लिभ इन टुगेदर

यदि कुनै महिलाले आफैं कुनै पुरूषसँग सम्बन्ध गाँसेको अवस्थामा समाजले उनीमाथि विभिन्न किसिमका लान्छना लगाउँछ । उनलाई चरित्रहीनको आरोप लगाइन्छ, तर यही समाज हो, जहाँ पुरूषलाई जस्तोसुकै सम्बन्ध राख्न स्वतन्त्रता छ । उसले धेरै महिलासँग  सम्बन्ध जोडे पनि समाज मौन रहन्छ ।

विश्वव्यापीकरणको अहिलेको समयमा महिलाहरू पनि पूर्ण स्वतन्त्रताको वकालत गर्न थालेका  छन् । उनीहरू विवाह नगरी पुरुषसँग सम्बन्ध जोडेर एउटै छतमुनि बस्न हिचकिचाउँदैनन् । त्यतिमात्र होइन, आफ्नो जिन्दगी कसैको बोझ तथा जिम्मेवारीबिना नै  चलाउन थालेका छन् । जहाँसम्म लिभइन टुगेदरको कुरा छ, त्यसका लागि नेपाली कानुनले स्पष्ट व्याख्या नगरे पनि पुरूषसाथीसँगको सम्बन्धका लागि महिलाहरू पनि तयार देखिएका छन् । विवाह नगरी पनि लिभइन टुगेदरको अभ्यासमा उनीहरू जुटिसकेका  छन् ।


महिलालाई पूर्ण अधिकार

लिभइन टुगेदरका लागि महिला र पुरुषले एक-अर्काको भावनालाई समान रूपमा ख्याल गर्नुपर्छ । यो सम्बन्ध एक-अर्काको समझदारीमा निर्धारण हुने भएकाले ठूलै झगडा नपरेसम्म चलिरहन्छ । यदि सम्बन्धमा तिक्तता आएर लडाइँ-झगडा नै भयो भने मात्र  लिभइन टुगेदरका पार्टनरको सम्बन्ध समाप्त हुन्छ ।

अध्ययनहरूले  देखाए अनुसार अक्सर यस प्रकारको सम्बन्ध सुरु भएको केही समयमै जोडीबीच मनमुटाव सुरु हुन्छ । यसले देखाउँछ— विवाह नगरी साथै बस्ने क्रममा केही समयमै पुरुष साथीले महिलालाई शारीरिक तथा मानसिक रूपबाट प्रताडित गर्छ । यस्तो  स्थितिमा धेरै

महिला जीवन सुरक्षा र अधिकारको खोजी गर्दै अदालतको ढोका ढकढक्याउन पुग्छन् ।

एक भारतीय म्यागजिनका अनुसार दिल्लीस्थित एक महिला लिभइन रिलेसनसिपमा थिइन्, तर विनाविवाहको उक्त सम्बन्ध धेरै टिक्न सकेन । ती महिलाका पार्टनरले उनलाई धोका दिँदै अर्की महिलासँग सम्बन्ध गाँसे । लामो समयपछि अदालतले महिलालाई डेढ  लाख रुपैयाँ दिन आदेश दियो । यो केसमा महिलाले पूर्ण न्याय नपाएको कानुनविद्हरूले बताएका थिए ।

भारतमा सन् २००६ मा घरेलु हिंसा कानुन बनेपछि यस प्रकारका नयाँ मामिला सार्वजनिक भएका थिए । एक्सन एड इन्डियाका राष्ट्रिय निर्देशक अमिताभ मुखर्जी तथा ती महिलाबीचको सम्बन्धको सुरुवात कामकै सिलसिलामा सन् १९९९ मा भएको थियो । सन्  २००३ मा ती महिलालाई अमिताभले एक प्रोजेक्टमा काम गर्न आफ्नो टिममै सामेल गराए । यसबीच अमिताभले उनीसँग कार्यालय सम्बन्धमात्र होइन, व्यक्तिगत सम्बन्धका लागि पनि आग्रह गरे । अमिताभले आफ्नी श्रीमतीसँग हाल बसोबास नरहेको बताउँदै  उनले आफ्नो प्रस्ताव स्वीकार्ने भए श्रीमतीसँग सम्बन्धविच्छेद गर्न तयार रहेको बताए । विश्वास जित्ने क्रममा एक कार्यक्रमको सिलसिलामा अमिताभले ती महिलालाई सन् २००३ को मेमा बैंकक लिएर गए । बैंकक पुगेपछि आफूले श्रीमतीलाई छोड्ने निश्चित  भएकाले ती महिलासँगै बस्ने बताए ।

