दिपावली र क्रिसमस उस्तै-उस्तै

लस एन्जलस (एजेन्सी), कार्तिक २० - केही महिनाअघि इशाईबाट हिन्दु धर्मावलम्बी भएकी हलिउड नायिका जुलिया रोवर्टस्ले पहिलोपटक दीपावली मनाउँदै छिन् । हालसम्म क्रिसमस मनाउँदै आएकी उनले 'दीप-दियोको पर्व' दीपावली क्रिसमसजस्तै रहेको बताइन् ।
'क्रिस्मस र दीपावली उस्तै-उस्तै पर्व हुन्,' दीपावली मनाउने तर्खरमा रहेकी जुलियाले भनिन्, 'ज्योतिका यी दुवै पर्वको महत्त्व उस्तै छ । दुवैले नराम्रोमाथि राम्रो सकारात्मक शक्तिको जितलाई मनाउँछन् ।' यस्तो खुसीको पर्व विश्वभर सकारात्मकता फैलाउन मनाउनुपर्ने उनले थपिन् ।
ओस्कार विजयी 'पि्रटी वुमन' स्टार जुलिया दीपावलीको झिलीमिलीले थप आकषिर्त रहेको बताएकी छन् । उनले दीपावलीको ब्रम्हमान्द स्वीकार्य सकारात्मकताका लागि हिन्दुको मात्र नभएर सबैका लागि महत्त्वपूर्ण रहेको मान्छिन् । 'दीपावलीले सबैलाई एकसाथ जोड्छ । यसले मानवताप्रति प्रेम र शान्तिको बोल बोल्छ । मेरो बुझाइमा यो पर्व धार्मिकताभन्दा पनि माथि उठेर मानवलाई आध्यात्मिकताको दर्शन गराउँछ,' नायिकाले दीपावलीको अवसरमा फ्यानलाई शुभकामना दिँदै भनिन् ।

हिन्दुधर्ममा रहेको आध्यात्मिकता र विभिन्न आयामले आफूलाई आकषिर्त गरेको बताउने जुलिया लस एन्जलसमा रहेको हिन्दु मन्दिरमा पूजा गर्न जान्छिन् । हिन्दु बनेपछि ४३ वषर्ीया नायिका क्यामेराम्यान पति ड्यानियल मोडरका साथ तीन छोरा-छारीलाई लिएर हरेक आइतबार मन्दिर जाने गरेकी छन् । पछिल्लो फिल्म 'इट प्रे लभ' को छायांकनक्रममा भारत आउदा आश्रममा बसेकी नायिका हिन्दुधर्मप्रति आकषिर्त भएकी थिइन् । त्यसपछि उनले हिन्दुधर्म अपनाएकी हुन् ।
पहिलोपटक दीपावली मनाइरहेकी जुलियाले पर्वको रमझमबीचमै रोमान्टिक कमेडी फिल्म 'ल्यारी क्रावन' को छायांकन पनि गरिरहेकी छन् । यो फिल्ममा उनलाई 'फरेस्ट गम्प' स्टार टम ह्याक्ससँग देखिनेछ । योभन्दा अघि यी ओस्कार अवार्ड विजयी नायक-नायिका 'चार्ली विल्सन्स वार' मा सँगै काम गरेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out