दिल्लीसँग गुप्त कूटनीति

गत महिना एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीन भ्रमणबाट फर्किएपछि नेपाल मामिलामा चीन र भारतसहितको समझदारी आवश्यक रहेको खुलासा गरे। उनले भारतसँग बिगि्रएको सम्बन्ध सामान्यीकरण गर्ने आशयका अभिव्यक्ति पनि दिए। जबकि, मंसिर ५ गतेदेखि गोरखामा हुने भनिएको पार्टीको विस्तारति बैठकअघिको दस्तावेजमा उनले भारतलाई नेपाली जनताको प्रमुख दुस्मन नै किटान गर्न खोजेका छन् र राष्ट्रिय युद्धसम्मै गर्नुपर्ने भनेका छन्।
तर, के पार्टी कार्यकर्तालाई भनेझैँ वा दस्तावेजमा लेखिएझैँ एकीकृत माओवादीको नेतृत्व भारतसँग घम्साघम्सी गर्न नै तम्सिएको हो त ? सूचनाहरूले त्यसो भन्दैनन्। खासमा बाहिर चर्का कुरा गरए पनि भित्रभित्रै भारतसँग भएका असमझदारी मिलाउने प्रयासमा अध्यक्ष प्रचण्ड सक्रिय देखिएका छन्। संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी निरन्तर किनारा लाग्दै गएपछि अघि बढ्न नसकेको शान्तिवार्ताको चिन्तासहित भारतसँग मध्यस्थताको पहलका लागि नेपाली राजनीतिका दुई चर्चित व्यक्तित्वहरू पूर्वसभामुख दमननाथ ढंुगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधर नयाँदिल्ली पुगेर फर्किएका छन्। दिल्ली उड्नुअघि प्रचण्डसँग कुराकानी गरेका उनीहरूले फर्केर उताको सन्देश सुनाइसकेका छन्। कात्तिक पहिलो साता दिल्ली गएर एक सातापछि फर्किएका उनीहरूको गएको तीन महिनामा यो तेस्रो भ्रमण थियो।

सशस्त्र विद्रोहरत तत्कालीन माओवादी र सरकारका बीचमा औपचारकि रूपमै शान्तिवार्ता गराउने जिम्मेवारी पाएर मध्यस्थकर्ताको सफल भूमिकामा स्थापित भइसकेका यी दुई पात्रले सुरुवात गरेको भारत र माओवादी अध्यक्ष दाहालबीचको मध्यस्थताको काम सफल होला नहोला भन्न सकिने स्िथति छैन। तर, चीन भ्रमणबाट फर्किएलगत्तै प्रचण्डले भारत भ्रमणको तयारीमा रहेको खुलासा गररिहँदा ढुंगाना र तुलाधर माओवादीलाई एक्ल्याउँदै लैजाँदा नेपालको शान्ति प्रक्रिया अवरुद्ध भएकाले सम्बन्ध सुधारका लागि दिल्लीमा विभिन्न तहमा कुराकानीमा व्यस्त थिए। उनीहरूको भ्रमण यतिसम्म गोप्य थियो कि माओवादी अध्यक्षको सन्देशसहितको यो यात्राबारे नेपालका गुप्तचर निकायहरूले पनि मध्यस्थकर्ताहरू फर्किएको केही दिनपछि मात्र थाहा पाए। यतिसम्म कि दिल्लीस्िथत नेपाली राजदूतावास समेतले यो भ्रमणको सुइँको पाएको थिएन। पछि यतैबाट बुझ्न लगाएपछि मात्रै भ्रमणबारे जानकारी हुनसकेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ।

