आफ्नै मान्छेबाट करिश्मालाई हैरानी

पछिल्ला दिनमा अभिनेत्री करिश्मा मानन्धर फेसबुकमा आफ्नो फेक एकाउन्टलाई लिएर हैरानी खेपिरहेकी छिन् । करिश्माको उक्त नक्कली एकाउन्टमा गरिने टिप्पणी र गफगाफलाई लिएर दिनमा उनलाई थुप्रै फोनकलहरु आइरहन्छन् । ती कलहरुको स्पष्टीकरण दिँदादिँदै विनोद पत्नीलाई मात्र होइन मानन्धर परिवार समेत हैरानी खेपिरहेको छ । आफ्नो फेक एकाउन्ट चलाउनेलाई उनी खोजिरहेकी छिन् तर चिन्न सकेकी छिन् । उनको ठम्याइ छ -मेरै नजिकको मान्छेले यस्तो गरिरहेको छ ।
जस्तो : उक्त एकाउन्टको भित्तोमा करिश्माको आग्रहसहितको एक टिप्पणी पोस्ट गरिएको छ । लेखिएको छ - नेपाली सिनेमाको स्तर विकासका लागि के गर्नु जरुरी छ ? कृपया मेरा प्यारा दर्शकहरु सुझाव दिनुस है । अब म चाँडै नयाँ सिनेमा लिएर आउँदैछु ।' जबकि करिश्मालाई यसबारे कुनै जानकारी छैन । नयाँ सिनेमा बनाउन त के तत्कालै सिनेमा खेल्ने योजनामा पनि छैनन् उनी । करिश्माको योजना बिपरितको उक्त कुरालाई लिएर धेरैले फोन गरेर सोधे करिश्माको मुड भने यसले तताइदिएको छ ।
'मलाई थाहा छ, मेरै नजिकको मान्छेले यसलाई चलाइरहेको छ' उनी भन्छिन् 'चिनेको भए भन्ने थिएँ, मलाई मात्र थाहा छ मैले कति हैरानी खेपिरहेकी छु र मेरा फ्यानहरु कति निराश भएका छन् । आफ्नै मान्छेबाट मलाई धोका भैरहेको छ भन्ने मेरो सोच छ । किनभने हाम्रो परिवारको फोटो र गतिविधि पनि त्यहाँ राखिएका छन् ।' वास्तवमा करिश्मा कम्प्युटरप्रेमी होइनन् र सोसल साइटको त कुरै छाडौं । यदि करिश्माको नजिकको मान्छेबाटै यस्तो भएको हो भने आपसी सल्लाहमा गर्दा उपयुक्त हुन्थ्यो कि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out