विदेशपछि स्वदेशमा धपेडी

अभिनेत्री हुँदै फिल्म निर्माणमा लागेकी ऋचा घिमिरेको धपेडी बढेको छ । अस्टे्रलिया र स्कटल्यान्डमा आफूहरू -पति निर्देशक शंकर घिमिरे) ले निर्माण गरेको फिल्म वीरताको चिनो प्रदर्शन गरेर केही दिनअघि मुलुक फर्किएकी उनी अहिले धपेडीमा हुनुको कारण वीरताको चिनो नै हो । झन्डै डेढ महिना विदेशमा विभिन्न स्थानमा वीरताको चिनो प्रदर्शन गरेर फर्किर्एकी उनको फिल्म राजधानी र मोफसलका हलमा एकसाथ रिलिज हुने तरखरमा छ । फिल्म रिलिजको डेट नजिकिँदै जाँदा उनको व्यस्तता बढेको हो ।
'विदेशमा त वीरताको चिनो निकै मनपराए,' ऋचा भन्छिन्, 'मंसिरमा देशभर एकसाथ रिलिज गर्ने तयारीमा छौँ । त्यसकै पब्लिसिटीमा लागेकी छु ।'
मायाप्रेमका साथै राष्ट्रिय भावनायुक्त कथामा निर्माण गरिएको वीरताको चिनोले विदेशमा रहेका नेपालीको मन जितेझैँ स्वदेशी दर्शकको पनि मन जित्ने विश्वासमा छिन् ऋचा । 'हामीले सक्दो मिहिनेत गरेर फिल्म बनाएका छौँ । हाम्रो फिल्मले मायाप्रेम मात्र नभई देशभक्ति पनि बोकेको छ । त्यसकारण सम्पूर्ण नेपाली दर्शकले मन पराउँछन् भन्ने आश छ,' उनको भनाइ छ, 'देश निर्माणमा युवाको भूमिका कस्तो हुन्छ भन्ने देखाएका छौँ । जहाँसम्म लाग्छ, दर्शकले वीरताको चिनोमा आफ्नो कथा पाउनेछन् ।'
पति शंकरसँग विदेश घुम्दा निकै रमाइलो लागेको बताउँछिन् ऋचा । गत वर्ष मंसिरमा शंकरसँग बिहे गरेकी उनले भनिन्, 'यसपटकको विदेश यात्रा हाम्रा लागि हनीमुन भयो । कामको व्यस्तताले बिहेपछि हनिमुन मनाउन कुनै नौलो ठाउँ जान सकेका थिएनौँ । एकातिर फिल्म प्रदर्शन अर्काेतिर हनिमुन, निकै मजा भयो ।' विदेशमा नेपाली फिल्मको मार्केटिङ गरेको उनको दाबी छ । आफूहरू गएको मुलुकमा नेपाली फिल्मको बजार विस्तार गरेर आएको बताउँछिन् उनी । 'हामी गएका देशमा नेपाली फिल्म हेर्ने दर्शक बढेका छन् । अब कुनै नेपाली फिल्म पनि ती देशमा प्रदर्शन गर्न त्यति गाह्रो हुँदैन,' वीरताको चिनो झन्डै एक हजार दर्शकले हेरेको बताउँदै उनले भनिन्, 'अब हामीले नेपालको मात्र होइन विदेशी बजारलाई समेत लक्षित गरी फिल्म बनाउँछौँ । गुुणस्तरीयतामा ध्यान दिएमा नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजार पाउने कुरा पक्का छ ।'
वीरताको चिनो प्रदर्शनसँगै आफ्नो अर्काे फिल्म तुलसीको सुटिङ पनि सिध्याउने योजनामा छिन् उनी । भन्छिन्, 'वीरताको चिनो प्रदर्शन गर्न विदेश जानुपरेकाले तुलसीको केही दिनको सुटिङ बाँकी छ । अब पूरा गर्छाैँ ।' तुलसीमा उनी शीर्ष भूमिकामा छिन् । जातीय छुवाछुत तथा उत्पीडित नारीको कथा उठाइएको सो फिल्मको पोखरा, धम्पुस तथा राजधानीका विभिन्न स्थानमा सुटिङ गरिएको छ । तुलसीमा निकै मार्मिक कथा प्रस्तुत गरिएको दाबी उनको छ । 'कथाले मागेअनुसार कुनै कुरामा पनि कम्प्रोमाइज गरेका छैनौँ । त्यसकारण हामी निकै आशावादी छौँ ।'
पछिल्लो समयमा अधिकांश फिल्म फ्लप जानुलाई 'क्वालिटीभन्दा क्वान्टिटी' हावी भएको तर्क छ उनको । 'गुणस्तरीयामा ध्यान दिएर बनाएमा असफल भइँदैन,' उनी भन्छिन्, 'कमसल फिल्म धेरै बन्नाले नेपाली फिल्मका नियमित दर्शक पनि वाक्क भएका हुन् । क्वालिटीको फिल्म त हिट भएकै छन् नि ।'
ऋचा पछिल्ला दिनमा निकै मोटाएकी छिन् । अचेल उनलाई मोटोपनले पनि तनाव दिएको छ । 'फिल्म रिलिज गर्न विदेश गएँ । अरू काम केही गरिएन, जसकारण मेरो तौल बढ्यो,' अचेल आफू तौल घटाउनका लागि कडा अभ्यासमा रहेको बताउँदै उनले भनिन्, 'अचेल मैले तौल घटाउने विभिन्न कसरत गरिरहेकी छु । तर, अस्तिभन्दा केही त घटिसकेको छ । अब केही दिनमा म पुरानै तौलमा आउँछु ।'
आफू मोटाउनुमा 'सन्तुष्टि' पनि प्रमुख कारण भएको बताउँछिन् उनी । 'म कुनै कुरामा पनि टेन्सन लिन्न,' उनले बताइन्, 'म आज जे छु, त्यसमै सन्तुष्ट छु । त्यसकारण पनि मेटाएकी हुँला ।' बिहेपछि आफ्नो 'लक' लागेको ठान्छिन् उनी । 'बिहेअघि म आफूलाई अपूरो महसुस गर्थँे । बिहेपछि भने म पूर्ण भएकी छु,' उनले भन्दै गइन्, 'माया गर्ने पति पाएकी छु । दर्शकको माया उत्तिकै छ । गरेका सबै काममा सफलता मिलिरहेको छ । मान्छेले एकबारको जिन्दगीमा योभन्दा अरू के चाहिन्छ र ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out