पालुङटारबाट उम्किन प्रचण्डलाई संकट

काठमाडौं। गोरखाको पालुङटारमा जारी एकीकृत नेकपा माओवादीको छैठौं विस्तारित बैठकमा प्रस्तुत तीन नेताको बेग्लाबेग्लै प्रतिवेदनका कारण आन्तरिक विवाद साम्य हुने भन्दा झनै चर्किएको छ। माओवादीको इतिहासमै विशिष्ट महत्व बोकेको यो बैठकले त्रिकोणात्मक बहसबाट निस्किने निष्कर्षले मुलुकलाई कसरी अघि बढाउने भन्ने निश्चित गर्नेछ। त्यसैले पनि माओवादीका शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्म आ–आफ्नो पक्षमा लविङ गर्ने होड नै चलेको छ। यहाासम्म कि सार्वजनिक रूपमै आन्तरिक निषेधको राजनीतिसम्म सुरु भएको छ।

राष्ट्रिय सहमतिको सरकारबिना शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसक्ने भन्दै माधवकुमार नेपाल नेतृत्वको सरकारलाई सतोसराप गरेको माओवादी अहिले बहुमतीय खेलमा जुटिरहेको छ। एकातिर सरकारको नेतृत्व पार्टीभित्रबाट कसले गर्ने भन्ने विषयमा विवाद त अर्काेतिर बहुमतका लागि कमल थापादेखि तुल्सी गिरीसम्मको दैलो चाहारेको याथर्थ। यतिमात्र होइन, सांसद् किनबेच गरेको आरोप पनि खेपेकै छ। राष्ट्रिय सहमतिका कुरा गर्ने तर पार्टीभित्र एक्लो अस्तित्व कायम गर्ने अध्यक्ष दाहालको प्रवृत्तिका कारण पनि माओवादीभित्रको विवाद चरम उत्कर्षमा पुगेको भट्टराई पक्षको आरोप छ। तर, कहिले उपाध्यक्ष मोहन वैद्य त कहिले भट्टराईलाई काखी च्यापेर पार्टीभित्रको अन्तरसंघर्ष हल गर्दै आएका दाहालका सामु अहिलेको अवस्था भने वास्तवमै फलामको च्युरासरह देखिएको छ। यो संवेदनशल राजनीतिक अवस्थामा संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीभित्र हुने बहस ठीक ढंगले अघि बढेन वा विस्तारित बैठकले ठीक खालको दीर्घकालीन महत्वको निर्णय र कार्ययोजना तयार गर्न सकेन भने माओवादीको आन्तरिक राजनीतिमात्र प्रभावित हुने छैन, त्यसले सिंगो मुलुको राजनीतिमा नराम्रो प्रभाव पार्नेछ। पछिल्लो समय उपाध्यक्ष डा. भट्टराईप्रति निकै आक्रामक देखिनुभएका अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमै पनि उपाध्यक्ष भट्टराईप्रति लक्षित गर्दै 'अन्तरसंघर्षको स्थिति र सञ्चालन विधिबारे' शीर्षकमा लेख्नुभएको छ–'एकता, संघर्ष र ध्रुवीकरणको प्रक्रिया हाुदै आज हाम्रो पार्टी आकार र मात्राको दृष्टिले निकै ठूलो बन्न गएको छ। तर, सर्वहारा वर्गको अग्रदस्ताका रूपमा गुण र सञ्चालन विधि भने निकै कमजोर बन्दै गएको छ। आज पार्टीभित्र अन्तरसंघर्षको स्थिति अत्यन्त अस्वस्थ र कचिंगलका रूपमा चलिरेको छ। पार्टीभित्र गुट र उपगुटको अन्त्यहीन श्रृंखला बन्ने तथा एकले अर्कालाई हिलो छ्याप्ने र खुइल्याउने प्रतिस्पर्धा चलेर 'यदुवंशी' तरिकाले पार्टीको विघटन र बिसर्जन हुने त होइन भन्ने चिन्ताजनक स्थिति उत्पन्न भइरहेको छ। न राम्रो काम गर्नेलाई प्रोत्साहन छ, न नराम्रो काम गर्नेलाई दण्ड–सजाय नै छ। जसलाई जे मन लाग्छ त्यही भन्ने र गर्ने दिशातिर पार्टी अगाडि बढ्दै त छैन? प्रश्न निकै गम्भीर छ।' आफ्नो प्रतिवेदनमा दाहालले अगाडि भन्नुभएको छ–'अझ कटु वास्तविकता यो हो कि यस प्रकारको अराजकता र दण्डहीनताको स्थिति पार्टीको माथिल्लो तहमै हावी हाुदै गएको छ। जिम्मेवार नेताहरूबाटै पार्टीका आधिकारिक नीति, निर्णय र पद्धतिविरुद्ध पटकपटक अभिव्यक्ति र आचरण प्रदर्शित हुने गरेका छन्। गुटबन्दी, हैसियत र पार्र्टी एकताको चिन्तासमेतका कारण जिम्मेवार नेताहरूलाई जब आलोचना वा अनुशासनको