सिनेमा समिक्षा : गुजारिस

चलचित्र : गुजारिस
स्टारर : ऋतिक रोशन, ऐश्वर्या राय बच्चन, आदित्य राय कपुर, राजित कपुर, नफीस अली, सुहेल सेठ, शेरनाज पटेल
रेटिङ : १/२
निर्देशक : सन्जयलीला भन्साली
निर्माता : एसएलबी फिल्म्स, यूटीवी मोसन पिक्चस्र
शैली : रोमान्स/सोसल

आफ्ना चलचित्रलाई लिएर सँधै उत्साहित मुद्रामा प्रस्तुत हुने निर्देशक सन्जयलीला भन्साली पुनः एकपटक ठूलो पर्दाको चलचित्र 'गुजारिस'का साथ आएका छन् । आफ्नो पछिल्लो सिनेमा 'सावँरिया'को कमजोर रिभ्यूका कारण दर्शक र शुभेच्छुकबाट आलोचना खेपेका भन्साली 'गुजारिस'बाट सकारात्मक समिक्षाको विश्वासमा छन् । भन्सालीको यो फिल्मलाई लिएर दर्शकहरुमा ठूलो प्रतिक्षा थियो ।
यदि सिनेमाको सम्पूर्ण क्रेडिट भन्सालीलाई दिने हो भने लिड स्टारर ऋतिक रोशनप्रति अन्याय हुनजान्छ । एकछिन सोचौं -भन्सालीले ऋतिकको स्थानमा अन्य कसैलाई लिएको भए चलचित्र कस्तो हुनेथियो ? भन्सालीले सिनेमामा ऋतिक र ऐश्वर्यालाई निकै ठन्डा दिमागले सोचेर मात्र लिएका छन् । यी दुईको अभिनयले भन्सालीको सोचलाई आकार प्रदान गर्छ ।

पर्दामा ऋतिक र ऐश्वर्याको भूमिका प्रशंसामूलक छ । फिल्ममा दुबैको अनौठो लभस्टोरीमा थुप्रै 'ट्वीस्ट'हरु आएका छन् जसले दुवैको अभिनय क्षमतालाई थप प्रशंसित तुल्याएको छ । फिल्मको कथा एक जादुगर इथान (ऋतिक रोशन) वरिपरी घुम्छ जो एक दुर्घटनामा प्यारालाइसिस बनेका हुन्छन् । कम्मर मुनिको उनको शरिर चल्दैन । सोफिया डिसुजा (ऐश्वर्या राय बच्चन) एक विवाहिता महिला हुन् जो एक्लै बस्छिन् । उनले बाह्रवर्षदेखि इथानको स्याहरसुसार गर्दै आएकी छिन् किनकी इथान अरुको सहाराबिना चल्न समेत सक्दैनन् । प्रतिष्ठित जादुगर बनेको इथान आफ्नो प्यारालाइसिस पीडालाई कम गर्न रेडियो जक्की पनि बन्छ । आफ्नो अवस्था र सोफियाको भावनाका कारण अक्सर इथान चिन्तामा डुबेको हुन्छ ।

फिल्ममा यस्तो एउटा मोड आउँछ जतिबेला इथान आफ्नै निकट साथी देब्यानी दत्ता (शेरनाज पटेल)लाई मर्सी किलींगका लागि अदालतमा उजुरी गर्न आग्रह गर्छ । देब्यानीले चलचित्रमा एक वकिलको भूमिका निर्वाह गरेकी छिन् । आफ्नो साथीको विवशता देखेर देब्यानीले बाध्यताले कोर्टमा अपिल गर्छे तर मुद्दा हार्छे किनकी भारतमा आत्महत्या अपराधको श्रेणीमा पर्छ ।

'गुजारिस'ले समग्रमा एक नयाँ र गहिरो कथानकको माध्यमबाट दर्शकको हृदयमा प्रभाव पार्छ । सिनेमाको पटकथा विषयअनुसार तादात्म्य छ । गुजारिसका प्रमुख पात्रहरु इथान र सोफियालाई भुल्न दर्शकलाई गाह्रो पर्नेछ । संवादअनुसार जादुले दर्शकलाई रोमान्चित तुल्याउँछ । फिल्म हेर्दा लाग्छ अभिनय र संवाद राम्रो भइदिए फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्छ । साथमा दमदार पटकथा र भन्सालीजस्ता निर्देशक भैदिए त फिल्मलाई रेकर्ड राख्नबाट कसैले रोक्न सक्दैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out