सहरमा एडल्ट सिनेमा

तीनवर्ष अघि नै मोफसलका हलहरुमा लागिसकेको एडल्ट सिनेमा 'फैसला' र गोपीकृष्ण मूभिजले निर्माण गरेको 'खुसी' एकसाथ शुक्रवार रिलिज भएका छन् । लगभग उस्तै शैली, कथा र सूत्रमा निर्माण गरिएका यी दुई चलचित्र मोफसल र देशब्यापी रिलिज भएका हुन् । योगेश घिमिरेको 'तिमी मात्र तिमी'लाई यी दुवैले रिप्लेस गरिदिए ।

पूर्णतः प्रेमकथामा आधारित बताइएको सिनेमा विश्वज्योती, गुण, बाराही, गंगा, पृथ्वी, कलंकी, नवदुर्गालगायतका डेढदर्जन हलमा प्रदर्शन सुरु भएको छ । संयोगवश मदन घिमिरे निर्देशित 'स्वाभिमान' र 'फैसला' उही समयमा प्रदर्शन भैरहेका छन् ।

शिव गिरी निर्माता रहेको फिल्ममा राजेश हमाल, विराज भट्ट, रेखा थापा, ऋचा घिमिरे, सुशील पोखरेल, राज तिमिल्सनालगायतले अभिनय गरेका छन् । सेन्सर बोर्डले चलचित्रमा समेटिएको एउटा नृत्यलाई आधार मान्दै यो चलचित्रलाई वयस्क सिनेमाको सर्टिफिकेट दिएको छ ।

गोपीकृष्ण मूभिजका लागि उद्धव पौडेलले निर्माण गरेको 'खुशी' देशभरका हलबाट प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित यो चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका हुन् । रेखा थापा, सुमन सिँह, आयुष रिजाल, गणेश उप्रेती, मिथिला शर्मा, विजय देउजा, रमा थपलिया चलचित्रमा छन् । पुरानै शैली र कथानक बोकेका यी चलचित्रलाई कलेक्सनमा कठिनाइ पर्ने देखिन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out