सौताको रिसले सैनिक श्रीमानको लिङ्ग चट्

काठमाडौं। सौताको रिस र प्रतिशोधको भावनाले मानिस कति हदसम्म आक्रोशित हुँदो रहेछ भन्ने कुराको दृष्टान्त एक सैनिक श्रीमतीले आफ्नै श्रीमानको लिंगछेदन गरेको घटनाले पुष्टी गरेको छ। नेपाली सेनाको रेन्जर गणमा कार्यरत नायक जितेन्द्रकुमार चौधरीलाई सुतेकै स्थानमा हातखुट्टा बाँधेर उनकै श्रीमती प्रियाकुमारी चौधरीले निर्दयतापूर्वक ७५ प्रतिशत लिङ्ग काटिदिएका कारण उनी अहिले जीवनमरणको दोसाँधमा सैनिक अस्पताल छाउनीमा उपचाररत छन्।
सौताको रिसले आफ्नै श्रीमानको ७५ प्रतिशत लिंग काटेर समेत रिस नमरेपछि चौधरीको शरीरका केही भागमा उनले सलाईको काँटी बालेर पोलेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार श्रीमती प्रिया चौधरीसमेत सामान्य घाइते भएकोले बेलुकी देखि नै उनीहरूबीच विवाद भएको आशंका छ। श्रीमती प्रियाको अनुहारमा चिथोरिएकोले उनीहरूबीच बेलुकै झगडा भएको र पछि प्रतिशोध लिन श्रीमतीले हातखुट्टा बाँधेर त्यस्तो निर्दयी कार्य गरेको अनुमान प्रहरीको छ। समाचार सूत्रका अनुसार वेहोस अवस्थामा रहेका अमलदार र घटनामा संलग्न निजकी श्रीमतीलाई प्रहरीले सैनिक अस्पतालमा पुर्‍याएको थियो। अमलदारकी श्रीमती समेत सैनिक अस्पताल छाउनीमा उपचाररत अमलदारको अवस्था चिनताजनक भएकाले दुवैलाई राखेर बयान लिन नसकिएकाले यो घटनाको सत्य तथ्य के हो भन्ने पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ। २०६७ कार्तिक १४ गते बिहान ३.३० स्वयम्भूमा रहेको उनीहरूको डेरामा यो घटना भएको थियो। चौधरीको अवस्था अझै पनि चिन्ताजनक रहेको बुझिएको छ। कल्याणकारी कोषको अरबौं रकमबाट स्थापित सैनिक अस्पतालले पीडित सैनिकको लिंग सकुशल जोड्न सक्छ कि सक्दैन भन्ने चुनौती साधन स्रोतले सम्पन्न भनिएको सैनिक अस्पतालका वरिष्ठ चिकित्सकबीच खडा भएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out