गिब्सले गरे यौनकार्यको खुलासा

'दुई ओछ्यान, दुई क्रिकेटर तथा तीन महिला, तीमध्ये एकजनालाई यौन चाहना थियो र उनी ओछ्यानमै पल्टिइन् । त्यसले कसैलाई फरक पारेन किनभने हाम्रा लागि पर्याप्त महिला अझै थिए ।’
जोहानेसबर्ग/ दक्षिण अफ्रिकी ब्याट्सम्यान हर्सल गिब्सले आपनो आत्मकथा नो-होल्ड-ब्यारेडमा दक्षिण अपि|mकी क्रिकेट टोलीमा व्याप्त अँध्यारा पक्षहरूको खुलासा गर्दै सो टोलीका खेलाडी यौन क्रियाकलाप, गाँजाको लत तथा वरिष्ठ खेलाडीहरूको हेपाहा प्रवृत्तिलाई सार्वजनिक गरेका छन् ।

सो पुस्तकमा गिब्सले आफू तथा अन्य खेलाडीले गरेका यौन क्रियाकलापले टोलीका प्रदर्शनमा परेका नकारात्मक प्रभावलाई पनि उजागर गरेका छन् । साथै उनले आपनो आक्रामक ब्याटिङका कारण आपना गल्ती सार्वजनिक नभएको पनि स्वीकार गरेका छन् । सो पुस्तकमा उनले अस्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाका युवतीसँग टोलीका खेलाडीले सामूहिक यौनसम्पर्क राखेको पनि खुलासा गरेका छन् । साथै उनले अस्ट्रेलियाको एक होटलमा तीन युवतीसँग यौनसम्पर्क राखेको क्षणको विस्तृत विवरण दिएका छन् ।
'दुई ओछ्यान, दुई क्रिकेटर तथा तीन महिला । ती तीन युवतीमध्ये एकजनालाई यौन चाहना थियो, त्यसैले उनी ओछ्यानमै पल्टिइन् । त्यसले कसैलाई फरक पारेन किनभने हाम्रा लागि पर्याप्त महिला अझै थिए । अन्य दुई युवती भने यौन कार्यका लागि आतुर थिए,' जोहानसबर्गबाट प्रकाशित हुने सन्डे टाइम्सले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।
'मेरो साथीले मेरो जोडीको छातीलाई चलाउँदा उनी अली लजाएकी हुन् कि भन्ने भान मलाई पर्‍यो । त्यसपछि उनी अर्को ओछ्यानमा गएर पल्टिइन् ।'
दुबईमा दक्षिण अपिकाले पाकिस्तानसँग एकदिवसीय क्रिकेटमा पराजय भोगेको दिनमै गिब्सको पुस्तक सार्वजनिक भएको हो । सोमबार प्रकाशित हुने पुस्तकमा दक्षिण अपि|mकी क्रिकेटरहरूको यौन चाहना, उनीहरूको रात्रिजीवन तथा नशामा गाडी चलाउने बानीले दिएका सास्ती तथा वरिष्ठ खेलाडीहरूले वेस्ट इन्डिजमा गाँजा सेवन गरेका जस्ता कुरा पनि उल्लेख छन् ।
'यो कथामा केही खेलाडीलाई स्थान दिन मिल्दैन, तर मेरो विचारमा आफूले भोगेका कुरालाई सार्वजनिक गर्नैपर्छ,' गिब्सले पुस्तकमा लेखेका छन् । गिब्सले उच्च विद्यालयका विद्यार्थीले नृत्य सिक्ने विद्यालयका छात्रासँगको पहिलो भेटको संस्मरण गरेका छन् । 'मेरो आँखा एउटी अति सुन्दरी युवतीमा पर्‍यो, उनको पहिरन पनि जिउ सिरिंग पार्नेखालको थियो, उनी हाम्रो होटलको लबीमा घुमिरहेकी थिइन् ।'
केही पेग र केही बेरको कुराकानीपछि उनी मेरो कोठामा आइन् तथा मलाई आप\mनो नृत्य देखाइन् । केही सुस्ताएपछि उनी फेरि नाच्न थालिन्,' दक्षिण अपि|mकाका लागि तीनपटक विश्वकप खेलेका तथा आगामी अपि्रलसम्म टोलीको करारमा रहेका गिब्सले लेखेका छन् ।
गिब्सले पुस्तकमा १९९७/९८ मा अस्ट्रेलियाको भ्रमणताका यौनकर्मीको सम्पर्कमा आएको पनि उल्लेख गरेका छन् ।