अफिसको हाकिमले निरन्तर प्रेम गरेको देखेपछि महिलाको हृदय पनि पग्लियो, उनले बोससँगै बस्ने निर्णय लिइन् । विनाविवाह उनीहरू त्यसपछिका तीन वर्षसम्म सँगै बसे । लिभइन रिलेसनसिपको यो अभ्यासका निम्ति ती महिला तयार थिइन्, तर एक दिन मुखर्जीले सम्बन्ध तोड्दै उनलाई पनि धोखा दिए ।

मुखर्जीको यो व्यवहारबाट आहत भएकी ती महिला न्यायको खोजीमा विभिन्न संस्थाको सहायतामा अदालत पुगिन् र उनी मुखर्जीलाई दोषी ठहर्‍याउन अदालतबाट सफल भइन् । मुद्दा हाल्ने क्रममा उनले मुखर्जी र आफूबीचका सम्बन्धको केही गोप्य कुरा पनि  खुलासा गरेकी थिइन् । महिलाका अनुसार मुखर्जीले साथै बसेको केही समयमै विवाह गर्ने बताउँदै उनको केशमा सिन्दूर पनि हालेका थिए । सँगै बस्ने क्रममा ती महिला गर्भवती पनि भइन् । महिला गर्भवती भएको थाहा पाएपछि मुखर्जी अत्तालिए, श्रीमती माने  पनि शिशु नपाउन आग्रह गर्दै मुखर्जीले उनलाई गर्भपातको औषधी ख्वाएका थिए । औषधी ख्वाउने क्रममा पनि मुखर्जीले धोखाधडी गरेर खानेकुरामा औषधी मिसाएका थिए । उक्त घटनापछि उनीहरूको सम्बन्ध विस्तारै बिगि्रएर गयो ।

एक्सन एड इन्डियाका कन्ट्री डाइरेक्टर मुखर्जीले भने महिलाले लगाएका सबै आरोप गलत भएको बताउँदै पैसाका लागि आफूलाई फसाइएको दाबी गरे । 'यो एउटा षड्यन्त्र मात्र हो,' उनले भने 'गलत आरोप लगाएर पैसा कमाउन महिलाले सँगै बसेको भनेकी हुन्,' तर अदालत मुखर्जीको कुरा मान्न तयार भएन । दुवै  पक्षको कुरा सुनिसकेपछि अदालतले यो घटनालाई घरेलु हिंसाको वर्गमा राखेर लिभइन टुगेदरमा रहेको आधारमा महिलाको पक्षमा निर्णय दियो ।

स्थानीय मजिस्ट्रेटका अनुसार रेकर्डमा देखिएका आधारमा महिला बैंकक तथा दिल्लीका विभिन्न कार्यक्रमको सिलसिलामा निर्देशक मुखर्जीसँग एकसाथ एउटै होटलको एउटै कोठामा बसेको पाइयो । श्रीमती बनाउँछु भन्दै टाउकोमा सिन्दँर भरिदिने क्रियाकलाप  मानसिक तनाव हो तथा साथै बस्ने क्रममा शारीरिक सम्बन्ध पनि रहेको हुनसक्ने भन्दै महिलाको पक्षमा निर्णय लिइएको न्यायाधीशको भनाइ थियो ।

पुरुषको हार

लिभ इन रिलेसनसिपको मामिलामा पीडित महिलालाई अदालतले दिएको न्यायका आधारमा यस्तो सम्बन्धमा महिला पुरुषमाथि हावी हुने देखिएको छ । महिलाको पक्षमा अदालती आदेश तथा महिला संगठनहरू महिला हकहितका लागि क्रियाशील रहने भएकाले  महिलाको पक्षमा भएका निर्णयहरू स्वागतयोग्य रहेको भन्दै पीडितलाई न्याय दिनुपर्ने बताइन्छ ।

यो विषयमा पुरुषहरूको मत भने भिन्दै छ । यस विषयमा अमित भन्छन्— लिभ इन रिलेसनसिपमा दुई व्यक्ति आफ्नो स्वनिर्णयका आधारमा साथै बस्छन्, यो सम्बन्धमा कुनै प्रकारको बन्धन पनि हँुदैन भनिन्छ, तर सम्बन्ध बिगि्रएको हकमा पुरुषले चाहिँ  महिलालाई आर्थिकलगायतका सुरक्षाको प्रत्याभूति गर्नुपर्ने कुरा सौतेनी व्यवहार मात्र हो ।

अधिकांश युवाका अनुसार यदि दुई जना यस प्रकारको सम्बन्धमा जान्छन् भने यो सम्बन्ध अपनाउनुपूर्व दुवै जनाले केही नियम बनाउनुपर्छ ताकि पछि कुनै प्रकारको समस्या नआओस् ।

घरखर्चका लागि दुवैले बराबर भाग लगाएर पैसा तिर्नुपर्छ, यदि घरभाडा १० हजार रुपैयाँ छ भने ५-५ हजारका दरले तिर्ने तिर्ने नियम बसाउनुपर्छ । यस प्रकारका अन्य विभिन्न घरेलु खर्चमा पनि दुवै जना बराबर भागीदार हुनुपर्छ । 

शारीरिक सम्बन्धका लागि पनि पहिले नै सिमा तय गर्ने, लिभइन टुगेदरको सम्बन्ध वैवाहिक दाम्पत्य सम्बन्ध होइन, त्यसकारण पति-पत्नीसरह मानेर महिलाले नचाहेको बेलामा पनि पुरुषलाई साथ दिनुपर्ने अवस्था हुनुहुँदैन ।

एक-अर्काको दिनचर्या जान्ने बुझ्ने अधिकार हुनुपर्छ । साथै एकअर्काको मोबाइल फोन हेर्ने अधिकार पार्टनरलाई दिनुपर्छ ।

यदि यो सम्बन्धका क्रममा महिला गर्भवती भएर महिलाले शिशु जन्माउन चाहे उनले निर्णय लिने स्वतन्त्रता पाउनुपर्छ ।

पुरुषले पनि जन्मिएको शिशुलाई स्वीकार गर्न तयार हुनुपर्छ ।

आमा बनिसकेपछि पनि महिल९ढाले अन्य कुनै पुरूषसँग विवाह गर्न चाहे उनले त्यसका लागि स्वीकृति पाउनुपर्छ, तर यस्तो अवस्थामा शिशुको वास्तविक पिताले शिशुप्रति निर्वाह गर्न चाहेको भूमिका भने समाप्त गर्नु हुँदैन । किनभने आफ्नो सन्तानप्रति बाबुको  हक पनि उत्तिकै हुनसक्छ ।

एउटा कुरामा दुवै पक्ष ढुक्क हुनुपर्छ । लिभइन टुगेदरमा शारीरिक सम्बन्ध रहे पनि यो कुनै सामाजिक सम्बन्ध भने होइन । न त यो भावनात्मक सम्बन्ध नै हो ।

परिवारका सदस्य तथा अन्य साथीभाइहरूलाई यो सम्बन्धका बारेमा पुर्वजानकारी हुनुपर्छ ।

यस्तो सम्बन्धमा आफ्नो सौख आफ्नो पार्टनरलाई अपनाउन बाध्य बनाइनु हुँदैन । खासगरी संगीत, चलचित्र, भोजन, फेसनजस्ता मामिलामा दबाब दिनु हुँदैन ।

सम्बन्धका क्रममा समय समयमा एचआईभी टेस्ट गराउनु आवश्यक छ ।

सम्बन्ध नभए पनि एक-अर्काको अनुपस्थितिमा वफदारीता आवश्यक हुन्छ ।

महिला आयोग के भन्छ ?

'विवाह नगरी साथै बस्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको हामीले पाएका छौं,' राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापा भन्छिन्- 'सामाजिक मान्यता पाए पनि नपाए पनि एक-अर्कालाई साथीका रूपमा लिँदै विवाह नगरी साथै बस्ने ट्रेन्ड देखिएको  हो ।' आयोगकी अध्यक्ष थापाका अनुसार नेपाली समाजका निम्ति यस प्रकारको प्रयोग नयाँ भएकाले यो सही हो कि गलत आयोग भन्न सक्ने अवस्थामा छैन ।

