बाह्र सय लडाकुलाई सत्ता कब्जाको प्रशिक्षण

काठमाडौं। यता शान्ति सम्झौता पालनाप्रति अविश्वास नगर्न आग्रह गर्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरूसँग संवादरत माओवादीले शाहबंशीय राजाहरूको उद्गमस्थल गोरखामा बिद्रोहको यार्ययोजना बनाउने भएको छ।
६ महिनामा समायोजन सकिएर शिविर खाली भइसक्नु पर्ने भए पनि चार वर्षसम्म सरकारले रासनपानी दिएर शिविरमा पालेका लडाकु पनि बिद्रोह र सत्ता कब्जाको रणनीतिक योजना तर्जुमास्थलमा सहभागी हुने भएका छन्। शान्ति प्रक्रियामा रहेको भनिएको माओवादीले बिद्रोह मार्फत सत्ता कब्जाको तयारीका लागि विस्तृत योजना बनाउन आयोजना गरेको विस्तारित बैठक र त्यहाँ हडाकु कमाण्डरहरूको सहभागिताले माओवादी शान्ति प्रक्रियाको पूर्णतो र संविधान बनाउने वाटोमा छैन भन्ने स्पष्ट भएको छ। माओवादीसँग सहकार्य गरेर उसलाई शान्ति प्रक्रियाप्रति प्रतिवद्ध बनाउनु पर्ने र उसलाई एक्लयाउन नहुने वताउदै आएका एमालेका केही नेताहरू नै यसप्रति ठूलो भ्रममा रहेको माओवादी नेतात्रयका दस्तावेजले पनि उजागर गरेको छ। पालुङटारमा विस्तृतमा बसेर छलफल गर्न र कुन विधिवाट बिद्रोहमार्फत सत्ता कब्जा गर्न सकिन्छ भन्ने छलफल माओवादी लडाकुका कमाण्डरहरूले गर्दैछन्। त्यहाँ प्रस्तुत गर्न अध्यक्ष पुष्पकमल दाहालले तयार गरेको दस्तावेजमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम सँगसँगै बिद्रोहको तयारी गर्ने उल्लेख छ। दाहालको दस्तावजेमा कलात्मक तरिकाले बिद्राह सफल बनाउनु पर्ने र त्यसका लागि अहिले जारी शान्ति प्रक्रियालाई पनि औपचारिक रुपमा छोडेको देखाउन नहुने वताएका छन्। शान्ति प्रक्रियामा पनि रहेजस्तो गर्ने र बिद्राहमार्फत सत्ता कब्जाको युद्धकालीन लाइन नत्यागेको भन्दै दाहालले लडाकुहरूलाई आस्वस्त पारेका छन्। बिद्राहमार्फत सत्ता कब्जाको लाइनमा अर्का दुई उपाध्यक्ष पनि छन्। जसमध्ये बाबुराम भट्टराईले जेठ १४ गतेसम्म पर्खेर त्यसपछि मात्र विद्रोहमार्फत सत्ता कब्जाको लाइन अघि सारेका छन्। अर्का उपाध्यक्ष मोहन बैद्यले अहिले तत्काल शान्ति प्रक्रिया छोडेर विद्रोह थाल्नु पर्ने वकालत गरेका छन्। बिद्रोह गर्ने र त्यसमार्फत सत्ता कब्जा गर्नेमा माओवादीका तीनै नेतामा भ्रम छैन। विद्रोहमार्फत सत्ता त कब्जा गर्ने नै हो र त्यो कुन बाटोवाट सजिलो हुन्छ भन्ने विचार विमर्श र कार्ययोजनाका लागि गोरखामा विस्तारित बैठक आयोजना भएको हो। विद्रोहको त्यस्तो योजना सफल पार्ने लडाकुहरूलाई भने राज्यले तलव दिएर राखेको छ र तिनीहरूलाई ब्यवस्थापन र समायोजन गर्न माओवादीले इच्छा देखाएको पनि छैन। राजनीतिक दलहरूवीच जारी वार्ता र संवादमा माओवादीले राखेको अडान पनि लडाकु यथावत राखेर सरकारमा पुग्ने र विद््रोहको कार्यनीति सफल पार्ने नै हो। तर, एमालेका अध्यक्ष झलनाथ खनाल माओवादीको खुलेआम त्यस्तो कार्ययोजना प्रस्तुत हुँदा र त्यो कार्ययोजना पुरा गर्न माओवादीले सरकारवाट पालिएका सैन्य कमाण्डरलाई विस्तारित भेलामा सहभागी गराउदा माओवादी शान्ति प्रक्रियाप्रति लचिलो भएको देख्न थालेका छन्। आइतवारदेखि पालुङटारमा हुने विद्रोहको राजनीतिक र सैन्य योजनामा सहभागी हुन सबै शिविरवाट करिव १२ सय कमाण्डर सहभागी हुनेछन्। त्यहाँ विद्रोह सफल पार्ने योजनामा हस्ताक्षर गरेर फर्कनेछन्। शान्ति प्रक्रियालाई पूर्णता दिन हर त्याग गर्ने र माओवादीलाई एक्ल्याउन नहुने वताएको एमाले नेतृत्वले औपचारिक रुपमा यसवारेमा केही वोलेको छैन। कांग्रेस, मधेसी लगायत अन्य दलले बिद्रोहको योजना सफल बनाउने योजना बनाएर र त्यसका लागि लड्ने सपथ खाएर आएका लडाकुलाई पुन शिविर भित्र फर्काउन नहुने अडान सार्वजनिक गरेका छन्। माओवादीको बिद्रोहमार्फत सत्ता कब्जा गर्ने राजनीतिक लाइनका कार्यान्वयनकर्ता र निर्णयकर्ता माओवादी लडाकु जारी शान्ति प्रक्रियामा सुरक्षा अंगमा समायोजनका लागि योग्य हुन्छन् कि हुँदैनन् भन्ने विषयमा दलहरूले स्पष्ट धारण बनाएका छैनन्। बिद्रोह मार्फत सत्ता कब्जा गर्ने राजनीतिक लाइनको दलका लडाकुलाई राज्यको सुविधा दिइरहनु पर्छ कि पर्देन भन्ने प्श्न पनि यतिवेला उठेको छ। राज्यको सुविधा लिइ पनि रहने र बिद्रोहको योजनामा सामेल हुने लडाकुलाई शिविरमा फिर्ता हुन दिनु नहुने आवाज जनस्तरवाट पनि उठ्न थालेको छ। माओवादीका लडाकुलाई विषेश समितिमार्फत सरकारको मातहत ल्याइएको भाषण पनि अनुकुलता मिलाएर माओवादी नेताहरूले गर्दै आएका छन्। लडाकुको गतिविधि वारे अनुगमन गर्न बसेको अन्मिन पनि अहिलेसम्म विद्रोहको योजनामा लडाकुको सहभागितावारे मौन बसेको छ। यदि माओवादी लडाकुहरू माओवादीको विस्तारित बैठकमा भाग लिन गए उनीहरूलाई शिविर पस्न दिए शान्ति सम्झौता स्वतः भङ्ग हुनेछ। सम्बोधन साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out