यौनसम्पर्कबाट सर्ने रोगको परीक्षण मोबाइल सेटमै

लन्डन- मोबाइल सेटमा कुराकानी, म्यासेज, इन्टरनेट जस्ता कुरा अब अति सामान्य भएका छन्। विश्वभर यसको प्रयोगलाई मध्यनजर गर्दै बेलायतका स्वास्थ्य क्षेत्रमा संलग्न विज्ञहरु यसको प्रयोगलाई अझ विस्तारित गर्ने ध्याउन्नमा लागेका छन्।
मोबाइलबाट आउने रेडिएसन घटाउन लागेको वा त्यस्तो काममा मेहनत गरे होलान भन्ने तपाइँको सोच हो भने गलत। उनीहरुले यौन सम्पर्क गर्दा फैलिने रोगको परीक्षण मोबाइल सेटबाटै गर्ने तयारीमा छन्।

एसटीडी अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड डिजिजको परीक्षणका लागि उनीहरुले मोबाइलमा राख्‍न मिल्ने 'चिप' बनाउँदैछन्। यस्तो 'चिप'ले मानिसको र्‍याल वा पिसाबबाट एक मिनेटमै यौनसम्वन्धी विभिन्न रोगहरुको परीक्षण गर्ने र त्यसको जानकारी दिनेछ। अनि उपचारको लागि सुझाव दिने र उपचारका लागि चिकित्सक कहाँ जाने सल्लाह समेत दिनेछ।

यो 'प्रोजेक्ट'लाई उनीहरुले इएसटीआई (इलेक्ट्रिक सेल्फ टेस्टिङ इन्ट्रुमेन्ट) नामाकरण गरेका छन्। यसका लागि बेलायतको मेडिकल काउन्सिल र क्लिनिकल रिसर्चले ६४ लाख डलरको कोष स्थापना गरेका छन्। यसको अनुसन्धानको नेतृत्व वैज्ञानिक तारिक सिद्धिकले गरेका छन्। उनी युनिभर्सिटी अफ लन्डनका प्राध्यापक हुन्।

'अहिले तपाँईले यस्तो परीक्षण गर्ने हो भने ल्याबमा पठाउनुपर्छ र केही दिन त्यसको रिपोर्ट कुर्नुपर्छ,' सिद्धिकले भने, 'अनुमान गर्नुस कुनै लामो प्रतीक्षा बिना नै तपाइँले आफ्नै अवस्था थाहा पाउन सक्नु कति महत्वपूर्ण छ।'

यस्तो परीक्षणले यौनको विषयमा खुल्न नचाहनेका लागि सबैभन्दा लाभ दिने उनीहरुको अपेक्षा छ। एउटा चिप्स १ डलर भन्दा कम रकममा तयार पार्ने उनीहरुको लक्ष्य छ। -एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out