बलात्कारपछि महिलाको हत्या

जनकपुरधाम, ११ मंसिर  धनुषामा अज्ञात समूहले एक महिलाको बलात्कारपछि हत्या गरेका छन् । जिल्लाको पर्ूववर्ती क्षेत्र दिगम्बरपुर-४ निवासी अन्दाजी ३२ वषर्ीया कपुलदेवी महतोको बलात्कारपछि हत्या गरिएको हो ।
आफ्नो तरकारी बारीमा काम गर्न शुक्रबार दिउँसै घरबाट निस्केकी महतोको शव शनिबार बिहान गाउँलेहरूले बारी नजिकैको बाँसझाडीमा फेला पारेका थिए । महतोले लगाएको साडीलाई पासोको रूपमा घाँटीमा ओडाएर घाँटी थिचिएको तथा उनको शरीरमा चोलो र पेटिकोट मात्र रहेको थियो ।
महतोको योनांगबाट रगत निस्केर त्रि्रा तथा शरीरका अन्य भागमा लागेका कारण उनको सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने घटनास्थलमै पुगेकी महिला अधिकारकर्मी प्रमिलाकुमारी सिंहले जानकारी दिइन् ।
महतोको तरकारीबारी नजिकै रहेको उखुबारीमा लछार-पछार भएको र त्यहाँबाट शव फालिएको स्थानसम्म रगतका थोपाहरू झरेकाले उनको बलात्कारपछि निर्ममतापर्ूवक हत्या गरिएको हुन सक्ने सिंहले बताइन् । कपुलदेवीका श्रीमान् बलदेव महतो कामका सिलसिलामा महोत्तरी जिल्ला गएका छन् । चार छोरीकी आमा महतोको मृत्युपछि उनका दुधे दर्ुइ छोरी बिचल्लीमा परेका छन् ।
महतोको हत्याबाट स्थानीय महिला त्रसित भएका छन् । महिला अधिकारकर्मीहरूले महिला हिंसाविरुद्धको १६ दिवसीय अभियान सञ्चालन भइरहेका बेला यस प्रकारका हत्याबाट महिला अधिकारकर्मीहरूका लागि थप चुनौती सिर्जना गरेको सञ्चारकर्मी ध्रुवकुमार झाको भनाइ छ । घटनापछि प्रहरीले अनुसन्धानका क्रममा स्थानीय तीन युवकलाई नियन्त्रणमा लिएको छ ।
यसअघि पनि सोही गाविसमा एक महिलाको सामूहिक बलात्कार गरिएको थियो । बलात्कारपछि महिलालाई हत्या गर्ने प्रयाससमेत भएको तर घटनास्थलमा गाउँलेहरू जम्मा भएपछि उनी बालबाल बाँचेकी थिइन् ।
पीडित महिलाले पीडकहरूको नाममा किटानी जाहेरी दिँदा पनि हालसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा महिला बलात्कारका घटनामा वृद्धि भएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out