विस्तारित बैठकमा जान बन्दोबस्तीका सामान जुटाउँदै लडाकुहरु

शक्तिखोर (चितवन), मंसिर २ - गोरखामा शनिबारदेखि सुरु हुने विस्तारित बैठकमा जान माओवादी लडाकुहरु तयारीमा जुटिरहेका छन् । 'सरसमानको जोहो गरिरहेका छौं,' एक लडाकु कमाण्डरले भने ।
गोरखाको पालुङटारमा हुने बिस्तारित बैठकका लागि शक्तिखोरस्थित तेस्रो डिभिजनका माओवादी लडाकु कमाण्डरहरु त्यस तर्फ जाने तयारीमा रहेको डिभिजन स्रोतले जनाएको छ । जाने तयारीका लागि डिभिजनका मुख्य कमाण्डरहरुले बिग्रेडस्तरका कमाण्डरलाई सामान्य प्रशिक्षित गराएका छन् । एक मुख्य र ३ सहायक शिविरबाट बिस्तारित बैठकमा २ सय लडाकुले भाग लिने डिभिजनले जनाएको छ ।
'राजनीतिक रुपमा प्रशिक्षित भएकोले हामीलाई बिस्तारित बैठकमा रोक्ने कुनै कारण छैन,' एक कमाण्डरले इकान्तिपुरसित भने । एक सातासम्मको बिदा माग गरेर अनुगमनमा रहेको राष्ट्रसंघीय मिसन (अनमिन)का कर्मचारीलाई औपचारिक बिदाको पत्र पठाउने तयारी डिभिजनले गरेको छ । माओवादीले प्रत्येक शिविरलाई राज्य समिति अन्तर्गत राखेर राजनीतिक तहका कार्यकर्ताका रुपमा घोषणा गरेको छ । पार्टीबाट नामाकरण गरिएको तेस्रो डिभिजन राज्य समिति शक्तिखोरबाट बिस्तारित बैठकमा भाग लिने लडाकु कमाण्डरको संख्या अन्य शिविरको तुलनामा बढी भएको स्रोतले जनायो ।

'अहिलेसम्म हामीलाई नजाने भनेर पार्टीले रद्ध गरेको छैन, त्यसैले जाने तयारीमा छौं,' डिभिजन मुख्यालयका सह कमाण्डर उदयबहादुर चलाउनेले  भने, 'राज्य समिति अन्तर्गतका सबै साथीहरुले बिस्तारित बैठकमा भाग लिनेछन् ।' अन्य पार्टीको विरोध वा सरकारको प्रतिक्रियाप्रति हामीलाई मतलब नभएकोले पार्टीको निर्देशन बमोजिम भाग लिने उनले बताए ।
एक पटकमा १२ प्रतिशतले बिदामा बस्न पाउने अनमिनसँग भएको सम्झौता बमोजिम बिदा माग गरिएको डिभिजनले जनाएको छ । पार्टीले शिविरका मुख्यालय कमाण्डरदेखि ब्रिगेडस्तरका कमाण्डरसम्मलाई राज्य समितिमा राखेकोले राजनीतिक प्रशिक्षित कार्यक्रममा रोकतोक नभएको दाबी कमाण्डरले गरेका छन् ।
'हाम्रो शिविरबाट २ सय भन्दा बढी कमाण्डर साथीले बैठकमा भाग लिनेछन्,' शिविरका प्रवक्ता जनक बिष्टले भने, 'जाने सम्पुर्ण तयारी सकिएको छ, पार्टीको औपचारिक आदेशको प्रतिक्षामा छौं ।' जिम्मेवार सम्हालेका कमाण्डरको अनुपस्थितमा कामको बाँडफाँट मिलाएर अन्य लडाकुलाई कार्यबाहक तोक्ने काम भइरहेको उनले बताए ।  सेना समायोजन पछि मात्र राजनीतिक पद (राज्य समिति सदस्य) खारेज हुने हुँदा बैठकमा जान रोक्ने अधिकार पार्टीको उच्च तह बाहेक कसैलाई नभएको उनले जानकारी दिए । हामी अझै पनि अर्ध सरकारी सैन्य बल हौं,' उनले भने, 'सरकारको सुबिधा पाएपनि पार्टीको जिम्मेवारबाट मुक्त समायोजन नभई भएको मान्न सकिँदैन ।' सेना समायोजन, ब्यवस्थापन र पुर्नस्थापनाबारे बैठकमा छलफल हुने भएकोले सहभागीता महत्वपुर्ण भएको उनले बताए ।
डिभिजनका अनुसार शनिबार बैठकका लागि कमाण्डरहरु पालुङटार हिंड्नेछन् । त्यसका लागि आवस्यक बन्दोबस्तीका सामान तयार गरिएको कमाण्डरहरुले बताए । 'जाने तयारीमा भएकोले आवश्यक सामान जुटाएका छौं,' प्रताप स्मृति बिग्रेडका सहकमाण्डर रमेशले इकान्तिपुरसँग भने, 'पार्टीले नजाने भन्यो भने मात्र नजाने हो, अहिलेसम्म सबै साथीहरु जाने तयारीमा छौं ।' आफ्नो अनुपस्थितमा अन्य लडाकुलाई ब्रिग्रेडको जिम्मेवारी तोकिने उनले बताए ।
एक बर्ष अघि अनमिनको प्रमाणिकरणमा शक्तिखोर स्थित मुख्य र तिन सहायक शिविरमा ३ हजार ९ सय २५ जना लडाकु रहेका छन् । प्रबक्ता बिष्टका अनुसार, बैठकमा २ भन्दा बढी लडाकु कमाण्डर जाने निश्चित भइसकेको छ ।
बैठक नजिकिंदै गर्दा शिविरमा आएर हालसम्म पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षको लबिङ नभएको उनले बताए । 'समायोजनबारेमा सबै नेता जिम्मेवारी बन्नुपर्छ, हामी यो वा त्यो पक्षमा लाग्दैनौं,' उनको भनाइ छ ।  तर, एक कमाण्डरका अनुसार यहाँका अधिकांश कमाण्डरहरु दाहाल पक्ष लाग्ने संकेत देखिएको छ

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out