ब्याइफ्रेन्ड मिल्यो सुमिनालाई !

व्वाइफ्रेन्ड भेट्टाएको कुराले हिरोइन सुमिना घिमिरेका केटा फ्यानहरुलाई पक्कै निराश तुल्याउन सक्छ । लामो समयदेखि काटिएको अड्कललाई 'जय होस' नायिकाले अन्ततः सत्य सावित गरिदिइन् ।

मेरोसिनेमा डटकमका लागि फोटोसुट गर्ने क्रममा सुमिनाले आफ्नो व्वाइफ्रेन्ड भएको तर लाइफफ्रेन्ड नभएको बताइदिइन् । कुरा सुन्दा लामो समयदेखि ब्वाइफ्रेन्डसँग यी चुलबुले बालाले डेट् गरिरहेकी छिन् । यद्यपी प्रेमका बारे अनाडी रहेको बताउँछिन् उनी ।

सुर्खेतकी यी ठिटीले कसलाई ब्वाइफ्रेन्ड बनाइन् यो भने उनको ब्यागभित्र नै हुनुपर्छ । 'प्रेमका बारेमा अहिलेको जेनेरेसनलाई सिकाइरहनुपर्छ र' हामीसँग छिल्लिइन उनी 'आमाकै गर्भबाट को सिकेर आउँछ र ?' कलेज लाइफमा थुप्रै दिवानाले प्रेमप्रस्ताव नराखेका पनि होइनन् तर कलकलाउँदी सुमिनाले कुनै दिवानालाई हरियो झन्डा देखाइदिनन् मात्र एकजनालाई बाहेक ।

मेरोसिनेमासँग फोटोसुटमा उनले अनेक पोजहरु दिइन् । उनको ग्ल्यामर र बोल्ड तस्विरहरु साप्ताहिकको शुक्रबारे संस्करणमा पनि प्रकाशित भएका छन् । 'छविलाल कन्जुस छैन'की डेब्युगर्ल सुमिना यतिबेला 'दुलही' र 'फर्किआऊ' प्रोजेक्टमा व्यस्त छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out