ऐश्वर्याको अनुहार जती राम्रो मन पनि त्यतिकै राम्रो: भंसाली

निर्देशक संजय लीला भंसालीले अभिनेत्री ऐश्वर्या राय बच्चनलार्इ लिएर बनाएको तेस्रो चलचित्र गुजारिश प्रदर्शनका लागि तयार भएको छ। उनका अनुसार उनलार्इ सबभन्दा मनपर्ने अभिनेत्री ऐश्वर्या बाहिरी रूपले मात्र नभर्इ भित्री मनले पनि राम्री छिन्। भंसालीका अनुसार उनीसंग राम्रो दिमाग पनि छ, जसले गर्दा ऐश्वर्या संग काम गर्न निकै सजिलो छ।
जब जब मैले यस्तो कुरा बुझ्ने कलाकार पाउछुँ, म आफुलार्इ भाग्यमानी ठान्छु। यस्ता कलाकारहरूले मैले खोजेको कुरा तुरून्त बुझ्ने गर्दछ र त्यस अनुसार उनीहरूले मेरो चलचित्रमा अभिनय गर्दछन्। भंसालीको चलचित्र हम दिल दे चुके सनममा नंदिनीको भूमिकाबाट ऐश्वर्याले चलचित्र समिक्षकहरूको मन जितेकी थिर्इन्। त्यसपछी उनले चलचित्र देवदासमा पार्वतीको भूमिका निभाएकी थिईन। अहिले चलचित्र गुजारिशमा उनले सोफिया नाम गरेकी नर्सको भुमिका निभाएकी छिन्।
चलचित्रका नायक ऋतिक रोशनले एक जादुगरको भुमिका निभाएको छ, उनले जादु देखाउदाँ गल्ती हुन गर्इ उनको शरिरको तल्लो भाग नचल्ने हुन्छ। त्यस पछी चलचित्रमा ऐश्वर्याले उनको नर्सका रूपमा उनको सेवा गर्न थाल्छिन्। यस चलचित्रमा ऐश्वर्याले शसक्त भुमिका निभाएकी छिन्। चलचित्र गुजारिश १९ नवम्बर देखी प्रदर्शन हुने भएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out