माओवादी सरकारमा जान नपाएकाले आक्रमणमा उत्रियोः बिजुक्छे

भक्तपुर, मंसिर ४ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादी सरकारमा जानकै लागि आक्रमणमा उत्रिएको बताएका छन् ।
शनिबार भक्तपुरमा प्रभात उच्च माविले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुसाग कुरा गर्दै उनले माओवादीलाई सरकारमा आउन नदिएपछि भद्रागोल गर्ने कार्य गरेको आरोप लगाए ।
अब अध्यादेशबाटै पूर्ण बजेट आउने दाबी गर्दै बिजुक्छेले  माओवादीले बजेट ल्याउन दिएर तीन महिनासम्म संसदमा छलफल गराउनुपर्नेमा त्यसो नगरेको बताएका छन्  । उनले तीन दलबीच बजेटमा भागबण्डा नमिलेपछि संसदमा कुटाकुटको स्थिति आएको बताए ।

माओवादीले प्रमुख प्रतिपक्षी दलको भूमीका निर्वाह गर्न नसकेको र यो सन्देश संसारभर फैलादै जाने बताउँदै उनले सरकार आलोचनाबाट जोगिएको तर माओवादी आलोचित बन्दै गएको जनाएका छन्  । संसद्मा बजेट प्रस्तुत गर्दा शुक्रबार  भएको झडपमा ठूला तीन दल नै दोषी रहेको बताउँदै बिजुक्छेले  तीन दलको निर्णय एउटा र व्यवहार अर्को गरी छलछाम गरेकाले यस्तो परिणाम आएको बताए ।
तीन दलका शीर्ष नेताहरूलाई ठूला काजीको संज्ञा दिंदै उनले सामन्तवादको विरोध गरेर प्रजातन्त्र ल्याउने तर सोचाइमा अझै पनि सामन्तवाद राख्ने 'बार्लर' भएको बताएका छन् । बिजुक्छेले भने ,'तीनवटा पार्टी बार्लर हुन्, यिनीहरूमा प्रजातान्त्रिक चरित्र छैन ।' जे गर्नुपर्ने हो संसदमा ल्याई चित्त बुझाएर जानुपर्ने, नसके बहुमतले पारित गर्नुपर्नेमा माओवादीले यसो गर्न नसकेको बिजुक्छेको भनाई छ ।
माओवादी विस्तारित बैठकमा लडाकु सहभागी हुने पर्ने बिजुक्छेले बताएका छन्  ।  सरकारी तलब खाने कर्मचारीले एमाले, कांग्रेस र माओवादीको झण्डा बोकेर कार्यक्रममा जान हुन्छ भने सरकारी तलब खाने लडाकुले पनि माओवादी बैठकमा जान हुने उनले  बताए ।
सरकारी तलब खाएर कर्मचारीले संघ-संगठन बनाउन हुन्छ भने लडाकु पनि माओवादी बैठकमा जान जायज हुने उनको तर्क थियो । सरकारी तलब खाएर बसेका कर्मचारीले पार्टीको प्रचारमा जान छाडेमात्रै लडाकु माओवादी बैठकमा जान नमिल्ने बताए  ।
भारतले अहिले नेपालका ठूला तीन दललाई चलाएको आरोप लगाउादै उबिजुक्छेले भारतले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्‍यो तर, त्यो हुन नसकेपछि मुलुकको अवस्था बिगि्रादै गएको बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out