बेइजिङपछि दिल्लीमा लम्पसार

काठमाडौं । मच्चियो मच्चियो थच्चियो” यो चर्चित भनाइ अहिले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा ठ्याक्कै लागू भएको छ। अपरिपक्व व्यवहार देखाउने तर लगत्तै माफ माग्न पछि नपर्ने हिटलर शैलीका अनुयायी माओवादी अध्यक्ष प्रचण्ड अहिले राष्ट्रिय स्वाधीनताको आन्दोलन अलपत्र पार्दै दिल्ली यात्रामा निस्कने तयारीमा लागेका छन्। भारतीय हस्तक्षेपले आफू पुनः प्रधानमन्त्री हुन नपाएको सार्वजनिक अभिव्यक्ति दिइरहेका प्रचण्डको दिल्ली मोहलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले लिइएको छ। माओवादी स्रोतका अनुसार मंसिर ५ गतेबाट गोरखामा हुने पार्टीको विस्तारित बैठकलगत्तै प्रचण्ड दिल्ली यात्रामा जाने कसरत भइरहेको छ।
तर, प्रचण्डलाई नयाँदिल्लीमा स्वागत गर्न भारतीय संस्थापन पक्षले 'हरियो बत्ती' बालिसकेको छैन। माओवादीबाट बारम्बार भइरहेको भारतविरोधी गतिविधिबाट असन्तुष्ट रहेको भारतीय संस्थापन पक्ष भारतीय राजदूत राकेश सूदमाथि माओवादी पोलिटब्युरो सदस्य गोपाल किराँतीको नेतृत्वमा सोलुखुम्बुमा जुत्ता प्रहार भएपछि झनै कठोर बनेको स्रोत बताउँछ। भारतसँगको सम्बन्ध 'अति नै बिग्रेको' ठम्याइपछि नै प्रचण्ड दिल्ली जाने निष्कर्षमा पुगेका हुन्। प्रचण्डको भ्रमणलाई सरकारीस्तरको बनाउन माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले कूटनीतिक लबिङ गरिरहेको स्रोत बताउँछ।
त्यसो त प्रचण्ड स्वयम्ले पनि आफू छिट्टै भारत भ्रमणमा निस्कन लागेको खुलासा गरिसकेका छन्। आइतबार एक दैनिकलाई दिएको अन्तर्वार्ताअनुसार प्रचण्ड भारत र माओवादीबीचमा रहेका कन्फ्युजन मेट्नका लागि भ्रमणमा जान लागेका हुन्। 'हामीबीच कतिपय कन्फ्युजन भएका छन्। ती स्पष्ट गर्न जरुरी छ भने हामीलाई लागेको छ। सत्ताबाट बाहिरिएपछि दिनहुँ भारतलाई गाली गरिरहेका प्रचण्डले उक्त अन्तर्वार्तामा भनेका छन्– भारत सरकार र त्यहाँका नेता बुद्धिजीवी, मिडियासँग हाम्रो धारणा स्पष्ट गर्ने कोसिस भइरहेको छ। हामी टेबुलमा बसेर छलफल गर्न चाहिरहेका छौं।' स्रोतका अनुसार भारतीय संस्थापन पक्षले प्रचण्डलाई भ्रमणको औपचारिक निमन्त्रणा नदिए पनि विस्तारित बैठकपछि प्रचण्ड भारत भ्रमणमा जाने मिलाइएको छ। प्रचण्डलाई भारत भ्रमणमा लैजाने जिम्मा लिएका छन् भारतीय जनता दलका अध्यक्ष शरद यादवले। दसैंलगत्तै जनता दलका महासचिव केसी त्यागी काठमाडौं आएका थिए। केसी र प्रचण्डबीच भएको भेटवार्ताका क्रममा प्रचण्डले जनता दलका अध्यक्ष यादवसँग टेलिफोन वार्ता गरेका थिए। त्यही वार्ताका क्रममा अध्यक्ष यादवको निम्तामा प्रचण्ड दिल्ली जाने र त्यस क्रममा यादवले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गराइदिने आश्वासन दिएको स्रोतले दृष्टिलाई बताएको छ। भारतीय संस्थापन पक्षले भने सोलुखुम्बुमा राजदूत सूदमाथि भएको घटनामा पार्टीले आधिकारिक रुपमा गल्ती स्वीकार गरेको अवस्थामा मात्र प्रचण्डलाई औपचारिक भ्रमणमा नयाँदिल्ली बोलाउने सर्त राखेको बुझिएको छ। भारतीय संस्थापन पक्षसँग सम्बन्ध सुधारका लागि शरद यादवको शरणमा