मिसन बोकेर 'राजा' भारततिर

काठमाडौं। राजसंस्था मुलुकबाट समाप्त भएको दुई वर्षमै राजनीतिक दल र तिनका नेता 'अनपपुलर' भएकोमा खुसी बनेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबारदेखि २१ दिने लामो भारत भ्रमणमा निस्केका छन्।
आगामी मंसिर २० गते काठमाडौं फर्कने गरी मुम्बई हुँदै दिल्ली जाने कार्यक्रम बनाएका पूर्वराजा शाहले राजस्थानमा रहेका आफन्त गजसिंहकी छोरीको विवाह कार्यक्रमपछि भारतका केही धार्मिकस्थलको भ्रमण गर्ने बुझिएको छ। आगामी मंसिर ६ देखि १३ गतेसम्म दिल्लीको होटल ओवरायमा बस्ने पूर्वराजा ज्ञानेन्द्रले कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, महामन्त्री राहुल गान्धी, प्रधानमन्त्री मनमोहन सिंहसाग समेत भेटघाट गर्ने वातावरण बनाएको बुझिएको छ। प्रतिपक्षी दल बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवानीलगायतका नेताहरूसाग पनि उनको राजनीतिक भेटघाट हुने कुराले नेपालका राजनीतिक दलहरूमा भने भुइाचालो गएको छ। मुलुकका वरिष्ठ मन्त्री र दलका अध्यक्षहरूले समेत भारतीय उच्च नेताहरूसाग भेटघाट पाउन कठिन परिरहेका बेला दुई वर्षअघि पदच्यूत भएका पूर्वराजालाई महत्वका साथ भेटघाट दिने कुराले प्रतिदिन 'अनपपुलर' बन्दै गएका नेताहरू त्रसित बनेका छन्। नेपालको राजपरिवारसाग सुमधुर सम्बन्ध रहेका कंग्रेस आईका वरिष्ठ नेता डा.करण सिंहको मध्यस्थतामा हुन लागेको यो भेटघाटबारे औपचारिक जानकारी सार्वजनिक नभए पनि 'राजा'लाई भारतले महत्व दिन खोजेको दरबारनिकट एक नेताले खुसीसाथ बताए। उनले दिएको जानकारीअनुसार गान्धी परिवारसाग अर्थपूर्ण भेटघाट हुन नसके पूर्वराजा ज्ञानेन्द्र दिल्ली नगई करिब दुई सातामै काठमाडौं फर्किनेछन्। उनको साथमा धर्मपत्नी कोमल र निजी सहयोगी सागर तिमल्सिना पनि जानेछन्। उनी दिल्ली प्रस्थान गर्नु तीन दिनअघि अर्थात् गत शुक्रबार साढे ३ बजे दिल्लीबाट स्व. माधवराज सिन्धिया पत्नीलगायतको टोली गल्फ खेल्ने नाममा काठमाडौं आएको छ। होटल ह्यातमा बसेका उनीहरूको राजपरिवारका सदस्य र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणासाग भेटघाट भएको बुझिएको छ। उता, शाही परिवारमा भित्रभित्रै झगडा चर्किएका बेला पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरी शीताष्माले गहनापोखरीस्थित साढे तीन रोपनी कम्पाउन्डमा बनेको बंगला २२ करोडमा बिक्री गरेकी छन्। जाजरकोटे 'राजा' का सन्तान राजीव शाहले कुरा मिलाइदिएको उक्त बंगला भारतकै एक रजौटा परिवारसाग विवाह सम्बन्ध गाासेका प्रधान थरका व्यक्तिले खरिद गरेको बुझिएको छ। २२ करोडमा शीताष्माले घर बिक्री गरे पनि उनले उक्त घर खरिद गर्दा उनका सासू–ससुराले हालिदिएको एक करोड ५० लाख रूपैयाा नफर्काउने भएकी छन्। यस विषयलाई लिएर उनका सासू–ससुराबीच झगडा सुरु भएको छ। उनका श्रीमान् अविनेश शाहको भने ३४ वर्षको उमेरमा दुई वर्षअघि नै निधन भइसकेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out