च्याट गर्दा चिनजान भएका १६ प्रतिशन यौन दुर्व्यहारको शिकार

काठमाडौं, कार्तिक २९ - उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले सोमबार राजधानीमा सार्वजनिक गरेको "बालबालिकाद्वारा इन्टरनेटको प्रयोग" विषयक अध्ययन प्रतिवेदनमा ४७४ जना बालक र २६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।

सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये ६० प्रतिशत बालबालिकाले अनलाइनमा च्याट गर्दागर्दै चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशतले सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको जानकारी दिइन् ।

अध्ययनका क्रममा २२६ जना सार्वजनिक विद्यालयका र ८९७ जना निजी विद्यालयका बालबालिका सहभागी भएको र अन्यले आवश्यक उत्तर नदिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनमा ६८६ बालक र ६९५ जना बालिका सहभागी भएको र उनीहरुमध्ये १.७ प्रतिशतले आफूलाई मनपर्ने वेबसाइट अश्लिल साइट रोजेको पनि संयोजक तुलाधारले बताइन् ।
बालबालिकाविरुद्ध हुने यसप्रकारका दुर्व्यवहारहरुलाई रोक्न सबैमा चेतना फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।
योङ्ग इनोभेसन नामक संस्थाका विभूषण बिष्टले बालबालिकालाई इन्टरनेटबाट हुने दुव्र्यवहारबाट जोगाउन सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए । रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out