाइ जस्ता विकास निर्माणमा सहयोग गर्ने बताएकी छिन् । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out