लक्की चार्म क्याटरिना

चलचित्र निर्माता आदित्य चोपडा अभिनेत्री क्याटरिना कैफलाई लिएर एकसाथ तीनवटा चलचित्र निर्माण गर्ने सोचमा छन् ।

स्रोतका अनुसार आदित्य क्याटरिनालाई आफ्नो लक्की चार्म मान्छन् । कारण आदित्यको क्याटरिनासितको चलचित्र  'न्युयोर्क’ले सफलता प्राप्त गरेको थियो ।

त्यसैले आदित्य क्याटरिनासितको त्यो आफ्नो सफलता दोहोर्‍याउन चाहन्छन् । आफ्नो आगामी प्रोजेक्टका लागि आदित्य क्याटरिनाको समय लिन निकै मेहनत गरिरहेका छन् ।
क्याटरिना आदित्यका  लागि गुडलक साबित हुन्छिन् कि हुन्नन् भन्ने कुराचाहिँ आगामी दिनमै थाहा होला ।
 शाहरुख फेरि मसल्स बनाउँदै 
आफ्नो होम प्रोडक्सनको आर ए वनका लागि तौल घटाएका अभिनेता शाहरुख खान निर्देशक फरहान अख्तरको 'डन टु' का लागि भने मसल्स बनाउँदै छन् । त्यसका लागि फिटनेस ट्रेनर प्रशान्त सावन्तले उनलाई गाइड गरिरहेका छन् । 
प्रशान्तकै निर्देशन अनुसार शाहरुखले चलचित्र 'ओम शान्ति ओम' का लागि सिक्स प्याक एब प्राप्त गरेका थिए । 'डन टू' मा  फिट मात्र नभएर स्लिम, एथ्लिट र शक्तिशाली बडी चाहिएकाले शाहरुख हिजो आज विशेष प्रकारको वेट ट्रे निङ तथा हाई प्रोटिन डाइटको सेडुअलमा काम गरिरहेका छन् ।

 सलमानले तिरे जरिवाना 
 कुरा अभिनेता सलमान खानको पि्रय वेनिटी भ्यान हो । उनी उक्त भ्यानलाई सडकको छेउमा पार्किङ गरेर राख्थे । स्रोतका अनुसार त्यो भ्यानमा सलमान आफ्नो रुचिअनुसारका सबै सर-सामान मिलाएर राख्छन् ।

त्यो भ्यानका कारण  सडक आवत-जावतमा पनि समस्या हुन्थ्यो । त्यसैले यस विषयमा कसैले मुम्बई महानगरपालिकामा सूचना गरिदिए, जसका आधारमा 'नो पार्किङ एरिया' मा गाडी पार्क गरेको अभियोगमा अभिनेता सलमानले दुई हजार रुपैयाँ जरिवाना  तिर्नुपर्‍यो ।

 मधुर रिसाए करिनासित 
 बलिउड बेबु अभिनेत्री करिना कपुरसित निर्देशक मधुर भण्डारकर खुसी छैनन । कारण करिना मधुरको चलचित्रलाई प्राथमिकता नदिई निर्देशक करण जौहरको चलचित्रमा बढी केन्दि्रत छिन् ।

निर्देशक मधुरको आगामी चलचित्र मर्लिन  मुनरोमा आधारित छ भने करिनाले उक्त चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेकी छिन्, तर करिना भने यस विषयमा त्यति गम्भीर नभएको गुनासो मधुरको छ । करिना आफूसित मार्चपूर्व डेट नहरेको बताइरहेकी छिन् । यही विषयलाई  लिएर निर्देशक मधुर अभिनेत्री करिनासित रिसाएका छन् । निर्देशक मधुर करिनाले लामो समयसम्म पनि डेट नदिए उनको स्थानमा अरूलाई लिइने सोचमा रहेको बताइन्छ ।

अग्निपथको रिमेकमा ऋतिक रोशन
बिग बी अमिताभ बच्चन अभिनीत सन् १९९० को चलचित्र अग्निपथको रिमेक हुने भएको छ । निर्माता निर्देशक करण जौहरले निर्माण गर्ने अग्निपथको रिमेकमा ओरिजिनल अग्निपथका नायक अभिनेता अमिताभ बच्चनले निर्वाह गरेको  ग्याङस्टर विजय दिनानाथ चौहानको भूमिका ऋतिक रोशनले निर्वाह गर्ने भएका छन् ।
मुकुल आनन्दद्वारा निर्देशित अग्निपथले त्यसताका बक्स अफिसमा खासै चमत्कार देखाएको थिएन, तर बीग बीले यही चरित्रका लागि नेशनल एवार्ड  हात पारेका थिए । ऋतिकको नायिकाको भूमिका अभिनेत्री पि्रयंका चोपडाले निर्वाह गर्ने बलियो सम्भावना छ ।

 कंगना बचिन् दुर्घटनाबाट
 बलिउड बालाहरू लभ सिनहरुमा मात्र नभई स्टन्टका मामिलामा पनि बोल्ड हुन थालेका छन् ।
यसै क्रममा अभिनेत्री कंगना राणावत आफ्नो पछिल्लो चलचित्र नक आउटका लागि डुप्लिकेटको सहारा नलिई स्टन्ट दिने क्रममा ठूलो दुघर् टनाबाट जोगिएकी छिन् । निर्देशक मणि शंकरको निर्देशनमा निर्माण भैरहेको उक्त चलचित्रमा तीव्र गतिमा कुदिरहेको एउटा ट्रक हावामा उड्ने र पछि भुइँमा खस्ने दृश्य छायांकन गर्ने क्रममा  ट्रकमा अचानक आगो लागेपछि सो दृश्यमा  अभिनय गरिरहेकी अभिनेत्री कंगना दुर्घटनामा पर्ने सम्भावना थियो ।
स्रोतका अनुसार ठीक समयमा कंगनाले उक्त ट्रकको बाटोबाट आफूलाई हटाइन् र दुर्घटनाबाट जोगिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out