नागरकि समाजकै तहबाट नेपालको शान्ति प्रक्रियामा आएको अवरोधलाई हटाई अघि बढाउन भारतको सहयोग खोज्दै ढुंगाना र तुलाधर कात्तिक ४ गते दिल्ली उड्ने तय भएको थाहा पाएपछि प्रचण्डले तुलाधरमार्फत दुवै जनालाई भेटी आफ्नो कुरा पनि भारतसमक्ष राखिदिन आग्रह गरेका थिए। माओवादी स्रोतका अनुसार, ढुंगाना र तुलाधरले दिल्ली उड्नुभन्दा एक दिनअघि प्रचण्डलाई भेटेका थिए। उनले दुवै मध्यस्थकर्तालाई भारतसँग उत्पन्न अविश्वास मेटाउन सहयोग गरििदन आग्रह गरेका थिए। संविधानसभामा ठूलो दलको हैसियत बनाएकाले यहाँको आन्तरकि प्रक्रियाबाट हुने सरकार निर्माणजस्ता कुरामा भारतले माओवादीलाई सहयोग गरदिेओस् र सहयोग गर्न नसके तटस्थ बसिदेओस् भन्ने आग्रहसहितको सन्देश पठाएको छ। बिगि्रएको सम्बन्ध सुधारका लागि प्रचण्डले असमझदारीहरू मेटाउन आफू तयार रहेको सन्देश पनि मध्यस्थकर्तामार्फत पठाएका थिए।

दिल्ली भ्रमणबाट फर्किएपछि दुवै मध्यस्थकर्ताले उनलाई भेटी उताको जवाफ सुनाएको जानकारी माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दिएका छन्। तर, उनी दिल्लीको सन्देश आफूलाई थाहा नभएको बताउँछन्। भन्छन्, "फर्किएर भेटेको सम्म थाहा छ, के के कुरा भयो जानकारी छैन।" माओवादीको सन्देश लिएर दिल्ली गएको अस्वीकार गर्छन्, मध्यस्थकर्ता ढुंगाना। भन्छन्, "हामीलाई माओवादी वा प्रचण्डले पठाएका होइनन्, बरु शान्ति प्रक्रियाको मध्यस्थकर्ताका हैसियतले यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन भारतसँग कुरा गर्नुपर्छ भनेर गएका हौँ।" उनी सबै नेपाली भारतविरोधी होइनन् भन्ने सन्देश आफूहरूले दिएको बताए।

नागरकि समाजका यी दुई प्रतिनिधिबाहेक माओवादीले आफ्नै पार्टीका स्थायी समिति सदस्य दीनानाथ शर्मालाई पनि दिल्ली पठाई आफ्नो धारणा स्पष्ट पार्ने प्रयत्न गरेको छ। शर्मा उपचारका क्रममा दिल्ली पुगेको भनिए पनि उनले त्यहाँको राजनीतिक र कूटनीतिक तहमा भेटघाटको प्रयास गरेका थिए, जुन त्यति उपलब्धिमूलक हुन सकेन। ढुंगाना र तुलाधर दिल्लीमै भएका बेला शर्मा पनि पुगेका थिए। स्रोतका अनुसार, दुई मध्यस्थकर्ताले भने सुरक्षा अंगका व्यक्तिहरू, विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख तथा पूर्वराजदूत केभी राजनसँग भेटघाट गरेका थिए। यसअघिको भ्रमणमा उनीहरूले भारतीय पक्षलाई यदि दुवै पक्षले चाहने हो भने आफूहरू भारत र माओवादीका बीचमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए।

तर, भारतसँगको सम्बन्ध सुधारका लागि अध्यक्ष प्रचण्डका यी खुल्न आएका प्रयासका बाबजुद पनि सम्बन्ध बिग्रँदै गएको बुझ्न कठिन छैन। ०६६ वैशाख २० गते प्रधानमन्त्री पदबाट राजीनामा दिएयता प्रचण्डले भारतप्रति आक्रोश पोख्दै आएका छन्। दसैँअघि भारतीय राजदूत राकेश सुदको सोलुखुम्बु यात्रामा भएको जुत्ता प्रहारको घटनापछि सम्बन्धले झन् तीतो रूप लिइसकेको छ। त्यसमाथि पनि उत्तरतिरको छिमेकी मुलुक चीनसँग निरन्तरको सम्पर्क देखाएर एवं विभिन्न तहको भ्रमण आदान-प्रदान गरेर माओवादीले भारतलाई इख्याइरहेको विश्लेषण पनि भारतीय पक्षको छ।

