माओवादी पत्रकार तीन खेमामा, सिनियर भट्टराई र वैद्य को पक्षमा

उजिर मगर, पालुङटार, मंसिर ९- माओवादीको जारी विस्तारित बैठकका क्रममा पार्टीमा आवद्ध पत्रकारहरु पनि तीन खेमामा बाँडिएका छन्। विशेष स्रोतबाट नागरिकन्युजलाई प्राप्त जानकारी अनुसार युद्धकालमा सक्रिय रुपमा अध्यक्ष दाहाल निकट 'सिनियर'हरु  उनलाई छाडेर भट्टराई र वैद्य पक्षमा लागेका छन्। दाहालको पक्षमा 'जुनियर' पत्रकारहरु लागेका छन्।
  माओवादीका २६ राज्यसमितिमध्ये सञ्चार विशेष राज्य समितिमा पत्रकारहरु आवद्ध छन्। सञ्चार राज्य समितिका प्रतिनिधिहरुले विस्तारित बैठकमा आज बोल्ने पालो छ।प्राप्त जानकारी अनुसार अध्यक्ष पुष्पकमल दाहालको पक्षमा 'लालरक्षक' पत्रिकाका निर्मल ज्ञवाली, उपाध्यक्ष नारायणकाजी श्रेष्ठका दाहिने हात मानिने जनएकता साप्ताहिकका सम्पादक दामोदर तिमिल्सिना र रेडियो मिर्मिरे एफएमकी संगीता खड्का लागेकी छन्।

उपाध्यक्ष मोहन वैद्यको पक्षमा भने अंग्रेजी पत्रिका रेडस्टारका सम्पादक कुमार शाह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोविन्द आचार्य र जनादेश साप्ताहिकका कोमल बराल लागेका छन्।

अर्का उपाध्यक्ष बाबुराम भट्टराईको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका ओम शर्मा, समावेशी मासिकका सम्पादक खिला भण्डारी र जनादेश साप्ताहिकका कार्यकारी सम्पादक मनऋषि धिताल रहेका छन्। वैद्यको समर्थनमा रहेका आचार्य र भट्टराईको समर्थनमा रहेका शर्मा, भण्डारी र धिताल युद्धकालमा पटक पटक जेल परेका पत्रकार हुन्। 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out