कुनै कारबाही गर्न सकिादैन, तब तल्ला कमिटी वा अन्य सदस्यलाई कारबाहीको नैतिक हैसियत पार्टीले गुमाउन थाल्छ। आज पार्टीमा यस्तै खतरा उत्पन्न भइरहेको छ। पार्टीको अन्तरसंघर्षमा जब वैचारिक राजनीतिक प्रश्नले प्राथमिकता पाउनुको सट्टा व्यक्तिगत टीकाटिप्पणी वा गुटगत स्वार्थले प्राथमिक पाउाछ, तब त्यस प्रकारको अन्तरसंघर्ष पार्टीको जीवन होइन, विघटनको कारक बन्न सक्छ। आज सिंगो पार्टी र यसको नेतृत्वमाथि साम्राज्यवादी विस्तारवादी र उनका दलालहरूको नियोजित र चौतर्फी आक्रमण भइरहेको छ। यस्तो परिस्थितिमा एउटा सर्वहारावादी पार्टीमा हुनुपर्ने नेता र कार्यकर्ताहरूको आपसी सम्बन्धमा हार्दिकता, एकअर्काको समस्याप्रति सहयोग र सद्भाव एवं एकअर्काको रक्षाको दायित्वबाट विमुख हाुदै जानु निकै चिन्ताजनक विषय हो।' २०६१ सालमा भएको चुनवाङ बैठकपछि शान्तिपूर्ण राजनीतिमा आउने निर्णय गरेको माओवादी यहाासम्म आइपुग्दा शान्ति कि विद्रोह? भन्ने दोसााधमा छ। एकातिर चुनवाङ बैठकको निर्णय नै गलत थियो भन्ने उपाध्यक्ष बैद्यको प्रतिवेदन त अर्काेतिर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्या उनु पर्छ भन्ने अर्का उपाध्यक्ष भट्टराईको प्रतिवेदन। यी दुईको बीचमा परेको अध्यक्ष दाहालको अर्काे प्रतिवेदन। माओवादीमा क्रान्तिको विकास कसरी गर्ने भन्नेमै किचलो देखिएको छ। बाबुराम भन्छन्–'नया औषधि खाऔं'। बैद्य भन्छन्–'पुरानो औषधि खाऔं' अनि दाहाल भन्छन्–'दुवै औषधि मिलाएर खाऔं'। हुन त अध्यक्ष दाहालले तीनवटै प्रतिवेदनलाई एउटै बनाउने प्रयास पनि नगरेका होइनन्। तर, सफल हुन सकेन। त्यसो त अध्यक्ष पुष्पकमल दाहालले दुई उपाध्यक्षले उठाएका सवाललाई प्रस्टीकरण दिनमै समय खर्चिनुभएको छ। खासगरी उहााले पार्टी नेतृत्वले नै आफूमाथि अविश्वास गरेको बताउनुभएको छ। प्रतिवेदनमा भनिएको छ–'बाबुरामजीसाग एकता र संघर्षको स्थिति हेर्ने हो भने उहाासाग संघर्षको पक्ष प्रमुख हो जस्तो लाग्छ। एकता कहिलेकाहिा हुन्छ। किरणजीसाग एकता प्रमुख छ। संघर्ष कहिलेकाहिा हुन्छ। तर, कहिलेकाहिा हुने संघर्ष निकै तीखो र पेचिलो पनि हुने गर्छ।' अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा घुमाउरो ढंगमा उपाध्यक्ष भट्टराईलाई भारतपरस्त र वैद्यलाई जडसुत्रवादी भएको उल्लेख गर्नुभएको छ। उहााले माओवादी शान्ति प्रक्रियामा आउने निर्णय गरेको महत्वपूर्ण चुनवाङ बैठकको निर्णय सही थियो। तर, त्यसलाई वर्तमानमा परिवर्तित गर्दै जानु पर्ने भाव राख्नुभएको छ। प्रतिवेदनमा दाहालले भनेका छन्–'कमरेड बाबुराम चुनुवाङ् बैठकको निर्णयबाट पटक्कै दायाा–बायाा गर्न नहुने पक्षमा देखिनुहुन्छ। कमरेड किरणलाई भने यो समग्र प्रक्रियाप्रति इरिटेसन जस्तो देखिन्छ। शान्ति र संविधानको निम्ति संघर्ष गर्नुहुन्न भन्ने कुरा नहुादा नहुादै पनि यसबाट कसरी फुत्किने भन्ने चिन्ताले उहाालाई बढी सताउने गर्छ।' अध्यक्ष दाहालले प्रतिवेदनको अन्त्यमा राष्ट्रिय स्वाधीनताको लडाइा राष्ट्रिय युद्धमा परिणत हुन सक्ने टिप्पणी गर्नुभएको छ। समग्रमा उहााले ढिलो चााडो विद्रोह हुने संकेत पनि गर्नुभएको छ। प्रतिवेदनमा भनिएको छ–'राष्ट्रिय स्वाधीनता, शान्ति र संविधानको मुद्दा उठाउादै जाादा एकैसाथ आकस्मिक रूपले विद्रोह हुन्छ भन्ने कुरा पनि होइन। तर, तेस्रो धक्कासम्म पुग्दा त्यो पूर्ण रूपले सफल नहुन पनि सक्छ, त्यतिबेला विद्रोह राष्ट्रिय युद्धमा परिणत हुन सक्छ र राष्ट्रिय