सम्बन्धको संवेदनशीलतालाई बुझौँ

जहाँ अरू सम्बन्ध मात्र भावनात्मक रूपले जोडिएको हुन्छ, त्यहीं दाम्पत्य सम्बन्ध मनको मात्र नभएर तनको पनि हुन्छ । अतः यो सम्बन्ध बढी संवेदनशील हुन्छ । मनको सम्बन्धलाई बढी ख्याल गरिए पनि तनको सम्बन्धका बारेमा अधिकांश व्यक्ति लापरवाह हुन्छन् । यस्तो स्थितिमा श्रीमान्-श्रीमती दुवैमध्ये एकको असन्तुष्टीले दाम्पत्य सम्बन्धमा चिसोपन आउने सम्भावना बढ्छ ।
विशेषज्ञका कुरा

मनोचिकित्सक एवं यौन विशेषज्ञहरूका अनुसार असन्तुष्ट यौन सम्बन्ध दाम्पत्य जीवनको असफलताको प्रमुख कारण हो । प्रकृतिले पुरुष र महिलाको संरचनालाई शारीरिक एवं भावनात्मक रूपले एक-अर्काबाट भिन्न बनाएको छ । यसका साथै दुवैलाई भित्रबाटै एउटा त्यस्तो अपूर्णता प्रदान गरेको छ जसलाई पूरा गर्न जीवनसाथीसँग जोडिनैपर्छ । सुखद दाम्पत्य जीवनका लागि एक-अर्कासित भावनात्मक रूपमा जोडिएर रहनु मात्र पर्याप्त हुँदैन, यौन सम्बन्धमा पनि सन्तुष्टि आवश्यक छ । यसका लागि शारीरिक सम्बन्धलाई औपचारिक मात्र सम्झनु हुँदैन । यो त्यस्तो अन्तरंग क्षण हुन्छ जसमा व्यक्ति बाहिरी संसारबाट पूर्णरूपमा अलग भएर आफ्नो साथीसित जोडिन्छ । त्यसैले त्यो समयमा आफ्नो र आफ्ना साथीको विषयमा सोच्नुपर्छ, अरूका बारेमा होइन । जबसम्म व्यक्तिको मन पूणरूपले ती क्षणको सुखलाई महसुस गर्न एकाग्र हुँदैन तबसम्म उसको शारीरिक सन्तुष्टि अधुरो हुन्छ । मनोचिकित्सकहरूका अनुसार यौनसम्बन्ध शारीरिक प्रगाढताभन्दा बढी मनोवैज्ञानिक बन्धन हुन्छ ।

तनावको असर

घर र घरबाहिरको कामको दबाबले व्यक्ति पूर्णरूपमा थकित हुन्छ । त्यस स्थितिमा पूर्ण ताजापनका साथ यौनसम्बन्धका लागि तयार रहन जटिल हुन्छ तर असम्भव भने छैन । समझदारी, प्रेम, धैर्यता एवं आपसी सहयोगबाट व्यक्तिले दिनभरको थकान मात्र भुल्दैन, एउटा नयाँ सुख र सन्तुष्टिको अनुभव पनि गर्न सक्छ ।

अभिव्यक्तिका कुरा

यौनसम्बन्धलाई एउटा कर्तव्य मात्र मान्नुको पछाडि सामाजिक परिवेशअनुसार महिला पक्षले आफ्नो यौन-इच्छालाई महत्त्व नदिनु पनि प्रमुख कारण हो । महिलाका सम्पूर्ण इच्छा र कामना मनभित्रै तुहिन्छन् । महिलाले यो कुरालाई बुझ्नु आवश्यक छ कि बदलिँदो समयअनुसार पुरुष लजालु-संकुचित श्रीमतीको स्थानमा खुलापन रुचाउँछन् । त्यसैले यौनसम्बन्धका बखत जब आफ्ना श्रीमान्लाई आफ्नो इच्छाका बारेमा अभिव्यक्त गरिन्छ निश्चित रूपमा उनले पनि रुचिका साथ आफ्नो भावनालाई बुझ्ने र सन्तुष्टि प्रदान गर्ने प्रयत्न गर्नेछन् ।

पूर्ण सन्तुष्टि आवश्यक

यौनसम्बन्धलाई खाना पूर्तिका रूपमा मात्र निर्वाह गर्नाले सामान्य दाम्पत्य जीवन पनि अशान्त हुन सक्छ । यौनजीवनको एक-एक पलको आनन्दले दम्पतीको सम्बन्धमा नयाँ ऊर्जा एवं ताजापन प्रदान गर्छ । यौनसम्बन्धलाई दायित्वका रूपमा मात्र निर्वाह गर्नाले श्रीमान्-श्रीमतीको भावनात्मक सम्बन्धमा नकारात्मक असर पर्छ । जसरी वासनाले प्रेमलाई लामो समयम्म जीवित राख्न

सक्दैन त्यसरी नै सन्तुष्ट यौनसम्बन्धको अभावले पनि दाम्पत्य जीवनमा विपरीत असर पार्छ ।

औपचारिकतालाई स्थान छैन

प्रेमपूर्वक एकसाथ रहेर आफ्नो मनका स-साना कुरा एवं आफ्नो इच्छा जीवनसाथीसित बाँड्नाले आपसी सम्बन्ध प्रेमले भरिपूर्ण बन्छ । श्रीमान्-श्रीमतीबीच औपचारिकतालाई स्थान दिनुहुँदैन । आफ्नो साथीको आवश्यकता र इच्छाका बारेमा जानकारी त हुनुपर्छ नै साथै त्यसलाई पूरा गर्नका लागि आफूमा चाहना र प्रयास गर्ने आकांक्षा पनि हुनुपर्छ । प्रेम र यौनसम्बन्ध दुई अलग-अलग कुरा हुन् तर यो पनि सत्य हो कि एउटा पक्षको कमीले दाम्पत्य जीवनलाई अशान्त बनाउन सक्छ । त्यसैले आफ्नो जीवनको यो महत्त्वपूर्ण पक्षलाई बेवास्ता गर्नुहुँदैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out