अध्यक्ष प्रचण्ड स्वयंले पार्टीको विस्तारति बैठकलाई सारेर चीन यात्रा गरी फर्केपछि बोलेको कुरालाई भारतीय कूटनीतिज्ञहरूले गम्भीर रूपमा लिएको सन्देश यतिबेला उनीसामु पुगिसकेको छ। स्रोतका अनुसार, शान्ति प्रक्रिया बीच बाटोमा आइपुगेपछि यसको अभिन्न सहयोगीका रूपमा रहेको भारतलाई अलग्याएर चीनको सहयोग लिन खोज्नु वा अर्को मुलुकलाई बीचमा घुसाउन खोज्नु उचित नभएको भारतको सन्देश छ। मध्यस्थकर्ता ढुंगाना पनि शान्ति प्रक्रिया ठप्प भएका बेला त्रिदेशीय रणनीतिको प्रस्ताव गर्नुलाई अपरपिक्व कुरा ठान्छन्। भन्छन्, "भारतमा १२ बुँदे समझदारी गरेपछि सुरु भएकाले शान्ति प्रक्रियाको शिर नै भारतसँग जोडिएको छ। मझधारमा भएका बेला अर्को मुलुकलाई घुसाउन खोज्नु भारतलाई संवेदनशील बनाउनु हो।" तर, माओवादीका विदेश विभागका सदस्य एवं पोलिटब्युरो सदस्य राम कार्की अध्यक्षको सोही भनाइपछि भारतसँग सम्बन्ध सुधारको प्रयास सुरु भएको दाबी गर्छन्। भन्छन्, "हाम्रो अध्यक्षको त्यो सार्वजनिक वक्तव्य सम्बन्ध सुधारको प्रारम्भिक विन्दु हो। चीनबाट आएर साझा नीति बनाउनुपर्छ भन्नु नै सम्बन्धलाई फेर िट्रयाकमा ल्याउने सन्देश हो।" उनको अर्थमा त्रिदेशीय रणनीति बनाउने दाहालको प्रस्ताव भारतका विरुद्ध चीनलाई देखाएर भारतलाई तर्साउने कूटनीति गर्दैनौँ भन्ने स्पष्ट संकेत हो।

अध्यक्ष प्रचण्डले चीनबाट फर्किएलगत्तै भारत भ्रमण गर्ने कुराको खुलासा गरेर भारतसँगको सम्बन्धमा केही सुधार आएको सन्देश दिन खोेजे पनि न उनको भ्रमणका लागि निम्तो आएको छ, न मिति नै तोकिएको छ। माओवादी केन्द्रीय कार्यालय स्रोतका भनाइमा निम्तो आएपछि मिति तय हुनेछ। तर, भ्रमणको प्रसंग सार्वजनिक गरेपछि भारतीय राजदूतले नेपाल सरकारलाई नेपाली माओवादीले भारतका माओवादीलाई तालिम दिएको भनी लिखित उजुरी नै बुझाएका छन्।

प्रचण्डको भारत भ्रमण कुनै संस्थाले बोलाए भने बेग्लै कुरा हो, भारत सरकार आधिकारकि निम्तो दिने मुडमा नरहेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ। किनभने, पार्टीको आधिकारकि बैठकमा समेत उनले राष्ट्रिय स्व्ााधीनताका लागि भारतविरोधी आन्दोलनलाई चर्काउने प्रस्ताव राखेका छन्। भदौको पहिलो साता बसेको पोलिटब्युरो बैठकले भारतबारे यस्तो प्रस्ताव पारति गरेको पार्टी स्थायी कमिटीद्वारा सबै राज्य समितिहरूमा जारी सर्कुलरमा उल्लेख छ। माओवादीभित्र भारत नै मुख्य दुस्मन हो भन्नेमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य एकमत छन्। तर, उपाध्यक्ष भट्टराई भने भारतको उत्पीडनका विरुद्ध आवाज उठाए पनि मुख्य दुस्मन भनेर किटान गर्न नहुने पक्षमा छन्। यी तीनै नेताले भारतबारे मंसिर ५ गतेको विस्तारति बैठकमा छलफलका लागि पेस गरेको तथा केन्द्रीय समितिका सदस्यहरूमाझ दिएको स्पष्टीकरण पत्रमा व्याख्यासहित आ-आफ्ना तर्क राखेका छन् -हेर्नूस्, बक्स)।

