नयाँ विवाद जन्माउने माओवादी मेलो

काठमाडौं। २०६४ सालको संविधानसभा चुनावमा गोरखाबाट बाबुराम भट्टराईले ऐतिहासिक बिजय हासिल गरेका थिए। देशभरीकै सबैभन्दा बढी मत ल्याएर आफ्ना प्रतिद्वन्द्वीलाई पनि सबैभन्दा बढी मतको अन्तरमा हराउन सफल भएका बाबुराम यसपटक विस्तारित बैठक सकिएपछि काठमाडौं फर्किएनन्। बरु लिगलिगकोटको भ्रमणमा गए, जहाँ गोरखाका घलेहरु दौडेर राजा बन्ने गर्थे।
विस्तारित बैठकले कुनै पनि नेताको प्रस्ताव पारित गरेन, बरु शान्ति र संविधानको पक्षमा संक्रमणकालीन कार्यनीति पारित गर्‍यो, जसले बाबुराम पक्षलाई राहत दिएको छ। गोर्खाको एमाओवादी विस्तारित भेलाले राष्ट्रिय(अन्तर्राष्ट्रिय रुपमा बिग्रिएको एमाओवादीको छविलाई सुधार्ने भन्दा पनि नागरिक पार्टीमा रुपान्तरण हुने कुरालाई अझ बढी शंकाको घेरामा पारेको छ। मंसिर ३ गते रातिको 'कालो शुक्रबार' (ब्ल्याक फ्राइडे) घटना र पालुङटारको भेलामा एमाओवादी नेताहरुका अभिव्यक्तिले ऊ नागरिक पार्टीमा रुपान्तरण हुन्छ भन्ने कुरामा अन्तर्राष्ट्रिय जगतमा बढी आशंका उत्पन्न गराएको छ। यी दुई घटनाले गर्दा एमाओवादीको नेतृत्वमा सरकार बन्ने संभावना समेत क्षीण बन्न गएको छ।
डाक्टरको दबाइ, बैद्यको मूलो जनविद्रोह कि शान्ति र संविधान भन्ने मुख्य बहसमा केन्द्रित थियो, विस्तारित बैठक। तर माओवादीले घुमाएर बाबुरामकै लाइनको संक्रमणकालीन कार्यनीति पारित गर्‍यो। यो एमाओवादीको रहर नभएर बाध्यता हो भन्ने पनि बुझ्न जरुरी छ।
जे भए पनि अब कम्तीमा ६ महिना माओवादीले डाक्टरको दबाइ खानेछ। त्यसपछि अर्का उपाध्यक्ष वैद्यको मूलो खाने चर्चा माओवादी पंक्तिमा चलिसकेको छ। नरहे बाँस नबजे बाँसुरी भने जस्तै, संविधान नै बनेन र शान्ति प्रक्रिया नै टुंगोमा पुगेन भने त्यो बेला वैद्यको मूलो खानै पर्दैन, मान्छेहरु आफैंले आफ्नो बाटो लिनेछन्। तत्कालका लागि माओवादीले जुन लाइन लिनुपर्ने थियो त्यही लाइन लिएको छ, यसैलाई बाबुराम पक्षधरहरुले आफ्नो बिजयका रुपमा पनि लिएका छन्। अब के हुन्छ? एमाओवादीको २०६७ मंसिर ५ गतेबाट गोर्खाको पालुङटारमा शुरु भएको विस्तारित बैठक मंसिर ११ गते सकियो। एमाओवादीको पालुङटारको विस्तारित बैठक राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनेको थियो। विस्तारित बैठक अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईले अलग अलग राजनीतिक प्रतिवेदन पेश गरेको कारण राष्ट्रिय रुपमा चर्चाको विषय बनेको हो। माओवादीको विस्तारित बैठकले शान्ति र नयाँ संविधान निर्माणका बारेमा गर्ने निर्णयलाई लिएर अन्तर्राष्ट्रिय समुदायको लागि विशेष चासोको विषय बनेको थियो। माओवादी शान्तिप्रति प्रतिबद्ध छैन भन्ने विभिन्न जोड र कोणबाट नकारात्मक प्रचार जोडतोडका साथ भएकाले माओवादीको विस्तारित बैठकले पारित गर्ने नीतिले माओवादी शान्ति प्रक्रियाप्रति प्रतिवद्ध छ छैन भन्ने निर्धारण गर्ने हुँदा अन्तर्राष्ट्रिय समुदायले चासो राख्नु अस्वभाविक थिएन। संयुक्त राष्ट्रसंघको एउटा टोली जुनसुकै नाम र बहानामा पालुङटारमा पुगेको भए पनि त्यसको मूल उद्देश्य शान्तिप्रति माओवादी नेताको धारणा बुझ्नु नै रहेको थियो। शान्तिको सवालमा अन्तर्राष्ट्रिय समुदायको चासो र आशंकालाई विश्वस्त पार्न शान्ति प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता रहेको स्पष्ट पार्दै एमाओवादीले विस्तारित बैठकको अन्त्यमा विज्ञप्ति नै जारी गरेको छ। त्यसका अलावा शान्ति प्रक्रियामा अवरोध पुर्‍याएमा जनविद्रोह गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ। यो