सेनाको हातमा माओवादी प्रतिवेदन

काठमाडौं । शान्ति र संविधानलाई तत्कालको कार्यनीति मात्र बनाएर माओवादीले आगामी जेठ १४ पछि सहरी 'गुरिल्ला वार' को तयारी गरिरहेको रिपोर्ट माओवादी गतिविधि नियालेर बसेको एक आन्तरिक गुप्तचर निकायले नेपाली सेनालाई बुझाएको छ। ९९५ नाम रहेको उक्त गुप्तचर निकायले नै यसअघि प्रचण्ड र स्व. गिरिजाप्रसाद कोइरालाबीच भएको सिंगापुर वार्ताको भेद खोल्नुका साथै शक्तिखोर भिडियो सार्वजनिक गराउनेदेखि लिएर कृष्णबहादुर महराले चिनियाँ गुप्तचर अधिकारी 'लि' सँग ५० करोड माग गरेको टेलिफोन रेकर्ड सार्वजनिक गराएको थियो। नेपाली सेनालाई पठाएको उक्त रिपोर्टमा राजसंस्थाको अन्त्यपछि सम्पूर्ण सत्ता वैधानिक रूपमा कब्जा गर्न नसकेको अवस्थामा काठमाडौं, भक्तपुर र ललितपुरका तीन सहरी क्षेत्रहरूमा जेठ १४ पछि आश्चर्यजनक हमला गर्ने तयारी माओवादीले गरेको उल्लेख छ। रिपोर्टमा भनिएको छ– माओवादीले ९ महिने आफ्नो कार्यकालमा नै प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाएर बिना रक्तपात सैन्यशक्ति कब्जापछि राज्यसत्ता कब्जा गर्ने तयारीमा थियो। तर त्यो योजना असफल भएपछि सेनाका पूर्व असन्तुष्ट जर्नेलहरू तथा प्रहरीका पूर्व अधिकृतहरूसमेत समाहित गराएर 'गुरिल्ला वार'को अभ्यास गरिरहेको रिपोर्टमा उल्लेख छ। माओवादीको आगामी 'सहरी गुरिल्ला वार'को रणनीतिसम्बन्धी योजना सहर केन्द्रित संगठित मजदुर र विद्यार्थीहरूलाई सादा पोशाकमा साना हतियार (पेस्तोल, ग्रिनेट) को बढी भन्दा बढी उपयोग गरेर सेना र प्रहरीको हेडक्वार्टर र पोस्टहरू कब्जा गर्ने नीति रहेको बताइएको छ।
पालुङटार विस्तारित बैठकले पनि जेठ १४ पछि जनविद्रोहलाई दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्ने निर्णय लिइसकेको छ। यद्यपि भारतलाई प्रमुख शत्रुका रूपमा लिने कि सहायक भन्ने सवालमा कुनै निर्णय नगरेर सहरी विद्रोहमा हुन सक्ने भारतीय सैन्य हस्तक्षेपलाई रोक्न माओवादीले यससम्बन्धी कुनै निर्णय नगरेको रिपोर्टमा उल्लेख गरिएको छ। कोर्ड ९९५ ले आफ्नो गोप्य रिपोर्टमा माओवादीले व्यापारी र तस्करहरूलाई आफ्नो संगठनमा समाहित गरेर तातोपानी नाकादेखि काठमाडौंसम्म वाईसीएलको स्कर्टिङमा ठूलो परिणाममा राजधानी वरपर तामसालिङ नामाकरण गरिएका ठाउँहरूमा हतियार भण्डारण गरेको उल्लेख गरेको छ।
आगामी जेठ १४ पछि सहरी 'गुरिल्ला वार' बाट रक्तपातपूर्ण क्रान्ति सम्पन्न गर्दा भारतीय सैन्य हस्तक्षेप हुन सक्ने भएकाले भारतीय सैन्यलाई भारतमै अल्झाउन त्यहाँका, कश्मिरी, बोडो, कामतापुरी, भारतीय माओवादीलाई भारतमा युद्ध चर्काउन उक्साउने र त्यसलाई 'कम्पोसा'को माध्यमबाट सहयोग पुर्यारउने सैन्य रणनीति अपनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि पाकिस्तान र भारतबीच सीमा युद्ध चर्काउन चीनलाई उपयोग गर्ने रणनैतिक कार्ययोजना बनाएको उल्लेख गरिएको छ। 'माओवादीले चीन र पाकिस्तानका गुप्तचर एजेन्सीहरूसँग सिंगापुरलाई उपयुक्त स्थल बनाएर अन्तर्राष्ट्रिय 'नेटवर्क' बनाएको छ। यसको जानकारी सिंगापुर सरकारले प्राप्त गरेपछि त्यहाँ काम गर्ने हजारौं नेपाली कामदारहरूलाई माओवादी घूसपैठ भएको आशंकामा छिट्टै हटाउने भएको रिपोर्टमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएअनुसार माओवादी संविधान बनाउने तथा आफ्ना जनसेनालाई सरकारी सुरक्षा निकायमा समायेजन गर्ने पक्षमा पनि छैन। माओवादीले आगामी फागुन पहिलो सातादेखि वैधानिक आन्दोलनका रापले सत्ता कब्जा गर्ने सैन्य छापामार योजना बनाएर सावधानीपूर्वक विश्लेषण गरिरहेको र देशका प्रमुख सहरी क्षेत्रमा तैनाथ सेना, सशस्त्र र नेपाल प्रहरीको र भौगोलिक परिस्थितिको सैन्य र इन्जिनियरिङ अध्ययन गरिरहेको रिपोर्टमा उल्लेख छ। जेठ १४ पछि सहरी 'गुरिल्ला वार' लाई 'सरप्राइज' आक्रमण नीतिमा राखेर काम गरिरहेको उल्लेख गरेको छ।
