माओवादीद्वारा सेना विघटन अस्वीकार

भोजराज भाट, काठमाडौं, कात्तिक २७- एकीकृत माओवादीले आफ्ना लडाकुलाई सेना समायोजन विशेष समितिमा ल्याउन सैद्धान्तिक सहमति जनाए पनि पार्टीका आन्तरिक दस्तावेजहरूमा भने समायोजनका नाममा सेना विघटन गर्ने कुरा अस्वीकार गरेको छ। एकीकृत नेकपा माओवादीले आफ्ना लडाकुको प्रभुत्व स्थापित हुन नसक्ने अवस्थामा सेना समायोजन नहुने जिकिर गरेको छ।

गोरखामा मंसिर ५ गते हुने विस्तारित बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको छुट्टाछुट्टै दस्तावेज र स्पष्टीकरणपत्रमा 'जनमुक्ति सेना विघटन गर्ने प्रयत्नलाई कडाइपूर्वक निषेध गरिनुपर्ने' उल्लेख छ।
प्रधानमन्त्रीको प्रत्यासी उम्मेदवार हुँदा दाहालले लडाकुलाई विशेष समितिमातहत लैजाने, समितिले बनाएको आचारसंहिता पालन गरी समायोजन प्रक्रिया बढाउने प्रतिबद्धता जनाएका थिए। तर, उनले राजनीतिक दल र सञ्चार माध्यममा गरेको प्रतिबद्धता र पार्टीको गोप्य दस्तावेजका अन्तरवस्तु फरक छन्। दाहालले आफ्नो दस्तावेजमा 'शान्ति प्रक्रियामा जनसेनालाई विघटन हुनबाट जोगाउन ठूलो संघर्ष गर्नुपरेको' रहस्य खोलेका छन्। 'राज्यको अग्रगामी पुर्नसंरचनाको उद्देश्यका लागि नयाँ राष्ट्रिय सेना विकास गर्ने विस्तृत शान्ति सम्झौताअनुसार सेना समायोजन र पुनर्स्थापना गर्न तथा जनसंविधान निर्माण गर्न दलाल, नोकरशाहविरुद्ध संघर्ष गर्ने प्रश्न मूल छ,' दस्तावेजमा भनिएको छ।

वैद्यले पनि आफ्नो दस्तावेजमा जनसेनालाई अस्थायी शिविरमा राखिनु जनयुद्धको मूल्य र मान्यताविपरीत भएको बताएका छन्। 'बहुमतीय प्रणाली, सेना समायोजन, घरजग्गा फिर्ता र वाइसिएलका सम्बन्धमा २०६५ असार ११ गते राजनीतिक दलहरूबीच भएको सहमति तथा सम्झौता गलत छन्,' उनले भनेका छन्।

भट्टराईले भने घुमाउरो पारामा सेना समायोजन हुनुपर्ने धारणा राखे पनि विघटन गर्ने कुरामा सचेतता अपनाउनुपर्ने बताएका छन्। 'जनमुक्ति सेनाको वैज्ञानिक समायोजन र पुरानो नेपाली सेनाको समयानुकूल लोकतान्त्रीकरणमार्फत् नयाँ राष्ट्रिय सेना निर्माण गर्ने कुरामा दृढतापूर्वक उभिनुपर्छ,' भट्टराईको दस्तावेजमा छ, 'कुनै पनि बहानामा नेपाली जनक्रान्तिको मेरुदण्ड रहँदै आएको जनमुक्ति सेना विघटन गर्ने, अपांग बनाउने वा अपमान गर्ने प्रयत्नलाई कडाइपूर्वक निषेध गरिनुपर्छ।'

०६५ मंसिरको खरिपार्टी भेलामा दाहालले लडाकु समायोजन हुनुपर्ने धारणा राख्दा चर्को आलोचना भएको थियो। तत्कालीन अवस्थामा प्रधानमन्त्रीसमेत रहेका दाहालले १५ वर्षदेखि विद्रोही लगातार सत्तामा रहेर पनि सेना समायोजन सुल्झाउन नसकेको नामिबियाको उदाहारण दिएर थामथुम पारेका थिए। खरिपाटी भेलामा सैन्य ब्युरोका तर्फबाट स्थायी समिति सदस्य वर्षमान पुनले सेना समायोजनको प्रस्ताव राखेका थिए। उक्त भेलाले दाहालको शान्ति प्रक्रियाको कार्यदिशा अस्वीकार गरेर जनविद्रोहको लाइन पारित गरेको थियो। त्यसैको पाठ सिक्दै दाहालले आफ्नो दस्तावेजमा सेना समायोजनबारे 'मध्यधार' राखेका हुन्। विस्तारित बैठकमा तीन सयभन्दा बढी लडाकु सहभागी हुने भएकाले दाहालले 'बीच'को धारणा राखेको स्रोतको दाबी छ।

यसैगरी, तिनै नेताले ब्यारेकमा रहेको शक्तिलाई 'सञ्चित फोर्स' ठान्दै ब्यारेकबाहिरको वाइसिएललाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। भट्टराईको दस्तावेजमा भनिएको छ, 'क्रान्ति सम्पन्न गर्ने मात्र नभै प्रतिक्रान्ति रोक्ने एक्साइसौं शताब्दीको नयाँ सेना निर्माण गर्न आमजनतालाई सैनिक तालिम दिने र देशव्यापी रूपमा जनमिलिसियाको विशाल पंक्ति निर्माण गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ।'

असोज पहिलो सातादेखि लडाकु समायोजन प्रक्रिया थाल्ने माओवादीले सैद्धान्तिक सहमति जनाएको थियो। समायोजन प्रक्रियापूर्व दसैं र तिहारबीच लडाकुको मत बुझ्नभनेर माओवादीका डेपुटी कमाण्डरहरू वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा र चन्द्रप्रकाश खनाल विभिन्न शिविर गएका थिए। यथार्थमा समायोजनबारे मत नबुझ्ने कुनै कार्यक्रम थिएन। उनीहरूले आसन्न विस्तारित बैठकका तीन फरक दस्तावेजलाई 'सीमित कमाण्डर' माझ पढेर सुनाएका थिए। विस्तारित बैठकमा आफ्नो धारणा बनाउन सजिलो होस् भनेर आफूहरु शिविरमा आएको उनीहरूले प्रष्टीकरण दिएका थिए। माघ १ गतेबाट राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) भए त्यसपछिको के हुन्छ भन्नेबारे डेपुटी कमाण्डरहरूले संक्षिप्त धारणा राखेका थिए।

यस्ता छन् माओवादी दस्तावेज 

दाहालको दस्तावेज डाउनलोड गर्नुहोस्
दाहालको स्पष्टिकरण डाउनलोड गर्नुहोस्


भट्टराईको दस्तावेज डाउनलोड गर्नुहोस्
भट्टराईको स्पष्टिकरण डाउनलोड गर्नुहोस


बैद्यको दस्तावेज डाउनलोड गर्नुहोस्
बैद्यको स्पष्टिकर डाउनलोड गर्नुहोस्

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out