'रातारात गिराइयो होल्डओभर'

बुधबार बेलुकासम्म 'तिमी मात्र तिमी' रिलिज हुने निधो थिएन । गंगा सिनेमा घरमा 'डर'ले होल्डओभर कायम गरेको भन्दै योगेश घिमिरे निर्देशित उक्त चलचित्र मंसिर पहिलो साता रिलिजका लागि सारिएको थियो । स्वयम निर्देशक घिमिरेले मंसिर पहिलो साता आफ्नो फिल्म रिलिज गर्ने भन्दै मिडियालाई बताउँदै थिए । तर भैदियो अर्कै । हल संचालक मदन बज्राचार्यले आफ्नै बुतामा रातारात होल्डओभर कायम नभएको भन्दै 'डर' हटाइएको निर्णय गरे । बुधबार दिउँसो असिनपसिन हुँदै निर्माता निरज ढकाल आफ्नो फिल्म 'तिमी मात्र तिमी'को पोस्टरिङका लागि ब्यस्त थिए ।

हल संचालक सामु कसरी निर्माता/निर्देशक निरिह बन्छन् भन्ने दृष्टान्त हो यो । समीक्षकको भनाईलाई आधार मान्ने हो भने पछिल्लो समय हलमा एकसाता पनि चलचित्र टिक्न नसक्नुमा 'हल मालिक' र 'चलचित्र राजनीति' जिम्मेवार छ । 'रातारात चमत्कार भयो; मंसिरमा रिलिज गर्ने निधो भएको फिल्म शुक्रवार नै चलाउने भनेर हलबाट फोन आयो' निर्देशक घिमिरेले भने 'एकदिनअघि होल्डओभरले रिलिज नहुने जानकारी पाएको थिएँ बिहानै अर्को कुरा भयो ।' आफ्नो चलचित्र कहिले रिलिज गर्ने कुरामा हल मालिकको मुख ताक्नुपर्ने हैरानी सुनाए उनले ।

'डर' निर्देशक प्रदीप श्रेष्ठले होल्डओभर हुँदाहुँदै पनि गिराएर आफूहरुमाथि अन्याय गरिएको बताए । 'मेरो फिल्मले राम्रो कलेक्सन गरिरहेको थियो' उनले भने 'यो सरासर हामीमाथिको निरङकुशता हो ।' आफूहरु निरिह भएकाले टुलुटुलु हेर्नु बाहेक अर्को उपाय नभएको उनको भनाई छ । उपत्यकाका १७ थिएटरबाट प्रदर्शनमा आएको 'तिमी मात्र तिमी' झरना थापा, नन्दिता केसी, मुकेश ढकाल, प्रज्ञा जोशी जोशी स्टारर लभस्टोरी फिल्म हो । ५० लाखमा निर्माण गरिएको चलचित्र मंसिर ३ देखि मोफसलमा रिलिज हुँदैछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out