गीतकार भएर पूजा काठमाण्डूमा

गीतकार भएर चारवर्षपछि स्वदेशी फर्किएकी अभिनेत्री पूजा चन्दको काठमाण्डू धपेडी बढ्दो क्रममा छ । परिवार, आफन्त, साथीभाइ भेटघाटसँगै अर्को एक महत्वपूर्ण काम उनको एकमहिने नेपाल आगमनको उद्देश्य हो । पूजा आफू कम्पोजर रहेको एक गीति एल्बम केही सातामा नेपालमा रिलिज गर्न जुटेकी छिन् । पूजाले लेखेका दसवटा गीतहरुको एल्बम 'कसरी सम्झाउँ' रिलिज हुँदैछ । एकवर्षअघि अमेरिकामा रिलिज गरिसकेकी पूजाले नेपाल आएको छेकोमा एल्बम रिलिज गर्न लागेकी हुन् ।
सेन्टिमेन्टल गीतहरुको संग्रह रहेको उक्त एल्बम अमेरिकास्थित पूजाको इन्टरटेनमेन्ट कम्पनीमार्फत रिलिज गर्न लागिएको हो । सन् २००० मा रेकर्ड भैसकेको उक्त एल्बम पेन्डिङमा थियो । पूजाको उक्त एल्बममा सपनाश्री, यम बराल, थुप्तेन भुटिया, सुनिल बर्देवा, रीमा गुरुङ, संजय खड्गी, रामकृष्ण ढकाल लगायतले स्वर दिएका छन् । 'नेपाल आएको मौका पारेर रिलिज गर्न लागेकी हुँ' मेरोसिनेमासँग पूजाले भनिन् 'अब गीतकार पनि बन्न थालेकी छु ।'

दुइ/तीन सातामै सकिने काम पाए आफू सिनेमा खेल्न तयार रहेको पूजाले बताइन् । आफूले नेपाली सिनेमालाई माया नमारेको बताउँछिन् उनी । पाँचवर्षपछि सँधैका लागि स्वदेश फर्कने पनि उनले बताइन् । 'छोरीको ग्राजुएट अध्ययन सकियो भने फर्कने तयारीमा छु' उनले भनिन् 'त्यसपछि पुनः नेपाली सिनेमामा कमब्याक गर्छु ।' अभिनयबाट सबैको मन जितेकी पूजाले अब गीतकार भएर दर्शक र श्रोताको मन जित्न कत्तिको सक्छिन् पर्खाइ बनेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out