आफनो भारत यात्रा तय भइहाले प्रचण्डले आफू प्रधानमन्त्री भएयताका थुप्रै घटनाको जवाफ दिने तयारी गरेर जानुपर्ने कुरामा माओवादी नेतृत्व सजग छ। एक उच्च स्रोतका अनुसार, पछिल्लो खबर आदान-प्रदानमा भारतले असन्तुष्टिको ठूलै पोको पठाएको छ। जस्तो कि, प्रचण्ड प्रधानमन्त्री भएलगत्तै भारतीय नेता प्रणव मुखर्जीको प्रमुख आतिथ्यमा पटनामा भएको नेपाली माओवादी र अन्य नेताहरू सम्मिलित सम्मेलनमा र त्यसयता माओवादीबाट व्यक्त प्रतिबद्धता कार्यान्वयन नभएको भारतको भनाइ छ। त्यस सम्मलेनका सन्दर्भमा भएको भेटघाटमा जलस्रोतसम्बन्धी थुप्रै कुरामा समझदारी भएको तर कार्यान्वयन उल्टो भएको भारतीय सन्देश प्रचण्डलाई प्राप्त भएको छ। भारतीय लगानीका जलस्रोतसम्बन्धी परयिोजनाहरू माओवादीकै कारण अवरुद्ध भएको र भारतीय लगानीको असुरक्षाको प्रमुख कारण माओवादी रहेको उसको आरोप छ। आफ्नो आन्तरकि सुरक्षामा समेत नेपालका माओवादी र भारतका माओवादीका बीचको सम्बन्धका कारण खतरा बढेकाले नेपालमा माओवादी शक्ति सरकारमा पुगेकाले यो व्यवहारमै सच्चिएको देखिनुपर्ने सर्त पनि भारतको छ। भारत सरकारका प्रतिनिधि -राजदूत)माथि निरन्तर गाली आक्रमण गर्ने मात्र होइन, राष्ट्रिय युद्ध नै लड्ने कुराले भारतलाई दुःखी बनाएकाले लोकतन्त्र मानेर शान्ति प्रक्रियामा आएको हो कि होइन भन्ने स्पष्ट गर्नुपर्ने भारतीय धारणा पछिल्ला गुप्त पहलहरूमार्फत पनि माओवादीले पाएको छ।

मध्यस्थकर्ता ढुंगानाको विचारमा भारतका दृष्टिले त्यहाँ माओवादी कानुनविरोधी तत्त्व हुन्, त्यसैले नेपालबाट उताको शान्ति खल्बल्याउने शक्तिलाई मद्दत गर्न मिल्दैन। भन्छन्, "शान्ति प्रक्रियामा आएकाले लोकतान्त्रिक शक्ति ठानेर भारतले नेपालका माओवादी पार्टीलाई सहयोग गरेको हो।" चीनसँग आफ्नै प्रकारको सम्बन्ध भएकाले प्रतिस्पर्धाको मात्र सम्बन्ध छ भन्ने भ्रममा नपर्न पनि भारतले माओवादी अध्यक्षलाई सुझाएको छ। स्रोतको दाबीमा, विश्वासको संकट गहिरएिको जनाउ भारतीय पक्षले दिएको छ। त्यो परििस्थतिबाट पार नपाउन्जेलसम्म भारत प्रचण्डलाई सरकारको नेतृत्वमा आउन सहयोग गर्ने पक्षमा छैन भन्ने स्पष्ट सन्देश आएको छ।