युद्धको चरित्र दीर्घकालीन पनि बन्नसक्छ।' अध्यक्ष दाहालले परम्परागत ढंगले मात्र क्रान्ति सम्भव नहुने भन्दै नयाा प्रयोग स्वयंमा खतरासाग खेल्ने विषय भएको बताउनुभएको छ। उहााले खतरा मोलेर मात्र क्रान्तिकारी प्रक्रियामा निरन्तर अगाडि बढ्न सकिने र राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता दिएर राष्ट्रिय युद्धको तयारीसहित विद्रोहको तयारीमा दृढतापूर्वक लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभएको छ। तर, उपाध्यक्ष बैद्यले पार्टी संशोधनवादमा फस्न लागेको भन्दै तत्काल विद्रोहको बाटो रोज्नुपर्ने बताउनुभएको छ। उहााले चुनवाङ बैठकमा गरिएको साम्राज्यवादको विश्लेषणमा कतिपय प्रसंगमा कमजोरी रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रलाई तात्कालिक कार्यनैतिक नाराका रूपमा प्रस्तुत गर्नु सही भए पनि त्यसलाई रणनीतिक विषय बनाउन खोजिएको भन्दै गम्भीर असहमति जनाउनुभएको छ। वैद्यले प्रतिवेदनमा विगतमा गरिएका विभिन्न सहमति र सम्झौताहरूमा जनसरकारहरू विघटन र जनयुद्ध अन्त्यको घोषणा गर्नु गलत भएको र क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार शान्ति, सम्झौता तथा सहमति हुनसक्ने र गर्नुपर्ने उल्लेख गर्नुभएको छ। उहााले सम्झौतावादमा फस्न नहुने भन्दै जनसरकार विघटन तथा जनयुद्ध अन्त्यको घोषणाले पार्टीलाई सम्झौतावादतिर धकेलेको विश्लेषण गर्नुभएको छ। उहााले वास्तविक जनविद्रोह जनयुद्धको जगमा टेकेरमात्रै सम्पन्न हुनसक्ने ठोकुवा गर्नुभएको छ। तर, अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले अग्रगामी सोंचसहित मार्क्सवादलाई विकास गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ। उहााले चुनवाङ बैठकले लिएको स्पीरिटलाई पूरा गर्नुपर्ने भन्दै शान्तिप्रक्रियालाई पूरा गर्दै जनताको पक्षमा संविधान निर्माण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ। उहााले जनसंविधान पनि बन्न नदिने अवस्था आएमा मात्र विद्रोहमा जानुपर्ने बताउनु भएको छ। भट्टराईले मुख्य सत्रु को हो? भन्ने निष्कर्ष ननिकालेसम्म लडाइा सहज नहुने बताउनुभएको छ। भट्टराईले आफ्नो प्रतिवेदनमा लेखेका छन्–'भावावेशमा नआइकन यतिबेला हामीले वस्तुसंगत ढंगले हाम्रो क्रान्तिको प्रमुख दुश्मन शक्तिको किटान गर्नुपरेको छ र त्योमाथि निशाना लगाउने रणनीति र कार्यनीति निर्धारण गर्नुपरेको छ।' भट्टराईको प्रतिवेदनमा अगाडि भनिएको छ–'त्यो स्थितिमा क्रान्ति केही भिन्न ढंगले अघि बढ्न सक्छ भन्नुको अर्थ संविधान बनेपनि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा झडप पर्न सक्छ र जनविद्रोहको विन्दु केही पर सर्न सक्छ। तत्काल यो सम्भावना निकै कम हुादै गएको भए पनि संविधान बन्दै बन्दैन वा बनाउन खोज्नु सुधारवाद हुन्छ भनेर सोच्नु सही होइन।' संविधानसभा र गणतन्त्रको मूल मुद्दा लिएर जनयुद्ध गरेको माओवादी गणतन्त्रभित्रको संसदीय खेलमा असफल ठहरिएको छ। खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउाको संज्ञा दिने माओवादी अहिले त्यही ठाउामा बसेर केको मासु बेचिरहेको छ? यो गम्भीर सवाल हो। एकातिर अहिले माओवादीभित्रका अन्तरसंघर्ष छताछुल्ल भएका छन् भने अर्कोतिर माओवादीले विदेशी शक्तिकेन्द्रसागको सम्बन्धलाई पनि सुमधुर बनाउन सकेको छैन। न त पार्टीभित्रको संघर्षलाई ठोस रूपमा समाधान गर्न नै सकेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out