प्रचण्डले नै गरे पार्टी फुट्ने उद्घोष

काठमाडौ। मंसिर ५ गतेबाट सुरु हुन लागेको विस्तारित भेलापछि एमाओवादीमा विभाजन हुनसक्ने संकेत अध्यक्ष प्रचण्ड स्वयम्ले गरेका छन्। एमाओवादीमा अहिले पार्टी जीवनमै सबैभन्दा चरमोत्कर्षमा अन्तरसंर्घष चर्किएको छ। यस्तो कटु आलोचना र अन्तरसघर्षबाट पार्टी एक हुन नसक्ने र विघटनतिर जानसक्ने अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
विस्तारित भेलामा बहसका लागि लैजान तयार गरिएको प्रचण्डको दस्तावेजमा प्रष्टसँग सो कुरा उल्लेख गरेका कारण एमाओवादीमा अहिले सो विषयले निकै चर्को रुप लिएको छ। पार्टीका नेता कार्यकर्ताबीचमा पार्टी विभाजनको खेल हेडक्वार्टरबाट नै सुरु भएको भन्दै आक्रोश पोख्न थालिएको छ। प्रचण्डले आफ्नो दस्तावेजमा राजनीतिक विचारभन्दा व्यक्तिगत टीकाटिप्पणी बढी गरेको र त्यसबाट पार्टीको जीवनमा मात्र असर पर्ने नभएर विघटनको कारक बन्न सक्छ भनेका छन्। पार्टीभित्र बढ्दै गएको आर्थिक अराजकतामा प्रचण्ड पक्षधर भनेर चिनिएका नेता कार्यकर्ताको संरक्षण र उक्साहटमा भएको भन्दै चर्को आलोचन अन्य नेता कार्यकर्ताबाट हुन थालेपछि प्रचण्डले आफूमाथि व्यक्तिगत टिकाटिप्पणी भएको गुनासो गरेका हुन्। किरण र बाबुरामले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा पनि त्यस्ता आरोप प्रचण्डमाथि लागेको छ। तल्लो तहका नेता कार्यकर्तादेखि उपाध्यक्षद्वयसम्मले प्रचण्डमाथि आर्थिक अराजकता, गुटवादी, मध्यपन्थीलगायतका आरोप लागाएपछि प्रचण्डले त्यस्तो कुरा उल्लेख गरेका हुन्। प्रचण्डले पार्टी विभाजन हुनसक्ने संकेत गर्दै भनेका छन्(''पार्टीको अन्तरसंघर्षमा जब वैचारिक राजनीतिक प्रश्नले प्राथमिकता पाउनुको सट्टा व्यक्तिगत टिकाटिप्पणी वा गुटगत स्वार्थले प्राथमिक पाउँछ तब त्यस प्रकारको अन्तरसंघर्ष पार्टीको जीवन होइन, विघटनको कारक बन्न सक्छ।'' अध्यक्ष प्रचण्डले आर्थिक अराजकताको आरोप लागेका नेता कार्यकर्तालाई कारबाही हुन नसक्नुको कारण भने पार्टीको माथिल्लो तहमै हावी भएको अराजकता र दण्डहीनता रहेको उल्लेख गरेका छन्। 'जिम्मेवार नेताहरुबाटै पार्टीका आधिकारिक नीति, निर्माण र पद्धतिविरुद्ध पटकपटक अभिव्यक्ति र आचरण प्रदर्शित हुने गरेका छन्। गुटवन्दी, हैसियत र पार्टी एकताको चिन्तासमेतका कारण जिम्मेवार नेताहरुलाई जब आलोचना र अनुशासनको कुनै कारबाहीका नैतिक हैसियत पार्टीले गुमाउन थाल्छ। आज पार्टीमा यस्तै खतरा उत्पन्न भइरहेको छ।'' त्यसो त एमाओवादी अन्य नेता कार्यकर्तामा पनि यतिबेला अहिलेकै अन्तरसंघर्षको अवस्थाबाट पार्टी एक हुन नसक्ने बताउन थालेका छन्। साँघुसँगको कुराकानीमा किरणनिकट केन्द्रीय सदस्य कुमार दाहालले पनि अहिलेकै अवस्था रह्यो र विस्तारित भेलाले नेतालाई एकढिक्का बनाउन सकेन भने पार्टी विभाजन हुनसक्ने बताएका छन्। तर कतिपय नेताले भने हेडक्वार्टरकै कारण पार्टी विभाजन हुने वा नहुने टुङ्गो लाग्छ भन्ने गरेका छन्। साँघु साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out