पोखरामा झ्वाँक तन्नेरी

कास्की, मंसिर १४ - दोहोरी गायक प्रजापति पराजुलीले कोमल वलीको नाम उच्चारण गर्नेबितिक्कै दोहोरीमा झुमिरहेका दर्शक खुसीले उफ्रेका थिए । तर पोखरामा जारी औद्योगिक मेलाको चौथो दिन सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा  अबेरसम्म पनि कोमल स्टेजमा नदेखिएपछि दर्शक झोक्किन थाले ।

स्टेजमा उनकै स्वर त गुन्जियो तर उनी अझै देखिएनन् । जसै दर्शककै पछिल्तिरबाट गायिका वली हातेमाइक गाउँदै अघि बढिन् दर्शक छक्क परे । 'कालो छ टोपी कालै छ कोट...' गाउँदै दर्शकसँग रम्न थालिन् । गायिका दर्शककै बीचमा घेरिएकी थिइन् । स्टेजमा बसिरहेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र लालचनले 'अगाडि देखिएन उनलाई स्टेजमै ल्याउनु पर्‍यो' भन्दै सञ्चालक प्रजापतिलाई आग्रह नै गर्नुपर्‍यो ।
यसपछि गायिका वली दर्शकको भीड छिचोल्दै स्टेज उक्लिन् । 'वाह, क्या राम्रा पोखराका झ्वाँक तन्नेरी' चर्चित गीत 'झ्वाँक तन्नेरी...' गाउनुअगाडि दर्शकतिर हेर्दै उनले के भनेकी थिइन्, तन्नेरीहरू 'म पनि छु झ्वाँक तन्नेरी' भन्दै हुटिङ गर्न थालिहाले ।
 मेलाको विशेष आकर्षण बनेकी उनको गीतमा सबैजना झुमे । 'पोइला जान पाम...' बोलको गीतले सबैभन्दा बढी ताली पायो । 'बदमास हत्तेरिका शिवजी...', 'मनमा आँट भा'को गोजीमा गाठ भा'को...' लगायतका प्रस्तुतिलाई पनि दर्शकले खुलेर साथ दिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out