पश्चिमी समाजमा विवाह नगरी केही समय विपरितलिंगी पार्टनरहरू बस्ने चलनलाई 'लिभ इन टुगेदर' को संज्ञा दिइन्छ । नेपालमा पनि लिभ इन टुगेदरको यो अभ्यास आधा दशकपहिले प्रारम्भ भएको जानकारहरू बताउँछन् । 'नेपालमा चाहिँ विवाह पछि गर्ने  भनेर पहिले सँगै बसेको उदाहरण प्रशस्त पाइन्छन्,' आयोगकी अध्यक्ष थापा भन्छिन्-'पश्चिमाहरूजस्तो केही समय सँगै बसेर हेरौं, राम्रो सम्बन्ध भयो भने त्यसैलाई जीवनभर लिभ इन टुगेदरकै स्वरूपमा बिताउने, अन्यथा दुई पार्टनरबीच असमझदारी भए तुरुन्तै  सम्बन्ध समाप्त गर्ने सामाजिक शैली यहाँ लागू हुने अवस्था पनि छैन ।' थापाका अनुसार यहाँ प्रेम गर्नेहरू बिनादर्ता वा बिनापरम्परागत विवाह साथै बस्छन् । उनीहरू आफू लिभ इन टुगेदरमा बसे पनि विवाहकै अनुभूति गरिरहेका हुन्छन् ।

त्यसैले राष्ट्रिय महिला आयोगले बिनाविवाह साथै बस्ने चलनका विषयमा यतिखेर खुला बहस चलाएको छ । 'कसैले यसलाई राम्रो नयाँ प्रयोग भन्ने गरेका छन्, कसैले यसलाई विकृति भन्छन्,' यही विषयको अनुसन्धानमा सक्रिय आयोगका उपसचिव ऋतुराज  भन्डारी भन्छन्- 'त्यसैले यस प्रकारको सम्बन्धका बारेमा थप अध्ययन आवश्यक महसुस गरिएको छ ।'

आयोगले यो विषयमा चासो लिनुको कारण बताउँदै अध्यक्ष थापाले भनिन्-'सामाजिक मान्यता नपाएको यो विषयलाई राज्यले कानुनमार्फत सम्बोधन गर्नुपर्छ ।' बिनाविवाहसँगै बसेर समस्यामा परेका २६ मुद्दा अध्ययन गरी तयार प्रतिवेदनलाई आयोगले खुला  बहसमा ल्याएको छ । प्रतिवेदन प्रस्तुतकर्ता पूर्वसहमहान्यायाधिवक्ता चेतनाथ घिमिरेका अनुसार कानुनमा नसमेटिएको यो चलनका प्रयोगकर्ताहरू सामाजिक अपहेलना र बहिष्कारको त्रासका कारण सार्वजनिक हुन चाहँदैनन् । 'उनीहरू सक्दो आफूलाई अविवाहित  र एक्लो देखाउने प्रयत्न गर्छन्,' महिला र बालबालिकाका क्षेत्रका अनुन्सधानकर्ता पूर्वमहान्यायाधिवक्ताले भने, 'सहमतिमा यौनलगायत शारीरिक चाहना पूरा गर्न त्यस्ता पुरुषले आफ्नो जोडीलाई दिदी, बहिनी, फूपू, भान्जीजस्ता साइनो लगाउँछन् ।'

प्रतिवेदनअनुसार सँगै बस्नेमा 'अविवाहित युवायुवती, विवाहित पुरुष र अविवाहित महिला, अविवाहित पुरुष र विवाहित महिला तथा एकल महिला र पुरुष' छन् । यस्तो सम्बन्धमा अधिकांश महिला घरेलु हिंसाको सिकार भएका, शिशुको पहिचान नभएको, शिशु  पैतृक सम्पत्तिलगायत कानुनी अधिकारबाट वञ्चित तथा समाजले नकारात्मक दृष्टिले हेर्नेजस्ता समस्या महिलाले भोगिरहेको अध्यक्ष थापाले बताइन् । 'महिलाहरू थरी-थरीका समस्या बोकेर न्याय माग्दै आयोगमा उजुरी दिन थालेका छन्,' उनले भनिन्, 'तर  कानुन नभएकाले न्याय दिन सकेका छैनौं ।'