विज्ञप्तिले शान्तिको सवालमा अन्तर्राष्ट्रिय समुदायले राखेको चासोलाई बीट मार्ने काम गरेको छ। फेरि यहाँ जनविद्रोह सशस्त्र नभई शान्तिपूर्ण हुने माओवादी नेताहरुले पटक पटक बताइसकेको भनाइ जोड्नु पनि सामयिक नै हुन्छ। जनविद्रोह सशस्त्र कि शान्तिपूर्ण भन्ने जिज्ञासाको उत्तर त्यसले दिनेछ। यता विस्तारित बैठकमा माओवादीका तीनै जना नेताको तीनवटै राजनीतिक प्रतिवेदन पेश भएपछि त्यसरी पेश भएका प्रतिवेदनलाई लिएर सहभागीहरु मात्र नभई एमाओवादीका कार्यकर्ता र शुभेच्छुकहरुसमेत विभाजित बन्न पुगे। यहाँसम्म कि नागरिक समाजका अगुवा भन्न रुचाउनेदेखि लिएर सचेत नागरिक र सञ्चारकर्मीलाई त्यसरी पेश भएका प्रतिवेदनले अछुतो राखेन। विस्तारित बैठकमा सहभागी प्रतिनिधिले आफूले लिएको प्रतिवेदनको पक्षमा बहुमत जुटाउन हुनसम्मको प्रयास गरेका थिए। उनीहरुले त्यस्तो कसरत विस्तारित बैठकभन्दा धेरै अगाडिदेखि नै गरेका थिए। भिन्न(भिन्न राजनीतिक प्रतिवेदनको पक्ष विपक्षमा उभिएका एमाओवादी कार्यकर्ताहरुले आ(आफ्नो पक्षमा नउभिनेलाई शत्रुतापूर्ण व्यवहार गर्न बाँकी राखेनन्। कुनै समय वर्गशत्रुको विरुद्ध हातमा हात र काँधमा काँध मिलाइ युद्धमा होमिएका कमरेडहरुले विस्तारित वैठकमा एक अर्कालाई वर्गशत्रु भन्दा पनि अझ ठूलो शत्रु जस्तो देख्न पुगेर त्यस्तै व्यवहार गर्न बाँकी राखेनन्। बरु उनीहरुको लागि वर्गशत्रु नै कता कता मित्र बनेको जस्तो देखिन पुग्यो। त्यस्तो अवस्थामा पुगेकाहरुका बीचमा प्रतिवेदनलाई लिएर साँच्चि नै मतदान भएको भए के कस्तो रवैया अवम्बन गर्थे भन्नेबारेमा अहिले केही भन्न सकिन्न। प्रतिवेदनउपर मतदान नगरिनाले कार्यकर्ताबीच भौतिक विभाजन तत्काल रोकिन पुगेको छ। तर कार्यकर्ताबीचको मनोवैज्ञानिक विभाजन र आपसी शंका उपशंकाको अन्त्य भएको छैन। विस्तारित वैठकले पार्टी एकताको सन्देश दिएको भनी नेताहरुले बताए पनि कार्यकर्ताबीचमा आपसी मनोवैज्ञानिक विभाजन शंका उपशंका रहेसम्म पार्टीमा भावनात्मक एकता हुँदैन। भावनात्मक एकता नभएको पार्टीमा विभाजनको तुष बाँकी रहिरहन्छ। त्यस्तो तुष जुनसुकै बेला पनि कुनै न कुनै रुपमा इस्यूमा कुनै न कुनै रुपमा बल्भि्करहन्छ। पार्टीलाई एक बनाएर अगाडि लैजान अब माओवादी नेतृत्वले कार्यकर्ताबीच रहेको विभाजनको तुष मेट्न र भावनात्मक एकता कायम गराउनका लागि अभियान नै सञ्चालन गर्नु आवश्यक छ। जहाँसम्म माओवादीको पालुङटारको विस्तारित बैठकले पेश भएका प्रतिवेदनका विवादित विषय निरुपण गर्न पुनः केन्द्रीय समितिलाई जिम्मा दिने निर्णय गरेको छ। यो निर्णयले घुमिफिरी रुम्जाटार भन्ने युक्ति चरितार्थ गर्न पुगेको छ। किनकि केन्द्रीय समितिमा पेश भएका ती राजनीतिक प्रतिवेदन टुंगो लाग्न नसकेको कारण विस्तारित बैठकमा पेश गर्ने निर्णय भएको थियो। अहिले फेरि त्यही प्रतिवेदनलाई सवैको मत समेटी एउटै बनाउने नाममा केन्द्रीय समितिमै फिर्ता गर्ने निर्णयले विवादको अन्त्य गर्छ वा पुनः विवादको थालनी हुन्छ भन्ने प्रश्न हाल अनुत्तरित नै छ। अहिलेलाई यति भन्न सकिन्छ, केन्द्रीय समितिमा आफ्ना मतहरुलाई सम्बोधन नगरी जवर्जस्ती प्रतिवेदन पारित गराउने काम भएमा फरक मतका राजनीतिक प्रतिवेदनका प्रस्तोता उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराइले प्रतिवाद र प्रतिरोध गर्नेछन्। त्यसले फेरि एमाओवादीमा नयाँ विवाद जन्माउनेछ। र, त्यो विवादको निराकरणका लागि राष्ट्रिय भेला वा महाधिवेशन नबोलाई एमाओवादीले धरै पाउने छैन। साँघु साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out