विभिन्न दूतहरू र मध्यस्थकर्तामार्फत भारतसँगको सम्बन्ध सुधारको भित्री प्रयास र पार्टीका आन्तरकि बैठक तथा लिखित दस्तावेजमा भारतविरुद्ध राष्ट्रिय युद्धसम्मको तयारी गर्नेजस्ता कुराको तालमेलचाहिँ माओवादी अध्यक्षले कहाँनेर मिलाउन सक्ने हुन्, त्यो भने समयले नै

देखाउने छ। 

तीन नेता, तीन विचार
नारायणहिटीको साटो

दिल्लीः प्रचण्ड

 हाम्रो युद्ध गृहयुद्धको रूपमा सुरु भयो। अब राष्ट्रिय युद्धका रूपमा समापन हुन्छ र हुनुपर्छ। प्रधान अन्तरविरोधको प्रश्नलाई पनि यो सन्दर्भसहित बुझ्नुपर्छ।

    तेस्रो विश्वका मुलुकहरू अर्थात् अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकहरूमा क्रान्तिकारी युद्ध गृहयुद्धबाट सुरु भएर राष्ट्रिय युद्धका रूपमा समापन हुने आधारभूत चरत्रिजस्तो बन्न पुगेको छ। हाम्रो सन्दर्भमा पनि नारायणहिटीको भूमिकामा दिल्ली आएको अवस्थाले त्यही स्िथतिलाई स्पष्ट पार्छ।

    शान्ति प्रक्रियाका कतिपय सीमा र कमजोरी भए पनि हामीले राष्ट्रियता र जनवादको झन्डालाई निरन्तर उठाइरहेका छौँ। प्रतिक्रियावादीहरूले यो कुरा राम्रोसँग बुझेका छन्। पार्टी नेतृत्वमाथि दुस्मनको चौतर्फी प्रहारको मुख्य कारण यही नै हो।

    हामी झुक्दै गएको भए उनीहरूले यसो गर्नु आवश्यक ठान्दैनथे। सुरुको चरणमा हामीले क्रान्तिको झन्डा झुकाएर आएको हो कि भन्ने भ्रम पर्दासम्म पार्टी नेतृत्वको खुबै प्रशंसा गर्थे। कुरा बुझ्दै गएपछि कर्नरमा पार्न सबै बलबुता लगाइरहेका छन्।

    अहिले देशको राजनीतिक घटनाक्रम जे जसरी विकास भइरहेको छ, यो स्िथतिले निकट भविष्यमा नै प्रतिक्रियावादीहरूका तर्फबाट हाम्रो पार्टी र आन्दोलनलाई कमजोर पार्ने नियोजित षड्यन्त्र अन्तर्गत कुनै पनि अप्रत्यासित चाल -मुख्यतः संविधानसभा विघटन गराई राष्ट्रपति शासनमा जाने) चल्ने खतरा स्पष्ट देखिएको छ।

प्रमुख खतरा भारतः किरण

 अहिले दक्षिण एसियामा दादागिरी गर्दै आएको भारतीय विस्तारवाद, यहाँ आफ्नो प्रभाव बढाउन प्रयत्नशील अमेरकिी साम्राज्यवाद र नयाँ शक्तिकेन्द्रका रूपमा विकसित चीनका बीच त्रिकोणात्मक संघर्ष चलिरहेको छ। परन्तु सिंगो दक्षिण एसियाली देशहरूका लागि भने भारतीय विस्तारवाद नै प्रमुख खतरा रहेको छ।

    यो स्िथतिमा शान्ति तथा जनसंविधान निर्माणको कामलाई अवरुद्ध गर्ने तथा दमनको प्रक्रियामा जाने षड्यन्त्र र विस्तारवादी हस्तक्षेप तीव्र रूपमा बढ्दै गएको छ। बाह्य र आन्तरकि अन्तरविरोधहरूको घुलन हुन पुगेको छ। देशीय दलाल, नोकरशाही पुँजीपति एवं सामन्तवर्ग तथा भारतीय विस्तारवाद एकातिर र आमनेपाली जनसमुदाय अर्कोतिर ध्रुवीकृत भई दुई प्रकारका अन्तरविरोधहरू मिलेर एउटै प्रधान अन्तरविरोध निर्माण भएको छ।