पुरुषसँग साथै केही समय बसिसकेपछि समाजले हेर्ने नकारात्मक दृष्टिकोण तथा त्यही पुरुषबाट जन्मने सन्तान अवैध ठहरिने भएपछि महिलाहरू पीडक पुरुषमाथि कारबाहीको माग राख्दै न्यायको खोजीमा भौंतारिने गरेका छन् । यी मुद्दा हाल आयोगको  निगरानीमा जिल्ला प्रशासन, अदालत तथा मेलमिलाप केन्द्रमा छन् । सहरी क्षेत्रमा पीडित हुने युवतीमा २० देखि ३० वर्ष ननाघेकाहरूको बाहुल्य छ । अनुसन्धानले लिभ इन टुगेदर अधिकांश महिलाले शिशु पाइसकेको उल्लेख गरेका छन् । केही समय विवाह  नगरी बसे पनि पुरुषहरूले विवाह गर्ने आश्वासन दिएको तर पछि गएर धोका दिएको घटना धेरै आएको उपसचिव भण्डारीले बताए । महिलाले सन्तानको नाममा थर लेख्न र बुबाको नाम उल्लेख गराउन समस्या परेको गुनासो सुनाएका छन् । सार्वजनिक हुन  नचाहने पीडित कुमारी आमाहरूले पछिल्ला दिनमा नाता कायम गरिपाऊँ भन्ने माग राखी उजुरी गरेका छन्, जसमध्ये प्रायः सबै महिला साक्षर छन् । ११ वटा जनजाति, ७ क्षेत्री-ब्राह्मण, ६ दलित र २ अन्य जोडीसहित २६ वटा मुद्दाको अध्ययन गरेको थियो ।

२६ वटा मुद्दाका आधारमा मुख्य तीनवटा समस्या देखिएको उपसचिव भण्डारीले बताए । पहिले विवाह नगरी सँगै बसेको पार्टनरले अर्की युवतीसँग विवाह गर्न लागेको थाहा पाएर लिभ इन टुगेदरकी महिला पात्रले विवाह रोकिपाउ“m भनेर आयोगमा निवेदन दिएका  छन् । सामाजिक सुरक्षाका कारण आफ्नो पार्टनर आफैसँग बसोस् भन्ने उनीहरूको चाहना हुन्छ । दोस्रो लामो समयसम्म साथै बसे पनि पछिल्ला दिनमा पार्टनर टाढिँदै गएको, आर्थिकलगायत अन्य सुविधाबाट वञ्चित गराएको, हेरविचार गर्न छोडेको भनेर  महिलाहरू गुनासो गर्दै आफ्नो जीवन सुरक्षाको माग गर्न थालेका छन् । तेस्रो महिला गर्भवती हुने र कुमारी आमा बन्ने । कुरा त्यतिमात्र होइन, जन्मिएको शिशु अवैध हुने, उसले नागरिकता पाउन बाबुको पहिचान खुल्नुपर्नेजस्ता कानुनी व्यवस्थाका कारण  सम्बन्धित पुरुषको संसर्गबाट जन्मिएको शिशु सम्पत्तिको अधिकारबाट वञ्चित भएका घटना पनि छन् । उपसचिव भण्डारीका अनुसार शिशु जन्मिने भएपछि सँगै बस्ने पार्टनर पुरुषले शिशु आफ्नो भन्न अस्वीकार गर्ने, पुरुषको परिवारले पनि दुःख दिने भएकाले  लिभ इन टुगेदर भित्र थुप्रै समस्या देखिएको छ ।

आयोगका अनुसार एक-अर्काबीचको हिंसा, केही समय बसिसकेपछि दुईमध्ये एकले अर्कालाई छोड्न बहाना निकाल्ने घटना पनि देखिएका छन् । आयोगकी अध्यक्ष थापा भने महिला आयोगको काम महिलालाई कसरी सुरक्षित गर्ने भन्ने भएकाले महिलाको अधिकार  हननको विषयमा आयोग बोले पनि समग्र यो प्रयोगका बारेमा भने मौन भएको हो । आयोगले विवाह नगरी साथै बसेका महिलाहरूको जीवनको सुरक्षाका निम्ति कानुनमा संशोधन गर्न सरकारलाई सिफारिश गर्ने तथा परेका मुद्दामा महिला हकका सम्बन्धमा  सहयोग गर्ने नीति लिएको छ ।

पश्चिमी समाजमा दुवै पार्टनर आत्मनिर्भर तथा सचेत हुने भएकाले पनि उनीहरू शारीरिक आवश्यकता पूरा गर्न मात्र साथै बसिरहेका हुन्छन् । 'विवाहलाई वैधानिक रूपमा यौनसम्बन्धको लाइसेन्सका रूपमा बुझिन्छ ।' आयोगकी अध्यक्ष नैनकला थापा भन्छिन्-  'कुरा त आखिर बायोलोजिकल निडकै हो, तर पश्चिमाहरू स्वावलम्बी हुने भएकाले पार्टनरमध्ये कसैले धोका दिए पनि उनीहरू आफ्नो जीवन सहजै अघि बढाउन सक्छन्, तर हाम्रो परिवेश त्यस्तो छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out