महिना दिनकी सुत्केरी अर्कै पुरुषसँग भागिन्

महेश्वर चामलिङ राई, उदयपुर, कात्तिक १६ - महिनादिनको नाबालक शिशु छाडेर परपुरुषसँग भागेकी एक महिला प्रहरीको कब्जामा परेकी छिन्। आँपटार-२ की ३० बर्षीया निर्मला श्रेष्ठ सुत्केरी अवस्थामै छिमेकी धर्मबहादुर राउतसँग घर छाडेर भाग्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनीहरु दुवैलाई सोमबार साँझ गाईघाट बजारबाट पक्राउ परेको जिल्ला प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए। ३० बर्षीय राउतले आफुलाई मिठो खान र राम्रो लाउन दिने भन्दै फकाएर आफुलाई भगाएको निर्मलाले बताएकी छिन्।

पहिलेका श्रीमानले बारम्बार कुटपिट गर्नुका साथै खानलाउन पनि राम्ररी नदिने गरेका कारण उनीसँगै बिहे गर्नेगरी भागेको उनले प्रहरीसँगको बयानमा बताएको जनाइएको छ। दुईदिनअघि गाउँ छाडेका उनीहरुलाई गाईघाट बजारमा किनमेल गरिहिडेका बेला गाउँबाट आउका छिमेकीले देखेर प्रहरीलाई खवर गरेपछि दुवैलाई पक्राउ गरिएको चौधरीले बताए। उनीहरु दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out