ट्रेन्ड 'अतिथि भूमिका'को

आफै संगीतकार रहेको चलचित्र 'मिस यू'मा बाबु बोगटीले अतिथि भूमिका खेलेका छन् । गजलकारका रुपमा बाबुलाई दीलिप रायमाझीको उक्त प्रोजेक्टमा देख्न सकिन्छ । गजल गायनमा पनि दखल राख्ने र अभिनयको अनुभव पनि बटुलेकाले बाबु 'गेस्ट अपिरिएन्स'मा देखापरे । अभिनय गरेबापत बाबुले 'मिस यू'बाट कुनै पारिश्रमिक भने लिएनन् ।

यो त उदाहरण मात्र हो । कुनैबेला बलिउडमा छाएको यो 'ट्रेन्ड' अहिले नेपाली सिनेमामा देखापर्दैछ । स्टार कलाकारको टाउको बिकाउने ध्येय बोकेका निर्माता/निर्देशकले 'अतिथि भूमिका'मा लोकप्रिय कलाकारलाई खेलाउने गर्छन् । नेपाली सिनेमामा सर्वाधिक अतिथि भूमिका निर्वाह गर्ने राजेश हमाललाई छाडिदिने हो भने पछिल्लो पुस्ताका कलाकार पनि यो दौडमा अगाडि छन् ।

जस्तो : अभिनेत्री नम्रता श्रेष्ठले 'फस्टलभ'को अन्तिम दृश्यमा देखापरेर दर्शकलाई चक्मा दिइन् । राजेश घतानीको अपकमिङ प्रोजेक्ट 'बाटो मुनिको फूल'मा पनि महानायक हमाललाई अतिथि भूमिकामा देख्न सकिन्छ । दीपेन्द्र के. खनालको 'धर्मा'मा हिरोइन रेजिना उप्रेती आइटम गर्लका रुपमा छिन् । प्रकाश सुवेदीको 'गुरुदक्षिणा'मा आइटम गर्लका रुपमा ऋचा घिमिरेको 'गेस्ट अपिरिएन्स'ले पनि चर्चा बटुल्यो ।

मोफसलमा प्रदर्शन भएको सुरज आरडीको 'भूल भए माफ गर'मा नन्दिता केसी र दीलिप रायमाझी अतिथि भूमिकामा प्रस्तुत भए । महानायक हमालले अतिथि भूमिकाका लागि एकदेखि तीनलाखसम्म पारिश्रमिक लिने गर्छन् । पहिलोपटक नेपाली फिल्म 'माइतीघर'मा बलिउड अभिनेता संजयदत्तका पिता सुनिलदत्त र कमेडियन राजेन्द्रनाथले अतिथि भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि चलचित्र 'सगुन'मा शिव श्रेष्ठ र बिपना थापाको गेष्ट अपिरिएन्सले त नेपाली सिनेमाको समीकरण नै बदलिदियो । उक्त अनस्क्रिन जोडीले 'आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ...' गीतमा अतिथि भूमिका नाचेपछि फिल्म सुपरहिट भयो । अतिथि भूमिकामा प्रस्तुत गर्दा निर्माता फिल्म चल्ने विश्वास गर्छन् भने कलाकार पारिश्रमिक पाउने आशा गर्छन् ।

'निर्माता टाउको बिकाएर चलचित्र चलाउन खोज्छन्' गायकबाट नायक बनेका बाबु बोगटी भन्छन् 'कलाकारलाई पनि पैसा दिए भैहाल्यो ।' कतिपय निर्माताले त 'गेस्ट अपिरिएन्स' खेलेका कलाकारलाई 'हाइलाइट' गर्दा मूख्य भूमिका निर्वाह गरेका कलाकारलाई गौण तुल्याउने परिस्थिती पनि सिर्जना गरेका उदाहरण नौला होइनन् । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out