रिपोर्टमा भनिएको छ– नेपाल प्रहरीको र सशस्त्र प्रहरी नेतृत्व तहको गुटबन्दी, भ्रष्टाचार र कमजोरीको फाइदा उठाउँदै त्यसैलाई साधनाका रूपमा प्रयोग गर्ने उल्लेख छ। 'सहरी गुरिल्ला वार' को रणनीति अन्तिम उद्देश्य भनेर जित्न र 'दुश्मनलाई खत्तम पार्नु' भन्ने सर्कुलर गरिएको छ। जेठ १४ पछि सहरी क्षेत्र राजधानी पहिलो कब्जा गर्दा वाईसीएल र मजदुर वर्गलाई अग्रपंक्तिमा र सपोर्टिङमा जनमुक्ति सेनालाई राखेर सैन्य रणनीति तयार गरेको छ। माओवादीले अबको सहरी युद्ध गुरिल्ला वारका रूपमा गर्दा आफ्ना हतियार सम्भव भएसम्म प्रयोग नगरी सेना र प्रहरीको हतियार खोसेर रसदको स्रोत बनाउने सैन्य रणनीति तय गरेको प्रतिवेदनमा छ। भारतीय सैन्य हस्तक्षेप भए चीन चुप लागेर नबस्ने र अगाडि आउने हुँदा भारतीय पक्षले त्यो जोखिम उठाउने विश्लेषण माओवादीले गरेको उल्लेख गर्दै 'राष्ट्रिय स्वाधीनता' को नारा दिए राजासहित सम्पूर्ण राष्ट्रवादी शक्तिलाई लिएर अघि बढ्न सके नेपाली सेना र प्रहरी आफ्नो साथमा रहने विश्लेषण माओवादीको छ। भारतविरुद्ध राष्ट्रिय स्वाधीनताको धरातलमा उभिएर 'भारतविरोधी' राष्ट्रवादलाई उचालेर सत्ता कब्जा गर्ने गोप्य कार्यदिशसहितको दुई वर्षे फौजी योजना बनाएको छ। प्रतिवेदनमा भनिएको छ – भारत नै प्रमुख शत्रु रहेकाले दिल्लीलाई कमजोर पार्न भारतीय माओवादी र अन्य पृथकतावादीहरूलाई भारतीय सेनाको इलाका नजिक हमला बढाउन र आन्तरिक द्वन्द्व चर्काएर त्यतै अलमलाउने फौजी रणनीति लिएको छ।
प्रतिवेदनमा भनिएको छ– सरकारी गुप्तचर संयन्त्रका रूपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग रणनैतिक भर्नाको अखडा भएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी माओवादी सरकारका पालामा नेतृत्व चयन भएकाले विश्वासिलो आधार देखिँदैन। त्यसैले यी तीनवटै निकायको नेतृत्व परिवर्तन नगरे यसभित्र माओवादी घूसपैठ नेतृत्व तहसम्मै भएकाले रणनैतिक रूपमै सरकारले समयमा सोच्ने र तयारी गर्ने काम तत्काल गरेन भने नेपाली सेना एक्लैले केही गर्न नसक्ने परिस्थिति उत्पन्न हुनसक्ने भएकाले सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व परिवर्तन गरी चुस्त र मजबुत नेतृत्व तत्काल तयार गर्न पनि सुझाव दिएको छ। जेठ १४ को लगत्तै ठूलो हिंसात्मक सहरी युद्धको खतरा रहेको दाबी गर्दै माओवादीले खतरनाक काम गरिसकेका अपराधीहरूलाई छापामारको सहायक समूहमा राखेर नयाँ छापामार दस्ता खडा गरेको समेत प्रतिवेदनमा उल्लेख छ। अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'लस्कर ए तोयवा'सँगको माओवादी सम्बन्ध र भारतीय माओवादी तथा पृथकतावादीहरूलाई तालिम र भौतिक, नैतिक सहयोग नयाँ युद्धको थालनी गर्न लागेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ– माओवादीले युद्धका लागि सैन्य विशेषज्ञको एउटा संगठन नै तयार गरेको छ। जसमा पूर्व सैन्य जर्नेल कुलबहादुर खड्कादेखि नेपाल प्रहरीका पूर्व आईजीपी तथा डीआईजीहरू नै रहेको प्रतिवेदनमा उल्लेख छ। '९९५ मिसन माओवादी' इन्टेलिजेन्स कभर्ड टोलीले नेपाली सेनालाई केही दिनअघि यस्तो प्रतिवेदन दिएपछि नेपाली सेना 'हाइअलर्ट' मा बसेको एक उच्च सैनिक अधिकारीले बताए।
सुनिल शर्मा,दृष्टि साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out