त्यसवेला गिब्स र उनको टोलीका केही साथीले एउटी सुन्दरीलाई भेटेर साँझमा भेट्न आग्रह गरे । उनीहरूसँगै रक्सी खाएपछि ती युवती आफू यौनकर्मी भएको खुलासा गरिन् । 'त्यसपछि त वातावरण नै अर्कै भयो । ती युवती र हामीले आफूले लगाएका धेरै कपडा खोल्न थाल्यौँ, सबैको आँखा ठूला हुन थाले तथा त्यसपछि को पहिला भन्ने होड चल्यो,' गिब्सले लेखेका छन्, 'साह्रै महँगो थियो, त्यो सम्पर्क, भोलिपल्ट खराब प्रदर्शनका लागि हामीले जरिवानासमेत तिर्नुपर्‍यो ।'
केही समयदेखि टोलीबाहिर रहेका गिब्सको पुस्तकले अन्तर्राष्ट्रिय क्रिकेटमा हलचल त ल्याउने नै छ साथै वरिष्ठ खेलाडीहरूले कनिष्ठ खेलाडीमाथि गर्ने हेपाहा व्यवहारले दक्षिण अपिकी क्रिकेटको कालो पक्ष पनि उजागर गर्नेछ । साथै उनले पूर्वप्रशिक्षक मिक्की अर्थरका खराब बानीलाई पनि आपनो पुस्तकमा उतारेका छन् । 'हाम्रो टोली सधैँ केही सीमित खेलाडीले चलाउँथे । कप्तान ग्राहम स्मिथ, ज्याक्स कलिस, मार्क बाउचर अनि हालमा एबी डे भिलियर्स तथा टोलीमा स्पष्ट दुई घेरा देखिन्छन् । दक्षिण अपि|mकी टोलीमा वास्तविक समूहगत खेल भावना जगाउन असम्भव छ,' उनको आरोप छ, 'साधारण कुरा, ग्राहमको सहयोगविना मिक्कीले केही गर्न सक्दैनथे किनभने उनले खेलाडीलाई प्रभावित पार्न सकेका थिएनन् । यसले ग्राहमलाई अति शक्तिशाली बनायो ।'
हाडै हिटिंग ओपनरले हेन्सी क्रोनियले खेल मिलेमतोको आरोपमा आजीवन प्रतिबन्ध व्यहोरेपछि टोलीमा खेल भावना समाप्त भएको पनि उल्लेख गरेका छन् ।
'समय सधैँ एउटै हुँदैन, मलाई साउन पोलोकप्रति सहानूभूति छ, उनले कठिन समयमा टोलीको नेतृत्व सम्हाले । हेन्सीले टोलीलाई एक बनाएका थिए । तर, पोलीको नेतृत्वमा टोली एक हुन सकेन । उनी केटाहरूसँग त्यति मिल्न पनि सक्दैनथे ।'
'हामीले सधैँ सत्यलाई स्वीकार गर्न सक्नुपर्छ । यस्ता कारणले गर्दा बितेको दशकमा दक्षिण अपि|mकी टोलीले अन्तर्राष्ट्रिय सफलता हात पार्न नसकेको हो,' यद्यपि, गिब्सले हेन्सीको खेल मिलेमतोको बारेमा पनि कलम चलाएका छन्, 'मैले हेन्सीजस्तो जितका लागि प्रतिबद्ध अर्को कोही देखेको थिइनँ, तर उनले आपनो आदर्शलाई किलामा झुन्ड्याए ।' साथै सो पुस्तकमा गिब्सले आपनो असफल वैवाहिक जीवन र मादक पदार्थको अत्यधिक सेवनबारे पनि जानकारी दिएका छन् ।
अत्यधिक मादक पदार्थ सेवन गर्ने लतका कारण गिब्सको टेनिली पोभीसँग वैवाहिक जीवन २००८ मा टुंगिएको थियो । 'मैले अल्कोहलको लतबाट छुट्कारा पाइसकेको छु तथा मेरो सम्बन्धविच्छेदले पनि ठूलै चर्चा पायो । त्यही नै मेरो जीवनको अन्त्य होइन ।'
'गाडी चलाउँदासमेत हाम्रो हात हालाहाल हुन्थ्यो, म उनको कपाल तानेर उनलाई धकेल्थेँ । मैदानमा झैँ म वैवाहिक जीवनमा सफल हुन सकिनँ ।'
सोही पुस्तकमा उनले पोर्ट एलिजाबेथमा उनीसँगै उनका केही साथीले एक वेस्ट्रेससँग कसरी समय बिताए भन्ने कुरा पनि उल्लेख छ । साथै त्यहाँ अन्य दुई युवतीसँग रात बिताएका कथा पनि छन् ।
गिब्सको यो खुलासाले अब क्रिकेट पनि भलाद्मीको खेल रहेन भन्ने प्रस्ट भने पारेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out