    मेरो अभिमत वा धारणा जनताको संघीय गणतन्त्रको मूल कार्यनीतिलाई दरोसँग पक्डने तथा त्यसका लागि जनविद्रोहमा जाने, दलाल तथा नोकरशाह पुँजीपति एवं सामन्तवर्ग र भारतीय विस्तारवादको विरोधमा जनवाद तथा राष्ट्रिय स्वाधीनताको संघर्ष सञ्चालन गर्ने र त्यसका लागि देशभक्त, गणतन्त्रवादी तथा वामपन्थीहरूसँग संयुक्त मोर्चा बनाउने भन्ने रहेको छ।

एकसाथ लड्नु हुन्नः भट्टराई

 निश्चित रूपमा भारतीय विस्तारवादी शासक वर्गको हस्तक्षेप देशभित्र विभिन्न रूपमा बढ्दै गएको छ र सुगौली सन्धिदेखिका अर्धऔपनिवेशिक सम्बन्धका साङ्लाहरू यथावतै छन्। त्यसैले बाह्य राष्ट्रियताको प्रश्नलाई कम आँक्न सकिने स्िथति छैन।

    फेर िपनि एकातिर भारतीय विस्तारवाद प्रत्यक्ष सैनिक हस्तक्षेपको तरकिाले नभएर अप्रत्यक्ष राजनीतिक, आर्थिक, सांस्कृतिक तरकिाले आइरहेको छ र अर्कोतिर ऊसँग नेपाली जनता र राष्ट्रको संघर्ष रणनीतिक वा दीर्घकालीन प्रकृतिको छ। यस अवस्थामा अहिले नै भारतीय विस्तारवाद र नेपाली प्रतिक्रियावादी शासकवर्ग दुवैसँग एकैसाथ नेपाली जनताको प्रधान अन्तरविरोध बनिसकेको निष्कर्ष निकाल्नु वस्तुसंगत र संघर्षका दृष्टिकोणले उपयोगी पनि हुँदैन।

    भारतीय विस्तारवादी हस्तक्षेप र उत्पीडन अन्य साम्राज्यवादी उत्पीडनभन्दा विशिष्ट प्रकृतिको हुनाले त्यसलाई अहिले नै अन्तरघुलित प्रधान अन्तरविरोध नभनी विगतमा तत्कालीन एकता केन्द्रको एकता महाधिवेशनमा भनिएझैँ भारतीय विस्तारवाद संरक्षित देशीय प्रतिक्रियावादसँगको अन्तरविरोधलाई प्रधान अन्तरविरोध किटान गर्नु नै वैज्ञानिक र संघर्षका दृष्टिकोणले उपयुक्त हुन्छ।

    यसको अर्थ भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध संघर्ष नगर्ने वा त्यससँग आत्मसमर्पण गर्ने भन्ने कदापि होइन। बरु, पहिले देशभित्रको जनवाद र आन्तरकि राष्ट्रियतालाई सुदृढ गरेर बाहिरी दुस्मनसँग लड्नु प्रभावकारी र राष्ट्रिय हितमा हुन्छ भन्ने हो।

-माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईद्वारा पार्टीको विस्तारति बैठकमा प्रस्तुत गरनिे दस्तावेजबाट उद्धृत)

'चीनसँग लहसिनु हुन्न, उक्साउनु हुन्न’

मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको नाताले यतिबेला शान्ति प्रक्रिया कहाँनेर पुगेको ठान्नुहुन्छ ?

