छ लेन सडकको साइबर यात्रा

माथिको फोटो बन्दै गरेको नेपाल कै सबैभन्दा फराकिलो सडकका रुपमा रहेको तीनकुने-सूर्यविनायक सडकखण्डको हो। यो सडकखण्ड अन्तर्गत तीनकुनेदेखि कोटेश्वरसम्मको अंश पूरा भइसक्यो।

यो बाटो जपान सरकारको सहयोगमा बनिरहेको हो। जपान सरकारले एक अर्ब ७७ करोड रुपैयाँ यो बाटो बनाउन दिएको छ। यो बाटो बनाउनमा नेपाल सरकारको पनि थप २१ करोड रुपैयाँ लाग्नेछ। नेपाल सरकारको पैसा चाहिँ यो सडकखण्डको दायाँबायाँ सडक पेटी बनाउने, ट्रयाक रोड र बटुवा हिँड्ने बाटो बनाउने, सडकको दायाबायाँ रहेका खम्बाहरु हटाउने, त्यहाँ रहेका मन्दिर अनि अन्य भौतिक संरचना भत्काएर अर्कै ठाउँमा सारी फेरि बनाउने, खानेपानीको पाइप सार्ने लगायतको कामका लागि खर्च हुने रहेछ।
संरचना र सुविधा तीनकुने–सूर्यविनायक सडकको संरचना छ लेनको भए पनि सवारी गुड्ने भागचाहिं चार लेनमात्र छ। दुईतिरका दुई–दुई लेनसँगै एउटा तीन मिटर लामो शोल्डर हुनेछ जहाँ बिग्रेका गाडीहरु छेउ लगाउन मात्र पाइन्छ। मध्यभागमा मेडियन हुनेछ जहाँ लमतन्ने बगैंचा रहनेछ। क्यारिजवे निर्माण दोहोरो कालोपत्र हालेर बनाइने र शोल्डरमा चाँहि एक तहको मात्र कालोपत्र हुनेछ। तीनकुनेदेखि सूर्यविनायकसम्म सडकलाई सात वटा इन्टरसेक्सनले विभाजित गर्नेछ। त्यहाँबाट शाखा बाटाहरु प्रबेश गर्न पाइनेछ। त्यसैगरी नयाँ सडकको दुवैतिर अनुकूल हुने किसिमले स्थानीय प्रयोजन तथा न्यूनतम गतिमा यात्रा गर्नका लागि सर्भिस रोड बनाइनेछ। त्यसको जिम्मा नेपाल सरकारको हो। यसैगरी जडिवुटी, गठ्ठाघर, थिमी, सल्लाघारी र सूर्यविनायक इन्टरसेक्सनलाई सुधार गरेर त्यहाँ हुने सवारी चापलाई सहज पारिने छ।
अहिले तयार भएको तीनकुनेदेखि कोटेश्वरसम्मको सडकको साइबर यात्रा गर्न तलको भिडियो हेर्नुस्-
 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out