नम्रताको रकिङ कन्सर्ट

अभिनेत्री नम्रता श्रेष्ठ च्यारिटी कन्सर्ट आयोजनामा जुटेकी छिन् । गायक कुमार कान्छाको उपचारमा आर्थिक सहयोग जुटाउन यी अभिनेत्रीले आगामी १८ डिसेम्बरमा राजधानी काठमाडौंमा वृहत कन्सर्ट आयोजना गर्दैछिन् । एट्डी सिनेमाकी ब्रान्ड एम्बेसडर समेत रहेकी नम्रता यतिबेला चलचित्रबाट फुस्रदमा छिन् । यी अभिनेत्रीको होस्टमा हुने कन्सर्टमा नेपालका चर्चित ब्यान्डहरुले गायकी प्रस्तुत गर्नेछन् ।
गायक हेमन्त राना, रामकृष्ण ढकाल, श्रेया सोताङ, धर्मेन्द्र सेवाङ, १९७४ एडी, अघोष, युनिटीलगायतका ब्यान्ड र सोलो गायकगायिकाले पर्फमेन्स गर्नेछन् । 'हामीले गोपाल भुटानीलाई बचाउन त सकेनौं-सकेनौं र उहाँको अन्तिम इच्छा नागरिकता समेत पुरा गर्न सकेनौं' मेरोसिनेमासँग नम्रताले भनिन् 'कलाकार भएको नाताले एउटा कलाकारको मर्म बुझेर च्यारिटी कन्सर्ट गर्न लागेकी हुँ । लोकप्रियताको लागि कन्सर्ट गर्न लागेकी होइन ।'
यतिबेला कन्सर्ट आयोजनाका लागि प्रायोजक खोज्नमा ब्यस्त छिन् नम्रता । कसैले कुमार कान्छाको उपचारमा आर्थिक सहयोग गर्न चाहन्छ भने दाताहरुको खोजीमा रहेको उनले बताइन् । कन्सर्ट आयोजनाका लागि सबैको साथ र सहयोग पाइरहेको पनि नम्रताले बताइन् । 'मिस यू'पछि नम्रता अर्को प्रोजेक्ट 'पर्पल डेज'मा ब्यस्त हुनेछिन् यद्यपी उक्त प्रोजेक्ट सुरु हुन अझै समय लाग्नसक्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out