नेपालको शान्ति प्रक्रिया मझदारमा माझीहरूको कुस्तीजस्तो भइरहेको छ। शान्ति प्रक्रिया यसको धर्म, आचारसंहिता, समझदारी, अन्तरमि संविधान र बृहत् शान्तिसम्झौता अनुरूप चलिरहेको छैन। निगरानीरहित, लगामरहित भइरहेको छ। अड्काउमुखी, सत्ता र गुटमुखी, नेतामुखी भइरहेको छ शान्तिप्रक्रिया। जनताको संघर्ष र बलिदानको दिगो शान्ति, लोकतन्त्र र अग्रगमनको बलियो जग हाल्ने इच्छा, आकांक्षाको सम्मान गर्ने शान्ति प्रक्रिया भइरहेको छैन।

वर्तमान राजनीतिक गतिरोधको कारण को वा कसलाई किटान गर्न सकिन्छ त ?

आजको गतिरोधको कारण दलहरूबीच प्रधानमन्त्री को हुने तथा सत्ता बाँडफाँट कसरी गर्ने भन्ने देखिएता पनि वास्तविक कारण दलहरूको समझदारीको भित्री तथा बाहिरी पक्षबीचको रसायन तथा सन्तुलन नमिल्नु नै हो। गतिरोधको केन्द्रविन्दु साझेदारी टुट्नुका कारण यहाँसम्म आइपुगेको अग्रगमन तथा उपलब्धिलाई कसरी आ-आफ्नो अनुकूल बनाउने भन्ने होडबाजी हो। गतिरोधको मुख्य कारण बृहत् शान्ति सम्झौता तन्दुरुस्त कार्यान्वयनसम्बन्धी उचित यन्त्रको अभाव एवं संक्रमणकाल अनुरूप सरकार नबनाई दलीय प्रतिस्पर्धात्मक सरकार र नेतृत्वको अभाव हो।

गतिरोधको मुख्य बाधक भारत हो भनेर शान्ति प्रक्रियाको एउटा अंशियार माओवादीले भनिरहेको छ नि ?

१२ बुँदे समझदारीदेखि समय-समयमा भारतकै भूमिका र सहयोगबाट माओवादीहरू शान्तिपूर्ण तथा संवैधानिक राजनीतिमा अवतरण गर्न सकेका हुन्। सरकारमा र नेतृत्व गर्ने कुरामा पनि समर्थन पाएका हुन्। भारत अनुकूल हुँदा 'जय भारत' भनेका हुन्। अहिले भारतसँग तालमेल नमिल्दा धारेहात लगाउँदै हस्तक्षेप र बाधक भनेका छन्। माओवादीको अहिलेको भारतविरोध भारतलाई फेर िकसरी अनुकूल बनाउने भन्ने बेचैनी तथा इरादाको एउटा शैली तथा रूप मात्र हो। माओवादीको भारतविरोधमा परम सिद्धान्तहीनता तथा चरम अवसरवादिता देखा पर्दैछ।

भारतको सुरक्षा चासो अझ बढेका कारण पनि समस्या थपिएको हो कि ?

भारतको नेपालमा सुरक्षा चासो बढ्दै जानु स्वाभाविक छ। भारतसँगको नेपालको सम्बन्ध १९५० को सन्धिद्वारा निर्देशित छ। यसलाई नेपालले सहज रूपमा लिनैपर्छ। आजको नेपाल-भारत सम्बन्धको मूल आधारस्तम्भ भारतको सुरक्षा चासोप्रति नेपालको नीतिगत सहृदयता हुनैपर्छ। हाम्रो सम्पूर्ण राज्य निकायले यस कर्तव्यलाई मूल मन्त्रका रूपमा ग्रहण गर्नैपर्ने भएको छ कि भारतलाई सुरक्षा तथा शान्ति दिने कुरामा हामी नेपाली मनसा, वाचा, कर्मणा एक नभई भारतबाट सुरक्षित लोकतन्त्र तथा स्वतन्त्र भविष्यको अपेक्षा गर्ने हाम्रो आधार र अधिकार हुने छैन। नेपाल र भारतको हितको मूल्यमा कुनै पनि नेपालीले चीनसँग लहसिनु र चीनलाई उक्साउनु हुँदैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out