नमरूञ्जेल अध्यक्ष बन्ने होइन : दाहाल

दाहालको भाषण जस्ताको तस्तै-
पार्टीमा पुराना जुझारु क्रान्तिकारी कार्यकर्ताको विशाल पंक्ति छ। पुरानो पिँढीका नेता कमरेड नरबहादुर कर्माचार्य पनि हुनुहुन्छ। हामीपछिको पूरै टीम तयार भएर आएको छ। नेतृत्वको कुरा गर्दा धेरैभन्दा धेरै युवा कार्यकर्ता तयार पार्ने काम गर्‍यौं। शान्ति प्रक्रियामा आएपछि हामी केही चुक्यौं भन्ने लागेको छ।

  जनयुद्धकाल र शान्ति प्रक्रियामा प्रवेश गरेपछि हामीले पुरानो पिँढी, हाम्रो पिँढी र युवा पिँढीका प्रतिभाशाली नेताबीच संयोजन गरेर एउटा टीम स्पिरिटमा जाने भनेर काम गरेका थियौं। वास्तवमा जनयुद्ध जसरी तीव्रतासाथ अघि बढ्यो त्यसअनुसार उत्तराधिकारी तयार पार्न वा प्रतिभाशाली युवा समेट्ने क्रममा हामी कहीँ न कहीँ चुक्यौं। हामीले केही कमजोरी गर्‍यौं। हाम्रो पार्टीभित्रका समस्याको जरो कारण त्यहि छ भन्ने मैले महसुस गरेको छु।
लेनिनले आफ्नो अन्तिम समयमा स्टालिन र ट्राटस्कीको बारेमा गरेका कुरा समेतबाट हामीले चुनवाङ बैठकमा नेतृत्वसम्बन्धी केही नयाँ अवधारणा प्रस्तुत गर्ने कोसिस गरेका थियौं। मैले त्यहाँ के भनेको थिएँ भने यो नेतृत्व लिने भनेको नमरुञ्जेल अध्यक्ष लिने भन्ने पनि वैज्ञानिक लाग्दैन। युवा पिँढीका नेता तयार पार्ने काम बूढा पिँढीका नेता जीवितै छँदै हुनुपर्छ। युवाले गल्ती नै गरे पनि बूढा पिँढीले तिनलाई गाइड गर्न सक्छन्।
त्यतिबेला खासगरी युवा पुस्ताका 'विप्लव' (नेत्रबिक्रम चन्द) हामीसँगै हुनुहुन्थ्यो।

जनयुद्धक्रममा उहाँलगायत नेताले पूर्णरुपमा भूमिका पनि निर्वाह गर्नुभएको थियो। तर शान्ति प्रक्रियामा आएपछि जसरी संयोजितरुपमा लिएर जानु पर्थ्यो त्यो गरिएन। म आफैंले हेर्दा कहीँ न कहीँ गम्भीर त्रुटि भयो भन्ने लाग्छ।

नेतृत्वको हैसियतले मैले छलफल, बहस, अन्तरक्रिया गराएर एकताबद्ध गराउन भूमिका खेल्नुपर्ने रहेछ, त्यसमा कमी भएको मलाई महसुस हुन्छ। त्यसले पनि हामी पुराना नेताबीच अन्तरक्रिया बहस, छलफलको यो प्रक्रिया जान नसक्दा कमी हुन गयो। जब हामी शान्ति प्रक्रियामा आएर नयाँ ढंगले राजनीतिक हस्तक्षेप गर्दै थियौ तब नयाँ नेता र पुराना नेतासहितको टीम आएको भए प्रभावकारी हुन्थ्यो।

निर्वाचनमा जाँदा बाबुरामजीले भन्या जस्तो पहिल्यै यसले भूमिगत ढंगले गर्ने अर्कोले खुला ढंगले काम गर्ने भनेको भए सम्भव थिएन। सम्भव के थियो र गर्नु के पर्थ्यो भन्ने मलाई लागेको हो भने युवा नेताको त्यो पिँढीलाई पनि सँगै चुनावमा लिएर जानु पर्थ्यो। हिजो कमरेडले गम्भीररुपमा उठाउनु भयो, हिजो निर्वाचनमा सबै नजाने निर्णय गरेर ठूलो गल्ती गरिएछ।

हाम्रो पूरै टीम संविधानसभामा जानु पर्थ्यो कि पूरै जानु हुन्नथ्यो। अध्यक्ष सरकारमा गइसकेपछि पूरै टीम जानुपर्थ्यो। मुख्य जनयुद्धमा पूरै टीम गएको थियो, त्यसरी नै हाम्रो टीम जानु पर्थ्यो। विचार गर्नु होला है कमरेडहरू। विप्लव लगायतका कमरेडको भूमिका छ। मैले के देखें भने उहाँलाई पनि मन्त्रिमण्डलमा लिएर जान सकेको भए त्यस्तो हुने थिएन।

विप्लव, अनन्त (वर्षमान पुन) लगायतका युवा नेताको यहाँ भूमिका छ। मैले यसो हेर्दा पनि के देखे भने उहाँहरूलाई पनि मन्त्रिमण्डलमा लिएर जानु पर्ने थियो (हाँसो) यसो गर्न सकेको भए पार्टीमा यस्तो हुने थिएन। क्रान्ति नगर्ने उद्देश्य त हाम्रो पार्टीमा कसैको दिमागमा छैन। क्रान्ति नै गर्ने हो। नेताको टीम एउटा बाहिर र एउटा भित्र भयो। यसैमा फरक पर्‍यो। अध्यक्ष भित्र गइसकेपछि अरू बाहिर बस्न मिल्दैनथ्यो।
(नागरिकले प्राप्त गरेको अडियोको सम्पादित अंश) प्रस्तुतिः उजिर मगर

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out