पुगेका प्रचण्डले बेइजिङ पुगेर आफूलाई सत्तामा पुर्‍याइदिनका लागि 'याचना' गर्न भ्याइसकेका छन्। संघाइ एक्स्पोमा सहभागी हुन चीन पुगेका बखत गत हप्ता प्रचण्डले चिनियाँ नेतासँग नेपालको समस्या समाधान गर्न बेइजिङ र दिल्लीले पहल गरिदिन माग गरेको त्रिभुवन विमानस्थलमा झर्ने बित्तिकै बताएका थिए। प्रचण्डको यो अभिव्यक्तिले मुलुकमा विदेशी हस्तक्षेपलाई खुला आमन्त्रण गरेको भन्दै विश्लेषकहरूले विरोध गरिसकेका छन्। १० वर्ष भारतमा बसेर नेपालमा जनयुद्ध सञ्चालन गरेका प्रचण्डले शान्ति प्रक्रियामा आएपछि भारतसँग 'डिल' गर्न चाइनाकार्ड प्रयोग गर्दै आइरहेका छन्। तर, चाइना कार्डको प्रयोगले मात्र नेपालमा गुमेको सत्ता प्राप्त गर्न नसक्ने ठहर गर्दै भारतको शरणमा पुगेको विश्लेषकहरू बताउँछन्। त्यही भएर प्रचण्डले भारत भ्रमणमा निस्कन लागेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँग दिल्लीसँग नेपालका बारेमा कुरा गरिदिन आग्रह गरेका थिए। यो घटनाले राष्ट्रिय स्वाधीनताको आन्दोलन गरिरहेका माओवादीका अध्यक्ष प्रचण्डको 'मण्डले राष्ट्रघात' सडकमा छताछुल्ल भएको छ। प्रचण्डले संविधानसभाको ठूलो पार्टी भएको हैसियतमा आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने माग गरिरहेका छन्। सेनापति प्रकरणबाट अन्य राजनीतिक दलको विश्वास गुमाएका प्रचण्डले त्यसयता नेपालका राजनीतिक दलको विश्वास जित्न सकेका छैनन्। आवेगमा आएर भारतलाई गाली गदर्ैै छोडेको सत्ता प्राप्तिका लागि आठ पटकसम्म प्रधानमन्त्री निर्वाचनको निरर्थक दौडमा सामेल प्रचण्ड सिंहदरबारको कुर्सी प्राप्त गर्नका लागि जुनसुकै मूल्य चुकाउने निचोडमा पुगेको स्रोत बताउँछ। केही समयअघि नेपाल आएका भारतीय विशेष दूत श्यामशरणसँग पनि प्रचण्डले आफूलाई सत्तामा पुनर्स्थापित गराइदिन गुहार मागेका थिए। त्यसबखत श्यामशरणले प्रचण्डसँग क्यान्टोनमेन्टमा रहेका लडाकुलाई नेपाली सेनामा समावेश गर्ने माग छोड्ने र तराईलाई टुक्र्याएर विभिन्न संघ बनाउने माग छोडेको अवस्थामा यसबारेमा संस्थापन पक्षसँग कुरा पुर्‍याइदिने वचन दिएका थिए। आफै पनि माओवादी आन्दोलन भोगिरहेको भारत शान्ति वार्तामार्फत् माओवादी समस्या समाधान गर्न खोजिरहेको छ। नेपालमा लडाकु सेनामा समायोजन भए भारतका माओवादीले त्यो नजिरमा टेकेर बार्गेनिङ गर्ने तथा नेपालमा कोचिला, मिथिला अवध जस्ता राज्य गठन भए त्यसको प्रभाव भारतमा पनि पर्ने भयले त्रस्त छ। प्रचण्डले सत्तामा पुग्नका लागि भारतको सर्त स्वीकार गर्ने सम्भावना बढेको स्रोत बताउँछ। प्रचण्डले भारतलाई लक्षित गर्दै प्रभुले सत्तामा बस्न नदिएको भन्दै सिंहदरबार छोडेका थिए। त्यसयता माधव नेपाल सरकार ढाल्नलाई प्रचण्डले सदन र सडकको सहारा लिए। नेपालको समस्या समाधान गर्न भारतलाई लक्षित गर्दै सिधैं नोकरसँग होइन मालिकसँग वार्ता गर्ने उद्घोष गरेका थिए। समयक्रमले प्रचण्डलाई प्रभुको शरणमा पुर्‍याएको छ। प्रचण्डको दिल्ली यात्राको परिणाम के आउँछ त्यो हेर्न भने केही समय कुर्नैपर्छ। दृष्टि साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out