मद्यपान अर्थात् मदिरापान स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि असी प्रतिशतभन्दा बढी मानिसले मादक पदार्थ सेवन गर्ने गरेको तथ्याङ्कले देखाउँछ ।
जुनसुकै ब्रान्ड वा प्रकारको मदिरामा पनि इथानोल नामक रसायन पाइन्छ र यसको मात्रा जति बढी हुन्छ मदिरा उति नै कडा मानिन्छ । सामान्यतः ३ सय ४० मिलिलिटर बियर १ सय १५ मिलिलिटर वाइन्ा तथा ४३ मिलिलिटर हि्वस्कीमा १० देखि १५ ग्रामसम्म इथानोल पाइन्छ । हामीले पिएको मदिरा मुखबाटै रगतमा पुग्छ । मुख, पेट तथा आन्द्राबाट रगतमा पुग्ने अल्कोहल खाली पेट भएको अवस्थामा अझ द्रुत गतिमा रगतमा पुग्छ । यसरी रगतमा पुगेको अल्कोहल करिव २ देखि १० प्रतिशतसम्म सोझै फोक्सो -स्वासप्रस्वास), पिसाव तथा पसिनाबाट निष्कासन हुन्छ भने बाँकी ९० प्रतिशतभन्दा बढी अल्कोहलले कलेजोमा गएर त्यहाँ सञ्चालनमा रहेका विभिन्न किसिमका प्रक्रियाहरूमा असर गर्छ ।
मदिराले सत्तरीदेखि एक सय किलो क्यालोरीसम्म शक्ति दिने भए पनि यसमा कुनै किसिमको खनिज तत्त्व तथा भिटामिन हुँदैन । यसले महत्त्वपूर्ण भिटामिनहरूको शोषणमा अवरोध गर्नुका साथै कलेजोमा भण्डार वा सञ्चित भएर रहेका भिटामिन बी -फोलट पाइरिडोक्सिन, थाइमिन नाइसिन) तथा भिटामिन ए को कमी गराउँछ ।
मदिरा अर्थात् मद्यपानले श्वासनलीका मांसपेशीहरूलाई रिल्याक्स गर्ने भएकाले अधिकांश
-करिब ७५ प्रतिशत) मद्यपान सेवन गर्नेहरू निद्रामा घुर्छन् । त्यस्तै अधिक मात्रामा अल्कोहल सेवन गर्नाले पेरिफेरल न्योरोप्याथी हुन्छ । त्यसैले त्यस्ता व्यक्तिको हात-खुट्टा कटकटी खाने, दुख्ने, झमझम गर्ने तथा निदाउने हुन्छ । अल्कोहलले मस्तिष्कमा गहिरो असर पनि गर्छ, धेरै लामो समयसम्म नियमित जाँड-रक्सी सेवन गर्नाले स्मरणशक्ति कमजोर हुने, मद्यपान सेवन नगरी काम गर्न नसक्ने तथा अन्य मानसिक रोगहरू -हालुसिनेसन डब्लु आर सिन्ड्रोम) निम्तिन्छ ।
एकै पटकको अत्यधिक मदिरापानले पनि पेटको गडबढी तथा घाउ हुन सक्छ । प्यान्त्रिmयाज तथा कलेजोका रोगको कारणमा मदिरापान पहिलो र महत्त्वपूर्ण कारण मानिन्छ । हल्का पेय पदार्थ पिउँदा कोलेस्टेरोल तथा हानिकारक बोसोको मात्रा रगतबाट हटाउने र रक्त धमनीहरू फुकाउने भएकाले मुटुको रोगीका लागि राम्रो मानिन्छ तर अत्यधिक मद्यपानले मुटुका रोगहरूलाई जन्म दिन्छ । मुटु सुन्निएर ठूलो भएकाहरूमध्ये एक तिहाइको कारण अत्यधिक मद्यपान भएको तथ्याङ्कले देखाएको छ ।
उपचारः
अत्यधिक मात्रामा जाँड-रक्सी खाए व्यक्तिमा मुटुको चालको गढबढी, श्वासप्रश्वासको अवरोध तथा रगतमा ग्लुकोजको मात्रामा कमी भए तुरुन्त अस्पताल ल्याउनुपर्छ । अस्पतालमा नसाको माध्यमबाट ग्लुकोज -डेक्सट्रोज) तथा श्वासप्रश्वास र मुटुको धड्कनका लागि औषधीहरू दिनुपर्छ । यस्तो अवस्थामा मस्तिष्कमा हुने अल्कोहलको असर रोक्न औषधीहरू प्रयोग गर्नुपर्छ । लामो समयदेखि जाँड-रक्सी सेवन गरिरहेका व्यक्तिहरूलाई जाँड-रक्सीको असरको मूल्याङ्कन गरेर त्यसै अनुरूप लामो समयसम्म औषधी प्रयोग गर्नुपर्ने हुन सक्छ ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago